बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौँ, ३१ भदौः गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन बुधबार सार्वजनिक बिदा दिएको छ । मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले आज एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार भोलिलाई सार्वजनिक बिदा घोषणा गरिएको जानकारी दिनुभयो । जारी विज्ञप्तिमा भनिएको छ, “भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको […]
बाराको पतगछियाका तीनजनाको एकै दिन मृत्यु

बारा, ३१ भदौ । बारा जिल्लाको सुवर्ण गाउँपालिका–३ पतगछियाका तीनजना स्थानीय वासीको सोमवार राति मृत्यु भएको प्रहरीले जनाएको छ । ४५ वर्षीय गोपाल यादव, ३० वर्षीय रविशंकर यादव र ४० वर्षीय अजमुल मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता बिजयराज पण्डितले जानकारी दिएका छन् । गोपालको स्थानीय अस्पताल र अन्य दुईजनाको भारत मोतिहारीस्थित […]
अध्ययनमा १४ अर्ब ३१ करोड विदेशियो

बीरगंज ३१ भदाै । देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था भए पनि अध्ययनका लागि विदेशिनेक्रम घट्नुको साटो झन उल्टै बढ्दै गएको समचार छ । महिना दिनको अवधिमा मात्रै अध्ययनकालागि रु १४ अर्ब ३१ करोड बराबरको रकम विदेशिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरण अनुसार शिक्षा तर्फको व्यय गत वर्षको […]
वीरगंज नगरपरिषदद्वारा शहीदको सम्झनामा शोक प्रस्ताव पारित, क्षतिको विवरण संकलन

वीरगंज ३१ भदौ । वीरगंज महानगरपालिकाको नगरपरिषदको मंगलबार बसेको बैठकले हालैको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त भएकाहरूको सम्झनामा शोक प्रस्ताव पारित गरेको छ। बैठकले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले प्रस्तुत गरेको प्रतिवेदनअनुसार, आन्दोलनका क्रममा तोडफोड र आगलागिबाट महानगरपालिकाको मुख्य भवनसहित विभिन्न संरचना […]
‘जेनजी’ आन्दोलनमा सहादत प्राप्त गरेकालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौँ, ३० भदौः सरकारले यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा निधन भएका व्यक्तिलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । नवगठित मन्त्रिपरिषद्को आज बसेको पहिलो बैठकले सहादत प्राप्त गर्नेलाई राष्ट्रिय सम्मानसहित राष्ट्रिय झण्डा ओढाउने र अन्त्येष्टि गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । यसैगरी आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने […]
आन्दोलनका क्रममा हतियार लुट्ने दुईजना पक्राउ

जनकपुरधाम, ३० भदौ: ‘जेनजी’ आन्दोलनका क्रममा जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेस प्रदेश लोक सेवा आयोगको कार्यालयबाट लुटिएको हतियारसहित दुईजनालाई आज पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आयोगको कार्यालयमा सुरक्षार्थ खटिएका नेपाल प्रहरीको एकथान एसएलआर राइफलसहित उपमहानगरपालिका वडा नं ९ का ३७ वर्षीय मनिषकुमार अधिकारी तथा २१ वर्षीय सन्तोषकुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको […]
अष्ट्रेलियामा बढ्दो समुद्री सतह, १५ लाख मानिस जोखिममा

जलवायु परिवर्तनका कारण बढ्दो समुद्री सतहले सन् २०५० सम्ममा १५ लाखभन्दा बढी अष्ट्रेलियाली नागरिकको घर र जीवनशैलीमा गम्भीर सङ्कट उत्पन्न गर्ने चेतावनी एक महत्वपूर्ण प्रतिवेदनले दिएको छ । सरकारका लागि स्वतन्त्र रूपमा तयार गरिएको यो राष्ट्रिय जलवायु जोखिम मूल्याङ्कन प्रतिवेदन अष्ट्रेलियाको जीवनशैलीमा तापमान वृद्धिले ‘सिलसिलाबद्ध, जटिल र एकैपटक असर पार्ने’ प्रभाव पार्ने उल्लेख गरिएको छ […]
वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौँ, ३० भदौः नेपाल क्रिकेट सङ्घ (क्यान) ले वेस्ट इन्डिजविरुद्ध हुने युनिटी कप ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाका लागि नेपालको टोली घोषणा गरेको छ । संयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट रङ्गशालामा आगामी असोज दोस्रो सातामा हुने उक्त शृङ्खलाका लागि क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरेको हो । त्यसैगरी नेपाली टोलीको […]
शिक्षण अस्पतालद्वारा २८ जनाको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे

काठमाडौँ, ३० भदौ : त्रिवि शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा २८ जनाको शवपरीक्षण (पोस्टमार्टम) सकिएको छ । अस्पतालमा जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको हाल शवपरीक्षण कार्य भइरहेको छ । हालसम्म ४६ शवपरीक्षणका लागि अस्पताल ल्याइएको फरेन्सिक विभागका प्रमुख डा गोपाल चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार २३ शव आफन्तले बुझेर लगिसकेका छन्भने सात जनाको शव चिन्न […]
जनविद्रोह गर्ने र विस्थापित भएकाको परीक्षण निर्वाचनमार्फत हुन्छः गृहमन्त्री अर्याल

काठमाडौँ, ३० भदौः नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन वर्तमान सरकार गठन भएको बताउनुभएको छ । गृहमन्त्रालयमा आज पदबहालीपश्चात् सञ्चारकर्मीसँग उहाँले निष्पक्ष निर्वाचन गर्ने मूल कार्यभार लिएर सरकार गठन भएको स्पष्ट पार्नुभयो । मन्त्री अर्यालले निर्वाचनसँगै आन्दोलनका क्रममा क्षतिग्रस्त भएका संरचना निर्माण सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । “विद्रोहबाट विस्थापित भएकाको फेरि पुनरागमन […]