आयोगले पत्ता लगायो ६१२ वटा हानिकारक सूचना

काठमाडौँ, १५ फागुन : निर्वाचन आयोगमा स्थापना भएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत सञ्चालनमा रहेको सूचना सदाचार प्रवर्द्धन एकाइले हालसम्म कूल ६१२ वटा हानिकारक सूचना पत्ता लगाएको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा विद्युतीय कारोबार ऐन, २०६३ आकर्षित हुने ५४५ वटालाई नेपाल प्रहरीमा र निर्वाचन आचारसंहिता, २०८२ आकर्षित हुने […]
निर्वाचनमा शान्तिसुरक्षाको प्रत्याभूति गरिएकाले ढुक्क भएर मतदान गर्नुहोस्ः मन्त्री अर्याल

वीरगञ्ज, १५ फागुनः गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा शान्ति सुरक्षाको प्रत्याभूति गरिएकाले ढुक्क भएर मतदान गर्न सबैलाई आग्रह गर्नुभयो । पर्सा र बारा जिल्लामा ‘निर्वाचनको सुरक्षाको वर्तमान अवस्था, चुनौती र समाधान’ विषयक छलफल कार्यक्रममा गृहमन्त्री अर्यालले ढुक्क भएर मतदान गर्ने वातावरण तयार पारिएको बताउनुभयो । “प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका विषयमा आवश्यक छलफल गरेका […]
खुकुरी प्रहार गरी युवकको हत्या

जनकपुर। मधेश प्रदेशको धनुषा जिल्लामा खुकुरी प्रहारबाट एक युवकको ज्यान गएको छ। जिल्लाको औरही गाउँपालिका–६ मा बिहीबार अपराह्न भएको घटनामा हंसपुर नगरपालिका–९ का सुमित मन्डल हत्या गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रहरी प्रमुख रुग्म कुँवरका अनुसार अपराह्न करिब ४ बजेतिर घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटिएको थियो। प्रारम्भिक अनुसन्धानबाट मृतकको एक युवतीसँग […]
पर्सागढी–६ को चैनपुर,बागेश्वरी र तित्रौनामा घरदैलो

नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की उम्मेदवार रिमा यादवले पर्सागढी नगरपालिका वडा नम्बर–६ अन्तर्गत चैनपुर, बागेश्वरी र तित्रौना टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेकी छन्। घरदैलो अभियानका क्रममा स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै यादवले शिक्षा, स्वास्थ्य, रोजगारी र सडक–पूर्वाधार सुधारलाई आफ्नो मुख्य प्राथमिकता रहेको बताइन्। “राजनीति सत्ता होइन, सेवा हो। जनताको समस्या बुझेर समाधान गर्ने […]
विगतका काम सम्झिँदै मतदाता : पर्सा १ मा फेरि प्रदीप यादव आवश्यक

वीरगंज- पर्सा क्षेत्र १ बाट नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले आफनो क्षेत्रमा मतदाता भेटघाट तथा घरदैलो अभियानलाई तिब्रता दिएका छन्। घरदैलोका क्रममा स्थानीय मतदाताहरूले उत्साहपूर्वक एमाले र सूर्य चिन्हमा मतदान गरी पुर्व मन्त्री समेत रहेका उम्मेदवार यादवलाई विजयी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उम्मेदवार यादवले वीरगंज महानगरको वडाहरुमा पुगी मतदातासङ्ग प्रत्यक्ष भेट गरि आफ्नो प्रतिवद्दता […]
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो

लन्डन, १४ फागुन –सन् २०२५ मा बेलायतमा शरण दावी गर्नेहरूको सङ्ख्या अघिल्लो वर्षको तुलनामा सामान्य घटेको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । यद्यपि, शरणार्थी बोकी बेलायत प्रवेश गर्ने साना डुङ्गाको आगमनमा भने १३ प्रतिशतले वृद्धि भएको देखिन्छ। गृह मन्त्रालयको तथ्याङ्कले गत वर्ष बेलायतमा एक लाख ६२५ जनाले शरणका लागि आवेदन दिएको देखाएको छ, जुन […]
निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

काठमाडौँ, १५ फागुन : निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने भएको छ । आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट पारित निर्वाचन सुरक्षा योजनाअनुसार सो प्रस्ताव गरिएको हो । सुरक्षाको समग्र अवस्थाको समीक्षा एवं वस्तुस्थितिको आकलन तथा […]
‘मत सर्वेक्षण ‘लाइभ’ गर्ने अनलाइनलाई कारबाही गरिने’

काठमाडौँ, १४ फागुनः निर्वाचन आयोगले मत सर्वेक्षण ‘लाइभ’मा संलग्न ११ अनलाइनलाई बन्द गर्न निर्देशन दिएको छ । आयोगले यही फागुन २१ गते हुन लागेको मत सर्वेक्षण गर्न नपाउने आचारसंहिताविपरीत मत सर्वेक्षणको लाइभ गरेको भन्दै ती अनलाइनलाई कारबाही गर्न सम्बन्धित निकायलाई सिफारिस गरेको आयोगका सहप्रवक्ता सीता पुनले बताउनुभयो । निर्वाचन आयोगको सहकार्यमा […]
पर्सा–१ मा जसपा उम्मेदवार रामनरेश यादवप्रति बढ्दो जनआकर्षण, घर–घरमा चुनावी चर्चा तीव्र

पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामनरेश यादव प्रति स्थानीयस्तरमा जनआकर्षण बढ्दै गएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै समाजसेवी तथा लोकप्रिय नेताका रूपमा चिनिएका यादवको चर्चा घर–घरमा चुलिएको स्थानीय रम्भा देवीले बताएइन् । निमुखा, दलित तथा पछाडि पारिएका समुदायका हक–अधिकारका विषयमा निरन्तर […]
नेशनल प्याब्सन टी–२०ः ग्रीन ल्यान्ड र डेसिमल विजयी

वीरगंज, १४ फाल्गुन । नेशनल प्याब्सनद्वारा आयोजित टी–२० नकआउट क्रिकेट टुर्नामेन्ट अन्तर्गत दोस्रो दिनका खेलहरू वीरगंजस्थित आदर्शनगर रंगशालामा सम्पन्न भएका छन। विद्यालयस्तरको यस प्रतिष्ठित प्रतियोगितामा कुल २० वटा विद्यालय सहभागी रहेका छन। दोस्रो दिनको पहिलो खेलमा ग्रीनल्यान्ड र कादम्बरी एकेडेमीबीच भएको थियो । ब्याटिङ र बलिङ दुवै पक्षमा सन्तुलित खेल प्रस्तुत गर्दै ग्रीन ल्यान्ड प्रतियोगितामा […]