आचार्य एकेडेमीको वार्षिक खेलकुद प्रतियोगिता भव्य रूपमा शुरू

वीरगंज, २५ माघ । वीरगंज महानगरपालिका–३ प्रगतिनगरस्थित आचार्य एकेडेमीले वार्षिक खेलकुद प्रतियोगिता आजबाट औपचारिक रूपमा शुरू गरेको छ।

प्रतियोगिताको पहिलो दिन विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगिताको उदघाटन विद्यालयका प्रधानाध्यापकले गर्दै खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा नैतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले विद्यार्थीहरूलाई अनुशासन, सहकार्य र खेलभावनाका साथ सहभागीता जनाउन आग्रह गरे ।

आज पहिलो दिन विद्यार्थीहरूबीच रेस, रैबिट रेस, स्पून र मार्बल रेस तथा अन्य विभिन्न खेलकुद प्रतिस्पर्धाहरू सञ्चालन गरिएको थियो । विद्यार्थीहरूको उत्साहजनक सहभागीताले खेलमैदान निकै जीवन्त बनेको थियो। शिक्षक–शिक्षिका तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा सबैले खेलाडी विद्यार्थीहरूको हौसला बढाएका थिए।

neelambads
सम्बन्धित पोस्टहरुः