सशस्त्र प्रहरीद्वारा पटका, कपडा नियन्त्रण

वीरगंज, १२ असोज । सशस्त्र प्रहरी, बाराले लाखौं मूल्य बराबरको पटका, कपडा लगायत विभिन्न सामग्री नियन्त्रणमा लिएको छ । बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका–१ बोहा जमुनियास्थित सडकबाट सशस्त्र प्रहरीले १६ लाख मूल्यको कपडा र पटाकासहित एउटा गाडी नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बेस क्याम्प तेलकुवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक संजयकुमार यादव नेतृत्वको टोलीले बागमती […]

मानव सेवाद्वारा गर्भवती महिलाको उद्धार

वीरगंज, १२ असोज । मानव सेवा आश्रमले वीरगंज महानगरपालिका–१४ बहुअरीबाट शनिवार राति एकजना गर्भवती महिलाको उद्धार गरेको छ । मानसिक अवस्था ठीक नभएको ३० वर्षकी गर्भवती महिलाको सडकबाट उद्धार गरी मानव सेवा आश्रममा ल्याइएको आश्रमका मधेस प्रदेश संयोजक देवेश गुप्ताले जानकारी दिए । नाम तथा ठेगाना बताउन नसक्ने उक्त महिलाको उपचार गरिने सामजिक अभियन्ता प्रकाश […]

युनिटी कप: नेपाललाई ऐतिहासिक सफलता

काठमाडौँ, १२ असोज : वेस्ट इन्डिजविरुद्धको युनिटी कपको पहिलो टी–२० खेलमा नेपाललाई ऐतिहासिक सफलता हासिल भएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट रङ्गशालामा आज भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको हो । नेपालले दिएको एक सय ४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा नौ विकेट […]

सुनचाँदीको मूल्य निरन्तर वृद्धि

काठमाडौँ, १२ असोजः विगत केही सातादेखि सुनचाँदीको मूल्य निरन्तर वृद्धि भइरहेको छ । गत शुक्रबारको तुलनामा आज बजार खुल्दा सुनको मोल तोलामा रु ७०० र त्यति नै तौलको चाँदी रु ७० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख २३ हजार २०० तथा त्यति नै परिमाणको […]

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक

भक्तपुर, ११ असोजः राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । परीक्षामा एक लाख ४३ हजार २५७ परीक्षार्थी सहभागी भएका थिए । जसमा ५९ हजार ६९३ जना परीक्षार्थी अनुत्तीर्ण अर्थात् अवर्गीकृत […]

वीरगंज महानगरलाई सूर्या नेपालद्वारा उपकरण सहयोग

वीरगंज ११ असोज । वीरगंज महानगरपालिकालाई कार्यालय पुनःसञ्चालनमा सहजता ल्याउन सूर्या नेपाल प्रा.लि.ले कम्प्युटर, ल्यापटप, प्रिन्टरसहितका विद्युतीय सामग्री सहयोग गरेको छ। गत भदौ २४ गते आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीका कारण वीरगंज महानगरपालिकाको भवनसहित सम्पूर्ण भौतिक सामग्री जलेर नष्ट भएको थियो। सो घटनापछि महानगरपालिकाको दैनिक प्रशासनिक कामकाज प्रभावित भएको थियो। यही अवस्थालाई ध्यानमा […]

अन्तरराष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडी सम्मानित

काठमाडौँ, ११ असोजः नेपाल बुदोकैदो ‘फूल कन्ट्याक्ट’ कराते सङ्घले विभिन्न अन्तरराष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडीलाई सम्मान गरेको छ । अजरवैजानको बाकुमा भएको विश्व बुदो मार्सल आट्र्स च्याम्पियनसिपका पदक विजेता सागर विष्ट, बविता कार्की, रोचक भारती, पूजा खड्का र सुदर्शन खतिवडा तथा सोही प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेकी करुणा राउतलाई आज सम्मान गरिएको हो । श्रीलङ्कामा […]

सरकारले ‘जेनजी क्लिनिक’ सञ्चालन गरिने

काठमाडौँ, ११ असोजः सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको उपचारका लागि काठमाडौँ र उपत्यकाबाहिर ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने भएको छ । प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको पहिचान एवम् सहज र प्रभावकारी उपचारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत अस्पताल तोकी क्लिनिक सञ्चालन गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले घाइते भएका व्यक्तिलाई तोकिएका अस्पतालमा […]

दशैको अवसरमा निःशुल्क कपडा वितरण

वीरगंज, १० असोज । दशैको अवसरमा वीरगंज कपडा बैंकले घण्टाघरमा निःशुल्क कपडा वितरण गरेको छ । शुभकामना आदानप्रदान कार्यक्रमपछि नयाँ–पुराना गरी करिब ९५० थान कपडा वितरण गरिएको सचिव कन्हैया पटेलले बताए । कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ताले आफ्नो आम्दानीको ५ प्रतिशत रकम दिनदुखी असहायको सेवा सहयोगमा दान सहयोग गर्दा मानवता बलियो हुने […]

दसैँमा यात्रा गर्न बाटो सहज भइसक्यो: सडक विभाग

काठमाडौँ, १० असोजः सडक विभागले दसैँमा काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुका लागि बाटो सहज भइसकेको जनाएको छ । मुलुकका अधिकांश मुख्य राजमार्गको पहिरो पन्छाएर सुधारको काम भइसकेकाले अब यात्रुहरूले सास्ती भोग्न नपर्ने विभागले जनाएको छ । पृथ्वी, अरनिकोलगायत मुख्य राजमार्ग पहिरोका कारण यात्रुहरूले सास्ती भोग्नुपरेको थियो । यसअघि पहिरोका कारण मुग्लिन–नारायणघाट सडकखण्ड अवरुद्ध हुँदा […]