नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गाैला प्रत्यारोपण

भक्तपुर, २१ भदौ: सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले नेपालमै पहिलोपटक एकै व्यक्तिमा तेस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेर इतिहास रच्ने काम भएको बताउनुभयो । तेस्रोपटक प्रत्यारोपण निकै जटिल रहने भए पनि सफल भएकाले अब […]
वीरगंज युवा समाजद्वारा आयोजित कार्यक्रममा १०३ जनाले गरे रक्तदान

वीरगंज, २१ भदौ । वीरगंज युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा १३ महिला सहित १०३ जनाले रक्तदान गरेका छन् । काजल कोईराला, मिरा सिंह, रोजि प्रधान, स्वस्तिका श्रेष्ठ, मन्जु भण्डारी, प्रीती गुरूङ, मन्जु गुरूङ, सन्दिपा श्रेष्ठ, दिपिका चापागाई, श्रीजल चौधरी, रन्जना कार्की, सिद्धिका कार्की, सलिमा रोक्का, सन्जिव थापा, राजेन्द्र भट्टराई, सन्दिप साह, राम कुमार बस्नेत, […]
सामाजिक सञ्जाल बन्दविरूद्ध प्रदर्शन गर्ने पाँच जना पक्राउ

काठमाडौं, २१ भदौ । सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा काठमाडौंको नयाँ बानेश्वरमा गरिएको शान्तिपूर्ण प्रदर्शनबाट पाँच जना युवाहरू पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि ‘युथ कंग्रेस नेपाल’ले आयोजना गरेको सांकेतिक प्रदर्शनका क्रममा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा संस्थाका महामन्त्री प्रभात कुमार ठाकुर, कोषाध्यक्ष विराज अर्याल, केन्द्रीय सदस्यहरू सुजनराज गिरी र धिरज सञ्जेल, […]
वैष्णवी मन्दिर चौक परिसरमा वृक्षारोपण कार्यक्रम

वीरगंज, २१ भदौ । २२औं निजामती सेवा दिवस २०८२ को उपलक्ष्यमा जिल्ला प्रशासन कार्यालय पर्सा तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगर–१०, वीरगंजको संयुक्त आयोजनामा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तोयनारायण सुबेदी, विशिष्ट अतिथिमा मधेश प्रदेश कार्यालयका एसएसपी शान्ति राज कोईराला, जिल्ला […]
स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु

सिरहा, २० भदौः गोलबजार नगरपालिका-२ टुड्किया सैनिक चोकमा आज स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु भएको छ । ट्रिनिटी बोर्डिङ स्कुलको बसले किच्दा स्थानीय मदन साहका छोरा आदर्शकुमार साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आदर्श सोही विद्यालयको ‘प्ले ग्रुप’ मा अध्ययनरत थिए । ग१ख ३७८८ नम्बरको बसले विद्यालयबाट घर फर्किने […]
१०२ वर्षीय कोकिची अकुजावाद्वारा माउन्ट फुजी आरोहण गरी विश्व कीर्तिमान कायम

जापान, २० भदौ : एक सय दुई वर्षीय कोकिची अकुजावा जापानको सर्वोच्च शिखर माउन्ट फुजी आरोहण गर्दै संसारकै सबैभन्दा वृद्ध पर्वतारोही बन्न सफल हुनुभएको छ । यो उपलब्धिलाई गिनिज वर्ल्ड रेकर्डले अगस्टको सुरुआतमा प्रमाणित गरेको हो । “म साँच्चिकै आधा बाटोमै छोड्ने मनस्थितिमा पुगेको थिएँ”, अकुजावाले एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा भन्नुभयो, “शिखरसम्म पुग्नु कठिन थियो, तर […]
इन्डो–नेपाल करातेमा अन्भीलाई दोहोरो स्वर्ण

काठमाडौँ, २० भदौ : नेपालकी अन्भी शाहीले इन्डो–नेपाल कराते प्रतियोगिताको पहिलो दिन आज दोहोरो स्वर्ण जितेकी छन् । अन्भीले महिला २०–२५ केजी तौल समूह र आठ–नौ वर्ष उमेर समूहमा स्वर्ण जितेकी हुन् । वनस्थलीस्थित आयोजक समृद्धि स्कुलको खेल परिसरमा भएको प्रतियोगिताको २०–२५ केजी तौल समूहको फाइनलमा अन्भीले नेपालकै माभेवामा लामालाई पराजित गरिन् । नेपालका कृष्टि […]
जनकपुरबाट सञ्चालन हुँदै आएको नेपाल प्रहरी प्रदेश कार्यालय पुनः वीरगंजमा स्थापना

वीरगंज, १९ भदौ – मधेश प्रदेशको राजधानी जनकपुरबाट सञ्चालन हुँदै आएको नेपाल प्रहरी प्रदेश कार्यालय पुनः वीरगंजमा स्थापना भएको छ। सरकारले २०७७ सालमै कार्यालय वीरगंजमै रहने निर्णय गरेको भए पनि अस्थायी रूपमा जनकपुरबाट सञ्चालन हुँदै आएको थियो। अब वीरगंजस्थित अन्तरप्रहरी कार्यालयको भवनबाट विधिवत रूपमा प्रहरी प्रदेश कार्यालयले काम प्रारम्भ गरेको हो। कार्यालयका प्रमुख वरिष्ठ प्रहरी […]
मानव बेचबिखन नियन्त्रणमा पर्सा अगाडि, एसपी मिश्र सम्मानित

वीरगंज, २० भदौ । मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १९औं राष्ट्रिय दिवसको अवसरमा ७७ वटै जिल्लाको कार्य मूल्याङ्कनमा पर्सा जिल्ला उत्कृष्ट ठहरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रलाई नेपाल सरकारले शुक्रवार पुरस्कृत गरेको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्वारा काठमाडौंस्थित नाचघरमा आयोजित कार्यक्रममा नेपाल सरकारका उपप्रधानमन्त्री एवं शहरी विकास […]
चुरक्षेत्रको विनाशले मधेसमा पानीको सङ्कट :अध्यक्ष यादव

मलङ्गवा (सर्लाही), १९ भदौः जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले चुरेक्षेत्रको वन विनाश र अव्यवस्थित विकासका कारण मधेसमा पानीको गम्भीर सङ्कट उत्पन्न भएको बताउनुभएको छ । आज यहाँ जसपा नेपालको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेसमा सुक्खा समस्या चुरे फँडानी र अव्यवस्थित मदन भण्डारी राजमार्ग निर्माणको परिणाम भएको बताउनुभयो । उहाँले भन्नुभयो, […]