सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि सरोकारवालासँग छलफल

वीरगंज, २८ असोज । नदीको दीर्घकालीन संरक्षण र प्रदूषण नियन्त्रणका उपायबारे वीरगंज महानगरपालिकाले मंगलबार सरोकारवालाहरूसँग संयुक्त छलफल गरेको छ । पटक–पटक उद्योगीहरूले नदीमा फोहोर नफाल्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा पालना नगर्दा सिर्सिया अझै फोहोर बन्दै गएको भन्दै महानगरले सम्बन्धित निकाय, उद्योगी, सुरक्षा निकाय र स्थानीय तहका प्रतिनिधिलाई छलफलमा सहभागी गराएको हो । अविरल वर्षापछि नदी […]

जुवाखालबाट ५० हजार नगदसहित तीनजना पक्राउ

वीरगंज, २७ असोज । पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नं. १६ फुलवारी टोल स्थित रोशन रौनियारले सञ्चालन गरेको होटलमा जुवातास खेलिरहेको अवस्थामा तीनजना पक्राउ परेका छन् । असोज २६ गते राति ९ः४५ बजे सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा वीरगंज महानगरपालिका वडा नं. १६ बस्ने वर्ष २० को रोहित […]

हुण्डी रकमसहित एक जना पक्राउ

वीरगंज, २७ असोज । वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगर नबिल बैंक अगाडि सडकखण्डबाट स्रोत नखुलेको चार लाख ३४ हजार नगदसहित एकजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । असोज २६ गते मध्यान्ह १२ बजे जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. १६ बस्ने वर्ष १९ को किशन यादवलाई स्रोत नखुलेको उक्त रकमसहित पक्राउ […]

वीरगंजमा हैजाविरूद्धको खोप अभियान शुरु

वीरगंज २६ असोज । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले हैजाको खोप खाएर औपचारिक रूपमा हैजाविरुद्धको अभियानको शुभारम्भ गरेका छन् । उनले खोप सेवनयोग्य सबै उमेर समूहका व्यक्तिहरूलाई खोप खाएर आफू र परिवारलाई सुरक्षित राख्न आग्रह गरेका हुन् । पर्सा र बारा जिल्लामा डेढ महिनादेखि फैलिएको हैजा र झाडापखालाको महामारी नियन्त्रण गर्न […]

गोल्डेनको हत्याको आरोपमा थप एकजना बालक पक्राउ

वीरगंज, २२ असोज । जिल्ला प्रहरी कार्यालय, पर्साले गोल्डेन भन्ने शिवम साह कानूको हत्यामा संलग्न थप एकजना बालकलाई पक्राउ गरेको जनाएको छ । असोज १४ गते बारा, परवानीपुर गाउँपालिका–९ घर भई वीरगंज महानगरपालिका वडा नं. १० बस्ने वर्ष २० को गोल्डेन भन्ने शिवम साह कानूको खुनी दरिन्दे समूहले कर्तव्य गरी मारेको घटनामा संलग्न भई फरार […]

प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत, मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता

काठमाडौँ, २० असोज: निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिकाअनुसार आगामी मङ्सिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम तय गरिएको आयोगले जनाएको छ । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा आज जारी प्रेस विज्ञप्तिमा पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि […]

बाढी–पहिरो पीडितलाई राहतको व्यवस्था गर्न सरकारसंग माग

कलैया, २० असोज । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले बाढीपहिरो, डुबान र कटानबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै क्षतिग्रस्त संरचना तुरून्त निर्माण गर्न तथा पीडितलाई आवश्यक राहत एंव क्षतिपुर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सोमवार बारा जिल्लाको विश्रामपुर गाउँपालिकाको बरैनियामा आयोजित अन्तरक्रियामा अध्यक्ष साहले बाढीपहिरोबाट ज्यान गुमाएका मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै […]

अन्तर्राष्ट्रिय टी–२० क्रिकेट च्याम्पियनसीपमा सहभागी हुँदै अल्पाइन माविको टीम

वीरगंज, २० असोज । भारतको उदयपुर, राजस्थानमा यही अक्टुबर ८ देखि १२ तारिखसम्म हुन गइरहेको अन्तर्राष्ट्रिय टी–२० क्रिकेट च्याम्पियनशीप–२०२५ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै अल्पाइन माध्यमिक विद्यालय, वीरगंजका खेलाडीहरुको दुई टोली भारत प्रस्थान गरेको छ । सोमवार अल्पाइन माध्यमिक विद्यालय वीरगंजले एक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय टी–२० क्रिकेट च्याम्पियनशीप–२०२५ प्रतियोगितामा सहभागी हुन गइरहेको महिला तथा पुरुषको […]

हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक सञ्चालनमा

बागमती, २० असोजः अविरल वर्षाका कारण अवरुद्ध भएको हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक आज बिहानदेखि सञ्चालनमा आएका छन् । सडकमा खसेको पहिरो पन्छ्याएपछि आज बिहानदेखि हेटौँडा–कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड र हेटौँडा–पालुङ–नौबिसे सडक खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–सिस्नेरी सडक र […]

पर्सा जिल्लाका बाढी पीडितलाई खाना वितरण

वीरगंज १९ असोज । पसाका बाढी पीडितहरूलाई बिहान र बेलुकी दुर्ई छाक पोसिलो खाना वितरण शुरू गरिएको छ। जिल्ला समन्वय समिति पर्साका सभापति अजय सर्राफ, नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, उद्योग बाणिज्य संघ पर्साका सभापति हरि गौतम, नेपाल रेडक्रस सोसाइटी वीरगंजका सभापति बृजकिशोर पटेल लगायतका सहयोगमा आइतवारदेखि बाढीपीडितलाई खाना वितरण शुरु गरिएको हो […]