वीरगंजको केही क्षेत्र दंगाग्रस्त घोषणा

वीरगंज, २९ भदौं । वीरगंजको केही क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षतामा आइतवार बसेको जिल्ला सुरक्षा समिति पर्साको बैठकले शान्ति सुव्यवस्था कायम गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (ख) बमोजिम घण्टाघर चोकदेखि गण्डक चोकसम्मको राजमार्ग क्षेत्र र वीरगंज कारागार कार्यालय र त्यसको कम्पाउन्ड क्षेत्रभित्रको क्षेत्रलाई दंगाग्रस्त […]

प्रधानमन्त्रीसमक्ष आन्दोलनका घाइतेले भन्नुभयोः हाम्रो योगदान खेर नजाओस्

काठमाडौँ, २८ भदौः प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भई मीनभवनस्थित निजामती अस्पतालमा उपचाररत युवालाई भेटेर उहाँहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । प्रधानमन्त्री कार्कीले आज अपराह्न उक्त अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीले राससलाई जानकारी दिनुभयो । “प्रधानमन्त्रीले घाइतेको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभयो । त्यसक्रममा उहाँहरूले आफ्नो स्वास्थ्यबारे […]

महानगर कार्यालयमा लुटपाट गर्ने एक युवक पक्राउ

वीरगंज, २८ भदौं । जेनजीको आन्दोलनको फाइदा उठाएर वीरगंज महानगरपालिकाको कार्यालयको सामान लुटपाट गरेको आरोपमा नगर प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिन्दवासिनी गाउँपालिका–५ घर भई वीरगंज महानगरपालिका–१० अशोकवाटीकामा डेरा लिएर बस्दै आएका २२ वर्षीय सुधीर पटेल रहेको नगर प्रहरीले जनाएको छ । आइतवार महानगरको नगर प्रहरी प्रमुख हरि भुसाल नेतृत्वमा खटिएको टोलीले […]

वीरगंजमा बिहान ५ बजेदेखि राति ९ बजे निषेधाज्ञा, राति ९ बजेदेखि बिहान ५ बजेसम्म कफर्यु

वीरगंज, २८ भदौ । वीरगंजमा बिहान ५ देखि राति ९ बजेसम्म निषेधाज्ञा तथा राति ९ बजेदेखि बिहान ५ बजेसम्म कफर्यु रहने प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी गराएका छन् । शनिवार सुरक्षा समितिको बैठकमा वीरगंजमा जारी कफर्युको समयलाई परिवर्तन गर्दै राती ९ बजेदेखि बिहान ५ बजेसम्मको लागि लागू गरेको छ भने बिहान ५ बजेदेखि राती […]

जेनजी आन्दोलनमा मृत्यु भएका आलमको सम्मानसहित अन्त्येष्टि

वीरगंज, २८ भदौं । जेनजीको आन्दोलनका क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर मृत्यु भएका वीरगंज महानगरपालिका वडा नं.१२ मुर्लीका २२ वर्षीय असहाब आलमको आज बिान सम्मानसहित अन्तिम संस्कार गरिएको छ । शुक्रवार राति काठमाडौंबाट आलमको शव वीरगंज ल्याइएको थियो । शनिवार बिहान शवयात्रा निकालेर मुर्ली पोखरीको कब्रस्तानमा अन्तिम संस्कार गरिएको हो । आलमको शवमा जेनजी पुस्ताका […]

राष्ट्रपति समक्ष नवनियुक्त प्रधानमन्त्री कार्कीबाट सपथ

काठमाडौँ, २७ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारका लागि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री पदको सपथ गराउनुभएको छ । राष्ट्रपति भवन शितल निवासमा आज राति अबेर आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष उहाँले पद तथा गोपनीयताको सपथ लिनुभएको हो । राष्ट्रपति पौडेलले विसम र असाधारण परिस्थितिमा युवा पुस्ताद्वारा प्रकट गरिएको माग र आकाक्षा अनुसार, राजनीतिक […]

पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति

काठमाडौँ, २७ भदौ : पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति जुटेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई आजै प्रधानमन्त्रीमा नियुक्त गरी शपथ गराउने तयारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

साफ यु–१७ च्याम्पियनसिप फुटबल खेल्न नेपाली टोली श्रीलंका जाने

काठमाडौँ, २७ भदौ : दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुन नेपाली टोली श्रीलंका जाने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आज यहाँ आयोजित एक कार्यक्रममा नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ ग¥यो । टोली भोलि श्रीलंकाको राजधानी कोलम्बो प्रस्थान गर्नेछ । प्रतियोगिता आगामी सेप्टेम्बर १५ देखि २७ तारिख […]

जेनजी आन्दोलनका क्रममा बर्दिवासमा एक सय ८३ बोट सालका रुख कटान

धनुषा २७ भदौ : जेनजी आन्दोलनका नाममा बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समिति अन्तर्गतको १८३ बोट सालका रुख कटान गरिएको छ । जेनजी आन्दोलनका क्रममा मङ्गलबार प्रदर्शनकारीले कार्यालयमा आगजनी प्रयास गरेपछि १८ वटा रुख काटेका थिए । भोलिपल्ट बुधबार थप १६५ बोट सालका रुख कटान गरिएको थियो । प्रहरीले रुख कटान गर्ने दुई […]

भ्रामक समाचारमा विश्वास नगर्न सेनाको आग्रह

काठमाडौँ, २७ भदौः नेपाली सेनाले भ्रामक र झुटा समाचारमा विश्वास नगर्न सबैलाई आग्रह गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी विद्यमान परिस्थितिमा सेनालाई जोडेर विभिन्न प्रकारका टीकाटिप्पणी, धारणा र विश्लेषण सम्प्रेषण भएको भन्दै यस्तो आग्रह गरेको हो । सेनाले आफ्नो धारणा र गतिविधि नियमित रूरुपमा प्रेस विज्ञप्ति, प्रेस नोट […]