बालबालिकाहरूमा शैक्षिक सामग्री वितरण

वीरगंज ३ चैत्र । कलैया उपमहानगरको सहयोग तथा शहरी गरिबी निवारण मंचको आयोजनामा कलैया १ पर्सा र कट्टि क्षेत्रमा संचालन हुँदै आएका बाल शिक्षण केन्द्रमा अध्ययनरत ७७ जना बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
मंचका अध्यक्ष सुधाकर यादवको अध्यक्षता एवं वडा नं. १ का वडा अध्यक्ष मोहन बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सदस्य जोखनी देवी, ज्ञान ज्योति आधारभूत विद्यालयका शिक्षक रामायण महतो, लुमन्तीका प्रतिनिधि अनिल मण्डल, दिपशिखा महिला साकोसकी अध्यक्ष मंजु देवी को आतिथ्यतामा स्थानीय अग्रज महिला युवा लगायत मंचका पदाधिकारी सदस्यहरूको बाक्लो सहभागीता रहेको थियो ।
सो अवसरमा मन्चका अमिन्द्र यादव र सृजना कुमारीले विगत ११ महिना देखि संचालनमा रहेको कक्षाको गतिविधि तथा बालबालिकामा आएको सकारात्मक परिवर्तनवारे जानकारी गराउनु भएको थियो ।
यस अवसरमा दुवै केन्द्रका कुल ७७ जना बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।
सो अवसरमा प्रमुख अतिथि वडा अध्यक्ष मोहन बहादुर क्षेत्रीले शहरी गरिबी निवारण मंचसँगको सहकार्यमा हामीले वडाभित्र आवास कार्यक्रम सफलतापूर्वक कार्यान्वयन गर्दै आएको र बालबालिकाको भविष्य निर्माणका लागि संचालन गरिएको बाल शिक्षण केन्द्रले सकारात्मक परिवर्तन ल्याएको देख्दा हामी अत्यन्त उत्साहित छौं । यस्ता कार्यक्रमलाई आगामी दिनमा अझ सशक्त बनाउँदै लैजानेछौं । यो कक्षा चैत महिनाभर सञ्चालन हुनेछ र आगामी वर्षमा पनि यसका लागि वडाबाट आवश्यक बजेट विनियोजन गरिने प्रतिबद्धता ब्यक्त गर्दै बालबालिकाको उज्ज्वल भविस्यको शुभकामना दिएका थिए ।
शैक्षिक सामग्री पाएर बालबालिकाहरू निकै हर्षित भएको सो कार्यक्रमको सहजीकरण  निवर्तमान अध्यक्ष रबिन्द्र प्रसाद साहले गरेका थिए भने स्वागत मन्तव्य किरण कुमारी दासले व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष एवं सहभागी अतिथीहरूले बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा यस्ता कार्यक्रमहरूले महŒवपूर्ण योगदान पुर्याउने विश्वासका साथ सम्पूर्ण सहयोगी, सहभागी तथा सरोकारवालाहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।
neelambads
सम्बन्धित पोस्टहरुः