वीरगंज र रौतहटमा शव भेटियो

वीरगंज १९ असोज । वीरगंज र रौतहटमा दुईजनाको शव भेटिएको छ । वीरगंजको गहवामाई मन्दिर परिसरमा एकजना पुरूषको शव फेला परेको छ । मन्दिर परिसरमा फूल बेच्दै र भीख माग्दै आएका हरियर नामक व्यक्ति आज बिहान मन्दिर नजिकै मृत अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी […]

वर्षा गराउने मौसम प्रणाली बाहिरियोः मौसम विज्ञान विभाग

काठमाडौँ, १९ असोजः जल तथा मौसम विज्ञान विभागले वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली मुलुकबाट बाहिरिएको जनाएको छ । विभागले आज अपराह्न विज्ञप्ति जारी गरेर यो जानकारी दिएको हो । वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बाहिरिएर मनसुन कमजोर भई मौसममा सुधार आइसकेको भए तापनि मनसुन वहिर्गनम भइनसकेको हालको अवस्थामा मनसुनजन्य प्रकोपबाट जोगिन तथा सचेत रहन […]

इलाम पहिरोमा ३४ जनाको मृत्यु, चार बेपत्ता

इलाम, १९ असोज : अविरल वर्षासँगै गएको पहिरोमा परी जिल्लाका विभिन्न पालिकामा ३४ जनाको मृत्यु भएको छ । आज अपराह्न १ बजेसम्म प्राप्त विवरणअनुसार चार जना बेपत्ता भएका छन् । पहिरोमा परी मृत्यु भएका ११ जनाको शव परीक्षण भइसकेको इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो । क्षतिको विस्तृत विवरण आउनेक्रम जारी रहेको जिल्ला […]

वीरगंजमा सर्वाधिक वर्षा, ४० जिल्लामा रेड अलर्ट

वीरगंज, १८ असोज । पछिल्लो २४ घण्टामा पर्साको वीरगंजमा ११७ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन देशभरिमा सबैभन्दा बढी हो। पर्साकै मुडली र रंगपुर टाँडीबजारमा पनि ठूलो पानी परेको छ। यसका साथै बाराको कलैयामा १०५.८, रौतहटको गौरमा १०४.६ र गरूडामा ८९.६ मिलिमिटर वर्षा भएको तथ्याङ्कले जनाएको छ । भारी वर्षाले गर्दा जल तथा मौसम विज्ञान […]

मुग्लिङ–नागढुङ्गा खण्डअन्तर्गत फिस्लिङमा पहिरो खस्यो

चितवन, १८ असोजः इच्छाकामना गाउँपालिका–३ मा पहिरो खस्दा दुईतर्फी सडक बन्द भएको छ । शुक्रबार साँझदेखि परेको वर्षाका कारण १ः४५ बजे मुग्लिङ–नागढुङ्गा खण्डअन्तर्गत फिस्लिङमा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पहिरो पन्छाउनका लागि कम्तीमा तीन घण्टा लाग्ने छ । पहिरो पन्छाउने काम सुरु गरिएको उहाँले बताउनुभयो […]

हत्याको आरोपमा ‘दरिन्दे खुंखार समूहका पाँच जना पक्राउ

वीरगंज, १६ असोज । शिवम (गोल्डेन) साह कानुको हत्यामा संलग्न रहेको आरोपमा पाँच जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको जनाएको छ । बिहीवार जिल्ला प्रहरी कार्यालय, पर्सामा पत्रकार सम्मेलनको आयोजना गरी गत असोज १४ गते राति दशैंको अष्टमीका दिन वीरगंज महानगरपालिका वडा नं. १०, गीता मन्दिर नजिकै भएको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ५ […]

मासु खाँदा स्वस्थ मासुलाई स्वस्थ तरिकाले पकाएर खान चिकित्सकहरुको सुझाव

चितवन, १४ असोजः आज दसैँको महाअष्टमी, घरघरमा खसी बोका, राँगा, च्याङ्ग्रालगायतका पशु चौपायको बलि दिएर मासु खाने गरिन्छ । मासु खाँदा स्वस्थ मासुलाई स्वस्थ तरिकाले पकाएर खान चिकित्सकहरुको सुझाव छ । चिकित्सकहरु मासु नै नखानभन्दा पनि पकाउने तरिकामा ख्याल गर्न सुझाव दिन्छन् । मासु आफँैमा खराब नभए पनि पकाउने तरिकाका कारण अस्वस्थ बन्ने गरेको उनीहरुको […]

युनिटी कप टी–२० शृङ्खला नेपालले जित्यो

काठमाडौं, १४ असोज: नेपाल वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृङ्खलामा एक खेल अगावै विजयी भएको छ । सयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै उक्त शृङ्खलाको उपाधि जितेको हो । पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित हासिल गरेको थियो । […]

गहवामाईमा फूलपाती भित्र्याइयो

वीरगंज, १३ असोज । दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपातीको अवसरमा आज वीरगंजको गहवामाई मन्दिरमा उल्लेख्य भीड बढेको छ । आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आहवान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, […]

तमिलनाडुमा अभिनेता विजयको र्‍यालीमा भागदौड : ३६ को मृत्यु, ४० घाइते

नयाँदिल्ली, १२ असोज । भारतको तमिलनाडु राज्यमा लोकप्रिय अभिनेता तथा राजनीतिज्ञ विजयको राजनीतिक र्‍यालीमा भएको भागदौडमा कम्तीमा ३६ जनाको ज्यान गएको छ भने ४० जना घाइते भएका छन्। मृतकमध्ये आठ जना बालबालिका रहेका छन्। राज्यका स्वास्थ्यमन्त्री एम. सुब्रमण्यमले शनिबार राति यो जानकारी दिनुभएकोहो । – र्‍यालीमा अनुशासनको कमी, विजय ढिलो आइपुग्दा भीड बेकाबु – करुर […]