सुगौली विर्तामा महोत्सवमा कुस्ती प्रतियोगिताको उदघाटन

वीरगंज, १५ कात्तिक । वीरगंज महानगरपालिका–२६ सुगौली विर्तामा महोत्सवमा कुस्ती प्रतियोगिताको संविधानसभा सदस्य तथा नेपाली कांग्रेस पर्साका पूर्वसभापति राजेन्द्र बहादुर अमात्यले गरेका छन् । खेलकुद समाजमा एकता, अनुशासन र सद्भाव फैलाउने माध्यम भएको बताउँदै उहाँले यस्ता प्रतियोगिताले स्थानीय युवा र खेलाडीहरूलाई प्रेरित र उत्साहित बनाउने धारणा व्यक्त गर्नुभयो । खेलकुद क्षेत्रमा सरकारको लगानी र सहयोग […]

सूचना तथा प्रसारण विभागबाटै अनलाइन दर्ता र नवीकरण सुरु

काठमाडौँ, १४ कात्तिकः सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागबाटै सुरु गरेको छ । छापाखाना र प्रकाशनसम्बन्धी (दोस्रो संशोधन) नियमावली स्वीकृत गर्दै सरकारले विभागबाटै अनलाइन न्यूज पोर्टल दर्ता तथा नवीकरण अब पुरानै व्यवस्थाअनुसार सूचना तथा प्रसारण विभागबाट गर्ने व्यवस्था मिलाएको हो । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त नियमावली स्वीकृत गरेपछि आज नेपाल […]

कर्तव्य ज्यान मुद्दाका फरार अन्सारी पक्राउ

वीरगंज, १३ कात्तिक । कर्तव्य ज्यान मुद्दामा १ वर्ष कैद र रू. १० हजार जरिवाना तोकिएपछि फरार भएका एकजना प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । २०७८।०१।०३ गते ५ः०० बजेको समयमा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.१७ अलौ बस्ने वर्ष २२ की रबिना खातुनलाई दाईजोको बिषयलाई लिएर मानसिक यातना तथा कुटपिट गरी […]

जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार साह वीरगंजबाट पक्राउ

वीरगंज, १२ कात्तिक । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एकजनालाई जिल्ला प्रहरी कार्यालय, पर्साले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरले जिल्ला पर्सा वीरगंज महागरपालिका वडा नं. १० रानीघाट बस्ने वर्ष ३९ को लालबाबु साहलाई पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ । ललितपुर जिल्ला अदालतबाट लागु औषध सम्बन्धी कसूर मुद्दामा २ वर्ष १ […]

तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाए

काठमाडौँ, ६ कात्तिकः प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यमपञ्चक समेत भनिने तिहारको छैटौँ एवं अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी […]

दुई किलो गांजासहित वृद्ध पक्राउ

वीरगंज, ६ कात्तिक । दुई किलो गाँजासहित एकजना वृद्धलाई सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले पक्राउ गरेको छ । बिहीवार जिल्ला पर्सा वीरगंज महानगरपालिका–१७ अलौ पोष्ट नजीकबाट प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको सशस्त्र प्रनाउ सुरज कुमार कार्कीको टोलीले चेकजाँच गर्ने क्रममा नेपालबाट भारत साइकलमा जादै गरेको जिल्ला पर्सा वीरगंज महानगरपालिका २६– अठराहा बस्ने […]

जिप्रका, पर्साद्वारा दीपावली र छठमा पटाका नपडकाउन अनुरोध

वीरगंज, २ कात्तिक । जिल्ला प्रशासन कार्यालय पर्साले आइतवार सूचना जारी गर्दै दिपावली, छठ पर्वको उपलक्ष्यमा घरघरमा पटका नपड्काउन, पटका ओसार पसार, व्यापार व्यवसाय नगर्न अनुरोध गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीले आइतवार जारी गरेको सूचनामा पटका पड्काउँदा ठूलो आवाजले मानव स्वास्थ्यमा पर्ने असर, पटकाको आवाजले समाजमा हुने भय / डर र […]

दिपावलीको अवसरमा पोखरियामा सरसफाई

पोखरिया, १ कात्तिक । पर्साको पोखरिया नगरपालीका वडा नम्बर ५ सतवरियामा हिन्दुहरूको महान पर्व तिहार, शुभ दिपावली तथा छठको अवसरमा आज सरसफाई कार्यक्रम सम्पन्न भएको छ । युवा कल्याण समाज समितिले अयोजना गरेको सरसफाई कायक्रममा समितिका अध्यक्ष नन्दकिसोर प्रसाद यादव उर्फ टाईसनको अध्यक्ष्यतामा भएको सरसफाई कार्यक्रम सतवरियाको हरेक टोल–टोलमा सरसफाई गरिएको थियो । सरसफाइपछि आयोजित […]

७०औं प्रहरी दिवस पर्सामा विविध कार्यक्रमका साथ सम्पन्न

वीरगंज ३१ असोज । ७०औं प्रहरी दिवस–२०८२ को अवसरमा “नागरिक प्रहरी सहकार्यः सुरक्षाको लागि अपरिहार्य” कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय तथा जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा अमर प्रहरी स्मारकमा आयोजना गरिएको कार्यक्रममा मुख्य अतिथि प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले प्रहरी र नागरिकबीचको सहकार्यले मात्र समाजमा स्थायी शान्ति हुने बताए […]

प्रहरी दिवसको अवसरमा पर्सा प्रहरीको रक्तदान कार्यक्रम

वीरगंज ३० असोज । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा ७०औं प्रहरी दिवस–२०८२ को अवसरमा एक विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ। वीरगंजस्थित जिल्ला प्रहरी कार्यालय पर्साको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा प्रहरीका जवान, अधिकारीहरू, नागरिक समाजका प्रतिनिधि तथा स्थानीय स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। रक्तदान कार्यक्रमलाई रक्त सञ्चार केन्द्र […]