चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम

काठमाडौँ, १९ फागुनः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै इन्धन नियमित भइरहेको र चुनावभरि नियमित हुने जानकारी दिनुभयो । उहाँले सोमबार एक सूचनामार्फत भन्नुभएको छ, “पेट्रोलियम पदार्थको आयात […]
आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन
काठमाडौँ, १९ फागुनः निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ । आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आचारसंहिता कार्यान्वयन सुनिश्चित गर्न सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा […]
तराईका जिल्लामा आज होली

नवलपरासी, १९ फागुनः रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो । आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, […]
मङ्गलबार ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण

काठमाडौँ, १८ फागुनः फाल्गुन शुक्ल पूर्णिमाका दिन मङ्गलबार बेलुकी ग्रस्तोदितखण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले मङ्गलबार दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग)मा उल्लेख गरिएको छ । चन्द्रग्रहण स्पर्श हुँदा खग्रास भए पनि नेपालमा चन्द्रोदय भएपछि भने […]
इरानमा सिआइए निर्देशित आक्रमणमा शीर्ष नेता मारिए

अमेरिकी गुप्तचर एजेन्सी सिआइएको इनटेलिजेन्सले मार्गदर्शन गरेको आक्रमणमा इरानका सर्वाेच्च नेता आयातोल्लाह अली खामेनीको नजिक रहेका शीर्ष अधिकारीहरू मारिएको न्युयोर्क टाइम्सले आइतवार रिपोर्ट गरेको छ । समाचार अनुसार, अमेरिकी र इजरायली योजनाअन्तर्गत तेहरानको नेतृत्व परिसरमा शनिवार बिहान आयोजना गरिएको बैठकमा खामेनी र उहाँका निकट सुरक्षा अधिकारीहरू उपस्थित थिए । अपरेसन अमेरिकाले इजरायललाई जानकारी दिएर शुरू […]
वीरगन्ज–१० आदर्शनगरमा घरदैलो गर्दै कानुले भने : रास्वपालाई जिताएर नयाँ युग सुरु गरौं

वीरगन्ज,१७फागुनःराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् ।आइतबार वीरगन्ज महानगरपालिका वडा नम्बर १० को आदर्शनगर क्षेत्रमा उनले घरदैलो गरेका हुन् ।त्यसक्रममा स्थानीय मतदाताहरूले कानुलाई भव्य स्वागत गर्दै उत्साहजनक सहभागिता जनाएका थिए । वीरगन्ज महानगरपालिका वडा […]
पर्सा र बारामा नेपाली सेनाको बख्तरबन्द गस्ती

वीरगंज, १७ फागुन । आसन्न निर्वाचनलाई लक्षित गर्दै पर्सा र बारामा नेपाली सेनाले बख्तरबन्द गाडीसहित गस्ती शुरू गरेको छ । श्रीजङ्ग गण वीरगंजका गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को माघ २१ गतेदेखि फागुन २१ गतेसम्म सेना परिचालन गर्ने निर्णयअनुसार गस्ती सञ्चालन गरिएको हो । श्रीजङ्ग गणबाट निस्किएको सेनाको टोली घण्टाघर हुँदै […]
इरानी विद्यालय भवनमा आक्रमण भएको विदेशमन्त्री अराघचीद्वारा जानकारी, मृत्यु हुनेको संख्या ८५ पुग्यो

तेहरान, १६ फागुन (रासस/एएफपी): इजरायलबाट गरिएको एक आक्रमणको निशानामा विद्यालय परेको र आक्रमणबाट कम्तीमा ८५ जनाको मृत्यु भएको इरानी अधिकारीलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि उक्त विद्यालयमा भएको आक्रमणमा परी ५३ जनाको मृत्यु भएको र ६३ जना घाइते भएको शिक्षा मन्त्रालयका प्रवक्तालाई उद्धृत गरी इरानको सरकारी इस्लामिक रिपब्लिक न्यूज एजेन्सी (आइआरएनए) ले जनाएको […]
फागुन १८–२१ सम्म पर्साको सीमानाका बन्द, होली पर्वमा कडाइ

वीरगंज १६ फागुन । पर्सा जिल्लामा भारतसँग जोडिएका सबै सीमा नाकाहरू फागुन १८ गते राति १२ बजेबाट फागुन २१ गते राति १२ बजेसम्म पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको छ । शनिवार सर्वदलीय, सर्वपक्षीय बैंठकले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर विभिन्न निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जारी […]
वीरगञ्जमा प्रेस चौतारी नेपाल पर्सा शाखा द्वारा प्रवेश कार्यक्रम सम्पन्न ४६ जनाले गरे प्रवेश

वीरगञ्ज, १६ फागुन । वीरगञ्जस्थित नेपाल पत्रकार महासंघ पर्सा शाखा, वीरगञ्जको सभाहलमा आज प्रेस चौतारी नेपाल पर्सा शाखा द्वारा आयोजित प्रवेश कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम प्रेस चौतारी पर्साका अध्यक्ष निरञ्जन मिश्राको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले का केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज प्रभु हजरा रहनु भएको थियो। उहाँले कार्यक्रममा बोल्दै पत्रकारिता […]