वीरगंजमा बिहान ५ बजेदेखि राति ९ बजे निषेधाज्ञा, राति ९ बजेदेखि बिहान ५ बजेसम्म कफर्यु

वीरगंज, २८ भदौ । वीरगंजमा बिहान ५ देखि राति ९ बजेसम्म निषेधाज्ञा तथा राति ९ बजेदेखि बिहान ५ बजेसम्म कफर्यु रहने प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी गराएका छन् । शनिवार सुरक्षा समितिको बैठकमा वीरगंजमा जारी कफर्युको समयलाई परिवर्तन गर्दै राती ९ बजेदेखि बिहान ५ बजेसम्मको लागि लागू गरेको छ भने बिहान ५ बजेदेखि राती […]
जेनजी आन्दोलनमा मृत्यु भएका आलमको सम्मानसहित अन्त्येष्टि

वीरगंज, २८ भदौं । जेनजीको आन्दोलनका क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर मृत्यु भएका वीरगंज महानगरपालिका वडा नं.१२ मुर्लीका २२ वर्षीय असहाब आलमको आज बिान सम्मानसहित अन्तिम संस्कार गरिएको छ । शुक्रवार राति काठमाडौंबाट आलमको शव वीरगंज ल्याइएको थियो । शनिवार बिहान शवयात्रा निकालेर मुर्ली पोखरीको कब्रस्तानमा अन्तिम संस्कार गरिएको हो । आलमको शवमा जेनजी पुस्ताका […]
राष्ट्रपति समक्ष नवनियुक्त प्रधानमन्त्री कार्कीबाट सपथ

काठमाडौँ, २७ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारका लागि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री पदको सपथ गराउनुभएको छ । राष्ट्रपति भवन शितल निवासमा आज राति अबेर आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष उहाँले पद तथा गोपनीयताको सपथ लिनुभएको हो । राष्ट्रपति पौडेलले विसम र असाधारण परिस्थितिमा युवा पुस्ताद्वारा प्रकट गरिएको माग र आकाक्षा अनुसार, राजनीतिक […]
पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति

काठमाडौँ, २७ भदौ : पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति जुटेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई आजै प्रधानमन्त्रीमा नियुक्त गरी शपथ गराउने तयारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
साफ यु–१७ च्याम्पियनसिप फुटबल खेल्न नेपाली टोली श्रीलंका जाने

काठमाडौँ, २७ भदौ : दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुन नेपाली टोली श्रीलंका जाने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आज यहाँ आयोजित एक कार्यक्रममा नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ ग¥यो । टोली भोलि श्रीलंकाको राजधानी कोलम्बो प्रस्थान गर्नेछ । प्रतियोगिता आगामी सेप्टेम्बर १५ देखि २७ तारिख […]
जेनजी आन्दोलनका क्रममा बर्दिवासमा एक सय ८३ बोट सालका रुख कटान

धनुषा २७ भदौ : जेनजी आन्दोलनका नाममा बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समिति अन्तर्गतको १८३ बोट सालका रुख कटान गरिएको छ । जेनजी आन्दोलनका क्रममा मङ्गलबार प्रदर्शनकारीले कार्यालयमा आगजनी प्रयास गरेपछि १८ वटा रुख काटेका थिए । भोलिपल्ट बुधबार थप १६५ बोट सालका रुख कटान गरिएको थियो । प्रहरीले रुख कटान गर्ने दुई […]
भ्रामक समाचारमा विश्वास नगर्न सेनाको आग्रह

काठमाडौँ, २७ भदौः नेपाली सेनाले भ्रामक र झुटा समाचारमा विश्वास नगर्न सबैलाई आग्रह गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी विद्यमान परिस्थितिमा सेनालाई जोडेर विभिन्न प्रकारका टीकाटिप्पणी, धारणा र विश्लेषण सम्प्रेषण भएको भन्दै यस्तो आग्रह गरेको हो । सेनाले आफ्नो धारणा र गतिविधि नियमित रूरुपमा प्रेस विज्ञप्ति, प्रेस नोट […]
वीरगञ्ज भन्सारबाट अत्यावश्यक वस्तुको जाँचपास थालियो

पर्सा, २७ भदौः ‘जेनजी’ समूहको प्रदर्शनी र आन्दोलनका कारण देशमै सबैभन्दा धेरै राजस्व सङ्कलन गर्ने वीरगञ्ज भन्सार कार्यालयको सेवा प्रवाह दुई दिन ठप्प हुँदा अर्बाैं राजस्व सङ्कलनमा नोक्सान बेहोर्नु परेको छ । दैनिक औसतमा रु ७२ करोड राजस्व सङ्कलन गर्ने कार्यालयको गत मङ्गलबार र बुधबार दुई दिन राजस्व सङ्कलन लगभग ठप्प भयो । बिहीबारदेखि भने […]
आपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध

काठमाडौँ, २७ भदौः सशस्त्र प्रहरी बल, नेपालले आपराधिक गतिविधि भएको पाइएमा आफ्नो टोल फ्रि नं १११४ वा अन्य सुरक्षा निकायमा तुरुन्त जानकारी गराई सहयोग गर्न अनुरोध गरेको छ । प्रधान कार्यालयले आज विज्ञप्ति जारी गर्दै हालको विषम परिस्थिति सामान्यीकरण हुँदै जाने क्रममा केही व्यक्ति वा समूहले विभिन्न आपराधिक गतिविधि गर्नसक्ने भन्दै त्यस्तो भएमा वा भएको […]
१३०० भन्दा बढी कैदीबन्दीलाई सुरक्षित ढङ्गले कारागारामा नै राख्न सफल

पर्सा, २७ भदौः स्थानीय प्रशासन र सुरक्षा निकायको सक्रियताको कारणले वीरगञ्ज कारागारमा रहेका कैदीबन्दी भाग्न पाएनन् । मुलुकभरका अधिकांश कारागारबाट कैदीबन्दी भाग्दा पनि एक हजार ३०० भन्दा बढी कैदीबन्दीलाई सुरक्षित ढङ्गले कारागारामा नै राख्न सफल भएको वीरगञ्ज कारागारले जनाएको छ । कारागार कार्यालयका प्रशासक बाबुलाल रेग्मीका अनुसार मङ्गलबार रातिदेखि नै कैदीबन्दीले कारागारभित्रको सिसीक्यामेरा फुटाउने, भत्रका […]