गुप्ता र पटेल जनमतमा प्रवेश

काठमाडौं, १७ साउन । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले दिनानाथ प्रसाद गुप्ता र घिरेन्द्र पटेल (परवाना)लाई पार्टीको सदस्यता प्रदान गरेका छन् । जनमत पार्टी केन्द्रीय सम्पर्क कार्यालय मध्य–बानेश्वरस्थित पार्टी कार्यालयमा उनीहरुलाई अध्यक्ष डा राउतले सदस्यता प्रदान गरेका हुन् । जनमत पार्टीको बिचार र सिद्धान्त तथा डा.सिके राउतको त्याग र दुरदर्शी नेतृत्वबाट प्रभावित भएर […]
नेशनल मेडिकल कलेज प्रा.लि. र रोट्र्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जबीच स्वास्थ्य सेवा सम्बन्धी सहमति पत्रमा हस्ताक्षर

वीरगञ्ज, १७ भदौ – नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्जस्थित एक अग्रणी स्वास्थ्य संस्था र रोट्र्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जबीच आज एक महत्वपूर्ण सहमति पत्रमा हस्ताक्षर गरिएको छ। यस सहमतिपत्रमार्फत रोट्र्याक्ट क्लबका सदस्य तथा उनीहरूका प्रत्यक्ष आश्रितहरूलाई गुणस्तरीय, सहज र सहुलियतमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने सहमति भएको छ। उक्त कार्यक्रम नेशनल मेडिकल कलेज तथा टिचिङ […]
सहज सेवा र शान्ति–सुरक्षा सुनिश्चितता: प्रजिअ–पौडेल

वीरगंज, १७ भदौ । बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जिल्ला प्रशासन कार्यालय, बारामा पदभार ग्रहण गर्दै सजिलो सेवा प्रवाह, प्रभावकारी प्रशासनिक समन्वय, र शान्ति–सुरक्षाको सुनिश्चितता आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन् । पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले आफूलाई सरकारको प्रमुख प्रतिनिधि रहेकोले जिल्ला स्तरका सबै निकायहरूसँग सहकार्य गरी जनतालाई राज्यको सेवा सहज रूपमा पु¥याउने […]
लहानमा आमा र छोरा मृत फेला

सिरहा, १७ भदौः यहाँको लहान नगरपालिका–१ मटियर्वामा एकै परिवारका आमा र छोरा घरमै मृत अवस्थामा फेला परेका छन् । लहान नगरपालिका–१२ भोटियाटोल घर भई मटियर्वामा डेरा लिएर बस्दै आएका प्रवीण चौधरीकी २३ वर्षीया श्रीमती रञ्जिता चौधरी र पाँच वर्षीय छोरा एरोज चौधरी आज बिहान मृत फेला परेका हुन् । रञ्जितासँगै रहेका नौ महिनाका अर्का छोरा […]
अवैध पटकासहित मोटरसाइकल नियन्त्रण

बारा प्रहरीले एक लाख रुपैयाँ बराबरको अवैध पटकासहित मोटरसाइकल बरामद गरेको छ । कलैया उपमहानगरपालिका १० मटिअर्वा स्कुल नजिकबाट अवैध पटका बरामद गरिएको हो । प्रहरी चौकी मटिअर्वाबाट प्रहरी वरिष्ठ नायब निरीक्षकको नेतृत्वमा खटिएको टोलीले भारतबाट नेपालतर्फ ल्याइँदै गरेको पटकासहित नम्बर नखुलेको एउटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । प्रहरीलाई देखेपछि संलग्न व्यक्ति मोटरसाइकल छाडेर […]
लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो- गृहमन्त्री लेखक

पर्सा, १६ भदौः गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले यसमा छिमकी मित्रराष्ट्रहरुले चित्त दुखाउनुनपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले छिमेकी राष्ट्र भारत र चीनले नेपालको भूमि लिपुलेकलाई द्विपक्षीय व्यापारिक नाका बनाउने गरी गरेको सम्झौतालाई लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएको […]
सरकारको राजस्वबाट मात्र विकास आवश्यकता पूर्ति नभएकाले वैकल्पिक वित्त कोष आवश्यकः अर्थमन्त्री

काठमाडौँ, २६ साउनः उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको खाताबाट हुने खर्चबाट मात्रै नागरिकको विकास र समृद्धिको आकाङ्क्षा पूरा हुन नसकेकाले वैकल्पिक स्रोतको खोजी तथा त्यसबाट मुनाफासमेत हासिल गर्नका नयाँ कानुन आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आजको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ माथिको दफावार छलफलका क्रममा […]
मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, दुई छोरासहित चार जना घाइते

बरहथवा (सर्लाही), २६ साउनः सर्लाहीको बागमतीमा दुई वटा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बागमती नगरपालिका–१२, बागमती पुल–भरत ताल सडकखण्डमा आज मधेश प्रदेश ०३–०३१ प ४९२३ र ज ११ प ५५०५ नम्बरको मोटरसाइकल दुर्घटना भएका हुन् । दुर्घटनामा मधेश प्रदेश ०३–०३१ प ४९२३ नं को मोटरसाइकलमा […]
मन्त्री यादव र भारत विज्ञ टोलीहरूबीच छलफल

काठमाडौँ, २६ साउन : खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानी समस्या समाधानका विषयमा छलफल भएको छ । आज मन्त्री यादवको विशेष निमन्त्रणामा आउनुभएका भारतीय सरकारका विज्ञ टोलीहरूबीच मधेस प्रदेशमा देखिएको खानेपानी सङ्कट र त्यसको दीर्घकालीन समाधानका विषयमा गहन छलफल भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता मीना श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार […]
मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

राजविराज (सप्तरी), २६ साउन : हुलाकी सड्क खण्डअन्तर्गत यहाँको बलानविहुल गाउँपालिका–६ शेहरा चोकमा आज मोटरसाइकल दुर्घटना हँुदा एक महिलाको मृत्यु भएको छ । बलान बिहुल गाउँपालिका–२ दिघिया टोल बस्ने ३० वर्षीया शान्तिकुमारी यादवको मृत्यु भएको हो । शान्तिका देवर गयाप्रसाद यादवले चलाएको ‘अन टेस्ट’ मोटरसाइकलमा शान्तिकुमारीकी तीन वर्षीय छोरा समेत सवार थिए । उनीहरु बोदे […]