आचार्य एकेडेमी, प्रगतिनगर–३ वीरगञ्जमा ‘Cooking Without Fire’ गतिविधि सम्पन्न

वीरगञ्ज – आचार्य एकेडेमीमा विभिन्न कक्षाका विद्यार्थीहरूको सहभागितामा “Cooking Without Fire” गतिविधि सफलतापूर्वक सम्पन्न गरिएको छ। विद्यार्थीहरूमा सृजनशीलता, आत्मविश्वास तथा व्यवहारिक जीवनोपयोगी सीप विकास गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा साना विद्यार्थीहरूले आगोको प्रयोग नगरी विभिन्न स्वास्थ्यकर तथा आकर्षक परिकारहरू तयार गरी आफ्नो प्रस्तुति क्षमता र टोलीकार्य कौशल प्रदर्शन गरेका थिए। साथै, सरसफाइ, पोषण तथा सन्तुलित आहारको महत्वबारे समेत जानकारी प्रदान गरिएको थियो।

विद्यालय प्रशासनले यस्ता सिर्जनात्मक तथा व्यवहारिक कार्यक्रमहरूले विद्यार्थीहरूको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्ने शिक्षक-शिक्षिका तथा अभिभावकप्रति विद्यालयले धन्यवाद ज्ञापन गरेको छ।

neelambads
सम्बन्धित पोस्टहरुः