फेटा गापा अध्यक्ष रूस्तम अन्सारीमाथि हातपात

बारा, ८ फागुन । बारा जिल्लाको फेटा गाउँपालिकाका अध्यक्ष रूस्तम अन्सारीमाथि स्थानीयले शुक्रवार बिहान हातपात गरेपछि सुरक्षाकर्मीले उनको उद्धार गरेको छ ।

फेटा ३ स्थित आफ्नै घरमा छलफलका क्रममा रहेका अध्यक्ष अन्सारीमाथि दुर्ई पक्षबीचको विवादका क्रममा आक्रमण भएको हो ।
बिहीवार राति जन्ती आएका दुर्ई समुदायका युवाहरूबीच भएको कुटपिटको विषयलाई लिएर दुवै पक्ष सहमति खोज्न अध्यक्षकहाँ पुगेका थिए । तर सो विवाद मिलाउन आफूले केही गर्न नसक्ने बताएपछि आक्रोशित बनेका स्थानीयले उनीमाथि हातपात गरेका थिए ।
आक्रोशित भीडले घर घेराउ गरेपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उनलाई सुरक्षित स्थानमा पुर्याएको छ ।
neelambads
सम्बन्धित पोस्टहरुः