वीरगञ्ज
। उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)ले आज वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ को चोरनी गाउँमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।
कार्यक्रमका क्रममा स्थानीयवासी तथा युवाहरूले विगतका पार्टी र उम्मेदवारहरूले अपेक्षित विकास गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरूले गाउँमा आधारभूत विकासको अभाव रहेको गुनासो उम्मेदवार सिंहसमक्ष राखेका थिए। साथै, पुराना पार्टीका उम्मेदवारलाई बहिष्कार गर्दै यस पटक सक्षम र परिणाममुखी नयाँ उम्मेदवारलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका थिए।
स्थानीयहरूले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काम गर्ने व्यक्तित्व भएको उल्लेख गर्दै उम्मेदवार सिंहप्रति विश्वास व्यक्त गरेका थिए।
उम्मेदवार सिंहले स्थानीयवासीका समस्या आफू निर्वाचित भए लगत्तै प्राथमिकताका साथ समाधान गर्ने वाचा गर्नुभयो। उहाँले गाउँ–गाउँमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकता दिँदै आफू निर्वाचित भएपछि स्थानीय कलकारखानामा स्थानीय तथा सक्षम व्यक्तिहरूलाई रोजगारीमा प्राथमिकता दिने बताउनुभयो।
साथै, वीरगञ्ज महानगरपालिका वडा नम्बर २० मा निर्वाचित भएर काम गर्दा प्राप्त अनुभवलाई संघीय संसदसम्म पुर्याएर क्षेत्रको विकासका मुद्दाहरू सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा स्थानीयवासीहरूले उम्मेदवार सिंहलाई भव्य स्वागत तथा सम्मान गर्दै आगामी निर्वाचनमा विजयका लागि अग्रिम शुभकामना समेत दिएका थिए। कार्यक्रममा उल्लेख्य जनसहभागिता रहेको थियो।
कार्यक्रममा स्थानीयवासीहरूले उम्मेदवार सिंहलाई भव्य स्वागत तथा सम्मान गर्दै आगामी निर्वाचनमा विजयका लागि अग्रिम शुभकामना समेत दिएका थिए। कार्यक्रममा उल्लेख्य जनसहभागिता रहेको थियो।











