उज्यालो नेपाल पार्टीका रामकिशोर सिंहको वीरगञ्ज–०७ मा घरदैलो कार्यक्रम

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)ले आज वीरगञ्ज महानगरपालिका वडा नं. ०७ अन्तर्गत कुम्हालटोल र रामटोलमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ। घरदैलोका क्रममा उम्मेदवार सिंहले स्थानीयवासी तथा युवाहरूसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका गुनासा र सुझावहरू सुन्नुभयो। स्थानीयहरूले बस्ती व्यवस्थापन, नाला तथा सडक विकास, शिक्षा र स्वास्थ्य […]
एमालेका उम्मेदवार प्रदीप यादव वीरगञ्ज–११ र १४ लगायतका क्षेत्रमा घरदैलो

वीरगञ्ज, ६ फागुन । नेकपा (एमाले) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने वीरगञ्ज महानगरपालिका–११ र १४ को रानीघाट, श्रीपुर, बहुवरीलगायतका क्षेत्रहरूमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । अभियानमार्फत उनले स्थानीय बासिन्दासँग भेटघाट गर्दै आफ्नो विगतको योगदानलाई जोड दिएका छन् । घरदैलोका क्रममा […]
एमाले उम्मेदवार प्रदीप यादवद्वारा पर्सा क्षेत्र नं. १ इनरवामा घरदैंलो

वीरगंज, ५ फागुन । नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले पर्सा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत वीरगंज महानगरपालिका वडा नम्बर १६ इनरवामा मङ्गलवार घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । घरदैलोका क्रममा उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै सूर्य चुनाव चिन्हमा मतदान गर्दै आफूलगायत नेकपा (एमाले) का सम्पूर्ण उम्मेदवारहरूलाई विजयी बनाउन आग्रह गरे […]
“झुटा आश्वासनमा नपर्नुहोस्” — जनक साहको सन्देशसहित अलौ सिवानमा रास्वपाको जनसम्पर्क

पर्सा — पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौ सिवान टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार सुशील कुमार कानु को घरदैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका क्रममा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो भने युवादेखि जेष्ठ नागरिकसम्मको उपस्थितिले चुनावी माहोल थप उत्साहपूर्ण बनेको थियो। घरदैलो कार्यक्रमकै क्रममा ८५ […]
कुम्हालटोल टोल सुधार समाजद्वारा १७औ मासिक निःशुल्क भोजन कार्यक्रम

वीरगंज, २ फागुन । कुम्हालटोल टोल सुधार समाज, वीरगंज–७ ले शनिवार रेल्वेरोडस्थित पन्चमुखी हनुमान मन्दिर अगाडी १७औं निशुल्क भोजन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पर्यटक, बटुवा, रिक्सा, ठेला, इरिक्सा चालक, बिपन्न असहायहरूलाई दाल भात, आलु भन्टाको तरकारी र भुटेको हरियो खुर्सानी मुलाको अचार निशुल्क भोजन गराएको थियो । कुम्हालटोल टोल सुधार समाजका अध्यक्ष नन्दलाल […]
आचार्य एकेडेमी, प्रगतिनगर–३ वीरगञ्जमा ‘Cooking Without Fire’ गतिविधि सम्पन्न

वीरगञ्ज – आचार्य एकेडेमीमा विभिन्न कक्षाका विद्यार्थीहरूको सहभागितामा “Cooking Without Fire” गतिविधि सफलतापूर्वक सम्पन्न गरिएको छ। विद्यार्थीहरूमा सृजनशीलता, आत्मविश्वास तथा व्यवहारिक जीवनोपयोगी सीप विकास गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा साना विद्यार्थीहरूले आगोको प्रयोग नगरी विभिन्न स्वास्थ्यकर तथा आकर्षक परिकारहरू तयार गरी आफ्नो प्रस्तुति क्षमता र टोलीकार्य कौशल प्रदर्शन गरेका थिए। साथै, सरसफाइ, […]
शिक्षा, स्वास्थ्य सेवा, बेरोजगारी, आधारभूत पूर्वाधारको अभाव तथा युवाहरूको पलायन जस्ता विषयलाई प्रमुख प्रथामिक अशोक टेमानी

वीरगंज, २९ माघ:-वीरगंज महानगरपालिका वडा नं. २४ रामगढवामा जनता समाजवादी पार्टी (जसपा) बाट पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीको घरदैलो अभियान उत्साहका साथ सम्पन्न भएको छ । स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट, संवाद र समस्या सुन्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा जसपाका नेता तथा पूर्वमन्त्री रमेश कुर्मी, जसपा नेतृ करिमा वेगम लगायत पार्टीका […]
अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सहयोग, मेयर सिंहले प्रदान गरे १६ जनालाई जनही ५ हजार रुपैयाँ

वीरगंज । वीरगंज महानगरपालिका अन्तर्गतका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सहयोगस्वरूप आर्थिक सहायता उपलब्ध गराइएको छ । ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम अन्तर्गत लाइफ नेपालले वीरगंज महानगरपालिकासँगको सहकार्यमा प्रत्येक बालबालिकालाई ५ हजार रुपैयाँका दरले नगद सहयोग प्रदान गरेको हो। महानगर क्षेत्रभित्रका १६ जना अपाङ्गता भएका बालबालिकालाई एक कार्यक्रमका बीच सहयोग हस्तान्तरण गरिएको […]
एसआर ग्यालेक्सीले डिपिएसलाई ३–१ ले हराउँदै ज्ञानुदेवी मेमोरियल प्रतियोगिताको उपाधी उचाल्यो

वीरगंज २६ माघ । जीवनज्योती स्कुल वीरगंजद्वारा आयोजित ज्ञानुदेवी मेमोरियल कप जुनियर नकआउट फुटबल टुर्नामेन्ट–२०८२ को समापन सभ्य एवं भव्य रूपले सम्पन्न गरेको छ । आदर्शनगर खेल मैदानमा सोमवार भएको फाइनल खेलमा एस आर ग्यालेक्सी स्कुलले डिपिएस लाई ३–१ गोल अन्तरले पराजित गर्दै बिजेताको उपाधी चुमेको छ । आज भएको फाइनलमा एसआर ग्यालेक्सी स्कुलले डिपिएसलाई […]
आचार्य एकेडेमीको वार्षिक खेलकुद प्रतियोगिता भव्य रूपमा शुरू

वीरगंज, २५ माघ । वीरगंज महानगरपालिका–३ प्रगतिनगरस्थित आचार्य एकेडेमीले वार्षिक खेलकुद प्रतियोगिता आजबाट औपचारिक रूपमा शुरू गरेको छ। प्रतियोगिताको पहिलो दिन विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको उदघाटन विद्यालयका प्रधानाध्यापकले गर्दै खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा नैतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले विद्यार्थीहरूलाई अनुशासन, सहकार्य र खेलभावनाका साथ सहभागीता जनाउन आग्रह […]