वीरगंज, २ फागुन । कुम्हालटोल टोल सुधार समाज, वीरगंज–७ ले शनिवार रेल्वेरोडस्थित पन्चमुखी हनुमान मन्दिर अगाडी १७औं निशुल्क भोजन कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा पर्यटक, बटुवा, रिक्सा, ठेला, इरिक्सा चालक, बिपन्न असहायहरूलाई दाल भात, आलु भन्टाको तरकारी र भुटेको हरियो खुर्सानी मुलाको अचार निशुल्क भोजन गराएको थियो ।
कुम्हालटोल टोल सुधार समाजका अध्यक्ष नन्दलाल राउत अहिरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वीरगंज कपडा बैंकका अध्यक्ष संचारकर्मी लालबाबु सिंह, अमरटोल टोल सुधार समिति वीरगंजका सचिव युवा समाजसेवी नवराज भट्टराई, समाजका सचिव हेमन्त शाक्य, कोषाध्यक्ष बैधनाथ साह, सहसचिव रितेश गुप्ता, सल्लाहकारहरू समाजसेवी गौरी गुप्ता, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव समाजसेवी श्रवणबहादुर रायमाझी, समाजसेवी गोबिन्द ताम्राकार, सुरज श्रीवास्तव लगायतको सहभागीता रहेको थियो।
सो अवसरमा सेवा गर्दै वीरगंज कपडा बैंकका अध्यक्ष सिंहले दिन दुखी असहायको सेवा सहयोग नै हामी मानवको सबै भन्दा ठूलो धर्म भएकोले समाजले विगत १७ महिना देखि लगातार घर जस्तो सफा स्वच्छ,पोषिलो, गुणस्तरीय भोजन खुवाएर गरेको सेवा निकै सराहनिय रहेको साथै भोजमा खुवाएको जस्तो बसाएर सोधी सोधी थपेर भोजन खुवाएर सेवा गरेको देख्दा असाध्यै खुशी लागेको बताउदै यस्तो सुकार्य सधै र हरेक टोल शहरमा निरन्तरता दिनु पर्छ बताउदै समाजको सराहनीय सुअभियानमा सम्पुर्णलाई हातेमालो गरी मानवता बलियो बनाउन आग्रह पनि गर्नु भयो ।
सो निशुल्क भोजन कार्यक्रम प्रत्येक महिनाको १ पटक पहिलो शनिवार आयोजना गरिने कुम्हालटोल टोल सुधार समितिका अध्यक्ष ननदलाल अहिरले जानकारी दिदै यो निशुल्क भोजन शिविर कार्यक्रम समाजका पदाधिकारी एवम् दाताहरूको सहयोगले चलिरहेको बताउदै उप्रान्त प्रत्येक महिनाको पहिलो शनिवार मात्र नभएर प्रत्येक १५ दिनमा र तत्पश्चात प्रत्येक शनिवार आयोजना गरि दिन दुखी असहायको सेवा सहयोग गर्न आफुहरू तैयार रहेको मात्र मानवताप्रेमी सहयोगी हातहरू को हातेमालोको आवश्यकता रहेको आग्रह गरेका थिए ।
सेवामा सहभागी सेवकहरूको सेवा देखेर निशुल्क भोजन खाएर सबैले सेवकहरूको साथै समाज परिवारको मुरि मुरि प्रसंशा गरेका थिए ।











