केन्द्रीय कारागारबाट फरार कैदी पर्साको कालिकामाईबाट पक्राउ

वीरगंज, ८ असोज । जिल्ला प्रहरी कार्यालय पर्साले जेनजी आन्दोलनका क्रममा केन्द्रिय कारागारबाट कर्तव्य ज्यान मुद्दाका फरार कैदीलाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय पोखरियाले जिल्ला पर्सा कालिकामाई गाउँँपालिका वडा नं. ५ सिमरा बस्ने वर्ष ४० को मुक्तिनारायण कुर्मीलाई पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ । कुर्मीले आफनै पत्नी वर्ष ३५ की संगिता […]

चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल

काठमाडौँ, ८ असोजः ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका राजदूत चेन सोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई चिनियाँ राजदूत सोङले बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । भेटमा नेपाल–चीनबीचको […]

प्रदेश संरचना खारेज हुँदैनः अर्थमन्त्री खनाल

मोरङ, ८ असोज : अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुरा गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका अर्थमन्त्री खनालले वर्तमान सरकार संविधानअनुसार सञ्चालन भएकाले प्रदेश खारेज गर्नेसम्बन्धी कुनै सोच नरहेको स्पष्ट गर्नुभयो । एक प्रश्नको जवाफमा मन्त्री खनालले अहिलेको अवस्थामा […]

आगजनीमा मृत्यु भएकी हजराको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय

वीरगंज ७ असोज । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिकाले जेनजी आन्दोलनका क्रममा आगजनीमा परी मृत्यु भएकी सखुइ जमुनियाकी ४५ वर्षीया सोशीलादेवी हजराको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रूंगटाको वीरगंजस्थित घरमा गरिएको आगजनीमा जलेर गम्भीर घाइते भएकी हजराको परिवारलाई गापा अध्यक्ष जसवन्त यादवले १ लाख रूर्पयाँ […]

प्रहरी बिट र चौकीलाई सहयोग

वीरगंज, ७ असोज । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको वीरगंजको घण्टाघरस्थित नेपाल प्रहरीको बिटको पुननिर्माण गरिएको छ । स्थानीय युवाहरूको पहलमा प्रहरी बिटको पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याइएको हो । नेशनल इन्फोटेक कलेज र गौतम स्कुलका विद्यार्थीहरू, नेपाल फर्मास्युटिकल लिमिटेडका कर्मचारी तथा एलाइड यूथ क्लबका युवाहरूले मिलेर प्रहरी बिटलाई आवश्यक सामग्री उपलब्ध गराएका छन । […]

अपहरणपछि हत्या प्रकरण : अनुसन्धानको लागि आठजना प्रहरी नियन्त्रणमा

सिरहा, ७ असोज: यहाँको गोलबजार नगरपालिका–१३ का १६ वर्षीय अभिषेक महतोको अपहरणपछि हत्या गरिएको घटनामा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या गरिएका व्यक्तिका आफन्त र छिमेकसहित आठ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । बालकको शव गाउँ नजिकै फेला परेकाले परिवार वा छिमेकी नै संलग्न हुनसक्ने आशङ्का […]

सशस्त्र प्रहरीद्वारा ५ लाखको सामान बरामद

बीरगंज ७ असोज । बीरगंज महानगरपालिका–१६ स्थित नगवा पानी टंकीमा रहेको बालकुमार राउत कुर्मीको घरको सटरमा भन्सार छली गरी चोरी पैठारी गरेर कपडाहरू भण्डारण गरिएको सूचनाको आधारमा नं. सशस्त्र प्रहरी १३ गण पर्साले आज छापामारी गरी नियन्त्रणमा लिएको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजका सशस्त्र प्रहरी नायब उपरीक्षक पुरूषोत्तम भण्डारी र बीरगंज भन्सार कार्यालयका […]

स्रोत नखुलेको ८ लाखबढी नगदसहित एकजना पक्राउ

वीरगंज ७ असोज । सशस्त्र प्रहरीले स्रोत नखुलेको आठ लाख सात हजारसहित एकजनालाई पक्राउ गरेको छ । वीरगंज महानगरपालिका–१६ भन्सार नजिकबाट सशस्त्र प्रहरी बल नं.१३ गण पर्सा र प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको संयुक्त सुरक्षा दलले नगदसहित एकजनालाई पक्राउ गरेको जनाएको छ । सशस्त्र प्र.स.नि. सुजय कुमार सिंह र महमद मुस्ताक अलीको कमाण्डमा खटिएको […]

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

सप्तरी, ७ असोजः यहाँको सुरुङ्गा नगरपालिका–२ स्थित हर्दियाको पोखरीमा डुबेर आज दुई बालिकाको ज्यान गएको छ । स्थानीय सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ वर्षीया छोरी आशकी चौधरीको पोखरीमा डुबेर ज्यान गएको हो । दुवै बालिकाको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले […]

पाँच स्थानमा यात्री सहायता कक्ष स्थापना

वीरगंज, ६ असोज । वीरगंजको विभिन्न पाँच स्थानमा यात्री सहायता कक्ष (हेल्पडेस्क) स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्साल र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्टको संयुक्त पहलमा हेल्पडेस्क स्थापना गरिएको हो । डिएसपी लम्सालले यात्रीको भीड बढी हुने समयमा यात्री सहायता कक्षहरूले सूचना, दिशा–निर्देशन र आपतकालीन सहयोग प्रदान […]