वीरगञ्ज । उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)ले आज वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ को बेलवा गाउँमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।
कार्यक्रमका क्रममा स्थानीयवासीहरूले फूलमाला तथा खादा लगाई उम्मेदवार सिंहलाई भव्य स्वागत तथा सम्मान व्यक्त गरेका थिए। कार्यक्रममा स्थानीय बासिन्दा तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
भेटघाटका क्रममा स्थानीयवासी तथा युवाहरूले विगतका पार्टी र उम्मेदवारहरूले चुनावको समयमा आश्वासन मात्र दिएको तर विकास र रोजगारी सिर्जनाका क्षेत्रमा कुनै ठोस काम नगरेको भन्दै गुनासो व्यक्त गरेका थिए। चुनाव नजिकिँदा युवाहरूलाई प्रयोग गर्ने, रोजगारीको आश्वासन दिने तर जितेपछि जनतासँग सम्पर्कविहीन हुने नेताहरूलाई अब बहिष्कार गर्ने र सक्षम तथा नयाँ उम्मेदवारलाई आगामी निर्वाचनमा साथ दिने स्थानीयहरूले बताएका थिए।
स्थानीयहरूले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई काम गर्ने नेतृत्वको रूपमा प्रशंसा गर्दै उम्मेदवार सिंहप्रति आफ्नो समर्थन व्यक्त गरेका थिए।
उम्मेदवार सिंहले स्थानीयवासीहरूको समस्या आफू निर्वाचित भएलगत्तै समाधान गर्ने प्रतिबद्धता जनाउँदै गाउँ–गाउँमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राख्ने बताउनुभयो। साथै, निर्वाचित भएको खण्डमा स्थानीय स्तरमै कलकारखाना स्थापना गरी स्थानीय तथा सक्षम युवाहरूलाई रोजगारीको अवसर सिर्जना गर्ने योजना रहेको जानकारी दिनुभयो।

वीरगञ्ज वडा नम्बर २० मा निर्वाचित भई हासिल गरेको अनुभवलाई संघीय संसदसम्म पुर्याई क्षेत्रको विकासका लागि प्रभावकारी रूपमा आवाज उठाउने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो।
कार्यक्रमको अन्त्यमा स्थानीयवासीहरूले उम्मेदवार सिंहलाई विजयको अग्रिम शुभकामना दिँदै पूर्ण समर्थन रहने विश्वास व्यक्त गरेका थिए।