महानगरपालिकाको बजेट पुन:निर्माणतर्फ संशोधन, असहाब आलम परिवारलाई ५ लाख सहयोग

वीरगंज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन गरिएको बजेटलाई संशोधन गरी पुनःनिर्माणमा खर्च गर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न विशेष अधिवेशन (विशेष नगर सभा) ले पुनःनिर्माणसम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गरेको हो । गत भदौ २४ गते सचेत युवाहरू (जेनजी) ले गरेको आन्दोलनका क्रममा महानगरपालिकाको कार्यालय भवनसहित सम्पूर्ण संरचना आगजनी, तोडफोड र लुटपाटबाट […]

मधेस प्रदेश सरकारले सहिद परिवारलाई रु दुई लाख ५० हजार प्रदान गर्ने

जनकपुर, ३ असोजः मधेस प्रदेश सरकारले जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नुभएका प्रदेशमा स्थायी बसोबास रहेका सहिदका परिवारलाई राहतस्वरूप प्रतिपरिवार रु दुई लाख ५० हजार प्रदान गर्ने निर्णय गरेको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार मधेस प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले सुशासन र भ्रष्टाचार नियन्त्रणको मागसहित भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गर्नुभएका […]

संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह

जनकपुरधाम, ३ असोजः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाली जनताको ठूलो त्याग, तपस्या तथा बलिदानीबाट आएको सङ्घीयतासहितको वर्तमान संविधानको पूर्णपालना गरी देशमा सुशासन कायम गर्नुपर्ने बताउनुभएको छ । मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा संविधान दिवस २०८२ का अवसरमा आज जनकपुरधाममा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले संविधानलाई मुलुकको स्थायित्व र समावेशी विकासको आधारका […]

छैटौँ खुला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका कमललाई

गोरखा, ३ असोज : संविधान दिवसको अवसरमा लियो क्लब अफ गोरखाद्वारा आयोजित खुला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका कमल नेपालीले हात पार्नुभएको छ । गोरखा नगरपालिका–९ लक्ष्मीबजारदेखि गोरखा बसपार्कसम्मको चार किलोमिटर दूरी १८ मिनेट २८ सेकेण्डमा पार गर्दै नेपालीले प्रथम स्थान हासिल गर्नुभएको हो । सोही दूरी १८ मिनेट ३४ सेकेण्डमा पार गर्दै सरोज गिरी […]

मधेस प्रदेश सरकारका मुख्यमन्त्री र सभामुखबीच भेटघाट

धनुषा, ३ असोजः मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहसँग सभामुख रामचन्द्र मण्डलले आज मुख्यमन्त्री निवास जनकपुरधाममा भेटघाट गर्नुभएको छ । सो भेटघाटमा मधेस प्रदेशसभा सचिवालय तथा मधेस सरकारका अन्य संरचनामा भएका क्षतिका विषयमा छलफल भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश झाले राससलाई जानकारी दिनुभयो । मधेस प्रदेशसभा सचिवालयसहितका प्रदेशसभामा जेनजी प्रदर्शनका क्रममा भएको आगजनी तथा तोडफोडपछि […]

सशस्त्र प्रहरीले भन्सार छलीको सामान समात्यो

वीरगंज, ३ असोज । सशस्त्र प्रहरी बल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले भन्सार छली गरी ल्याइएका सामानसहित एक अटो नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक पुरूषोत्तम भण्डारीको कमाण्डमा खटिएको ९ जनाको टोलीले वीरगंज महानगरपालिका–१६, गण्डक इलाकाबाट ना.२ ह.४२७७ नम्बरको अटोमा लुकाइछिपाई राखिएका कपडा, किराना तथा कस्मेटिक सामग्रीहरू चेकजाँचका क्रममा बरामद गरेको हो । […]

अमलेखगंजबाट नरभक्षी बाघलाई समातियो

बारा ३ असोज । बाराको अमलेखगञ्ज क्षेत्रमा पटक–पटक आक्रमण गरी मानिसको ज्यान लिँदै आएको नरभक्षी बाघलाई अन्ततः नियन्त्रणमा लिइएको छ। बाघलाई समात्न पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिहरूको संयुक्त टोलीले लामो समयदेखि निरन्तर प्रयास गर्दै आएको थियो। जीतपुरसिमरा उपमहानगरपालिका–२१ का वडाध्यक्ष सुभाष श्रेष्ठ र २२ का वडाध्यक्ष शेखर काजी रुम्बाको […]

अध्यक्ष ओली गुण्डुस्थित भाडाको घरमा

भक्तपुर, २ असोजः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको गुण्डुमा बसाइँ सर्नुभएको छ । ‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नेपाली सेनाको सुरक्षा घेरामा रहनुभएका उहाँ आजदेखि सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित एक भाडाको घरमा बसाइँ सर्नुभएको हो । उहाँको बालकोटस्थित निवास जेनजी प्रदर्शनका क्रममा आगजनी […]

भारतमा ‘मस्तिष्क खाने’ अमिबाको सङ्क्रमण बढेपछि स्वास्थ्य चेतावनी

दक्षिणी राज्य केरलामा दुर्लभ पानीजन्य ‘मस्तिष्क खाने’ (ब्रेन इटिङ) अमिबाको सङ्क्रमण र मृत्यु गत वर्षको तुलनामा दोब्बर बढेपछि भारतले स्वास्थ्य चेतावनी जारी गरेको छ । सरकारी टास्क फोर्सका चिकित्सक अल्ताफ अलीले कि अधिकारीहरूले राज्यभरि केस पत्ता लगाउन र उपचार गर्न ठूलो मात्रामा परीक्षण गरिरहेको बताउनुभयो । यस वर्ष नेग्लेरिया फोलेरी अमिबाबाट १९ जनाको मृत्यु र […]

मधेसका मुख्यमन्त्रीविरूद्ध कारबाही सिफारिस

जनकपुर, २ असोज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई पार्टीबाट कारबाहीका लागि जनमत पार्टी मधेस प्रदेश संसदीय दलका नेता महेश यादवले बिहीवार पार्टी केन्द्रीय कार्यालयलाई सिफारिस गरेका छन् । पार्टी तथा संसदीय दलले सिंहलाई पटक–पटक मुख्यमन्त्री पदबाट फिर्ता हुन आग्रह गरे पनि उनले बेवास्ता गरेका कारण मुख्यमन्त्री सिंहमाथि अनुशासनात्मक कारबाही गर्न सिफारिस गरिएको हो । […]