वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौँ, ३० भदौः नेपाल क्रिकेट सङ्घ (क्यान) ले वेस्ट इन्डिजविरुद्ध हुने युनिटी कप ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाका लागि नेपालको टोली घोषणा गरेको छ । संयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट रङ्गशालामा आगामी असोज दोस्रो सातामा हुने उक्त शृङ्खलाका लागि क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरेको हो । त्यसैगरी नेपाली टोलीको […]
शिक्षण अस्पतालद्वारा २८ जनाको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे

काठमाडौँ, ३० भदौ : त्रिवि शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा २८ जनाको शवपरीक्षण (पोस्टमार्टम) सकिएको छ । अस्पतालमा जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको हाल शवपरीक्षण कार्य भइरहेको छ । हालसम्म ४६ शवपरीक्षणका लागि अस्पताल ल्याइएको फरेन्सिक विभागका प्रमुख डा गोपाल चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार २३ शव आफन्तले बुझेर लगिसकेका छन्भने सात जनाको शव चिन्न […]
जनविद्रोह गर्ने र विस्थापित भएकाको परीक्षण निर्वाचनमार्फत हुन्छः गृहमन्त्री अर्याल

काठमाडौँ, ३० भदौः नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन वर्तमान सरकार गठन भएको बताउनुभएको छ । गृहमन्त्रालयमा आज पदबहालीपश्चात् सञ्चारकर्मीसँग उहाँले निष्पक्ष निर्वाचन गर्ने मूल कार्यभार लिएर सरकार गठन भएको स्पष्ट पार्नुभयो । मन्त्री अर्यालले निर्वाचनसँगै आन्दोलनका क्रममा क्षतिग्रस्त भएका संरचना निर्माण सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । “विद्रोहबाट विस्थापित भएकाको फेरि पुनरागमन […]
महान्यायाधिवक्ता सविता भण्डारीद्वारा पदबहाली

काठमाडौँ, ३० भदौ: नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पद तथा गोपनीयताको शपथ लिएसँगै आजै पदबहाली गर्नुभएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि उहाँले पदबहाली गर्दै यो विषंम परिस्थितिमा सबैले मिलेर काम गर्नुपर्ने बताउनुभयो । “परिस्थिति अनुकूल छैन, तर काम गर्ने बेला यही हो”, महान्यायाधिवक्ता बरालले भन्नुभयो, “यो विषम परिस्थिति छ, […]
ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु प्रमुख एजेन्डाः ऊर्जामन्त्री घिसिङ

काठमाडौँ, ३० भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जेनजीको नेतृत्वमा भएको ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु नै प्रमुख राष्ट्रिय एजेन्डा भएको बताउनुभएको छ । आज सिंहदरबारमा ऊर्जा मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै उहाँले सार्वजनिक संरचनामा पुगेको क्षति यकिन गरी पुनःनिर्माणलाई तत्काल अघि बढाउने बताउनुभयो । उहाँले पुनःनिर्माणका लागि सरकारी कोष खडा गर्ने जानकारी […]
‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु हुनेलाई सरकारद्वारा सहिद घोषणा

काठमाडौँ, २९ भदौः सरकारले यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पदभार ग्रहण गर्नुहुँदै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सो घोषणा गर्नुभएको हो । उहाँले भन्नुभयो, “मुख्य सचिवसँगको छलफलपछि सो प्रदर्शनका क्रममा ज्यान गुमाएका परिवारलाई रु १० लाख क्षतिपूर्ति […]
आन्दोलनकारीको पहिलो निशानामा परेको संसद्ः क्षतिको मूल्याङ्कन र सेवा सञ्चालनसँगसँगै

काठमाडौँ, २९ भदौः ‘जेन जी’ समूहको आन्दोलनका पहिलो निशानामा परेको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनभित्रको चौघेराबाहेक सम्पूर्ण संरचना ध्वस्त भएका छन् । भवनभित्रका दुई ठूला कक्ष प्रतिनिधिसभा र राष्ट्रियसभामा जडान भएका सबै फर्निचर, क्यामरा, ‘साउन्ड सिस्टम’, उपकरण, ‘सर्भर’, टेलिभिजन स्क्रिनसहितका सबै सामान जलेर खरानी भएका छन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो, “बानेश्वरको संसद् […]
लुटपाट भएका सामान बुझाउन जीतपुरसिमराको अपिल

वीरगंज, २९ भदौ । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते भएको लुटपाटको घटनामा लुटिएका सामग्रीहरू फिर्ता गर्न जीतपुरसिमरा उपमहानगरपालिकाले आग्रह गरेको छ । आइतवार उपमहानगरपालिकाले सूचना जारी गर्दै जेनजी आन्दोलनको क्रममा भदौ २४ गते वडा कार्यालय र स्वास्थ्य संस्थाहरूमा भएको लुटपाट र तोडफोडको घटनामा गाडी, मोटरसाइकल, साइकल, कम्प्युटर, ल्यापटप, फोटोकपी मेसिन, प्रिन्टर, स्क्यानर, सीसीटीभी, फर्निचर, […]
पर्सामा पाँच प्रहरी चौकीमा तोडफोड र आगजनी

वीरगंज, २९ भदौ । जेन–जी आन्दोलनको क्रममा पर्सा जिल्लाका पाँच प्रहरी चौकीमा तोडफोड र आगजनी भएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी गराएका छन् । पर्सा जिल्लाको सुगौलिबिर्ता सानो इलाका प्रहरी कार्यालय ‘ख’, अस्थायी प्रहरी पोस्ट घण्टाघर, रानीघाट, शिव–पार्वती र गण्डक प्रहरी बिटमा क्षति पु¥याइएको प्रउ मिश्राले जनाएका छन् । आन्दोलनका क्रममा […]
बारामा निषेधाज्ञा हटाइयो

वीरगंज, २९ भदौ । जिल्ला प्रशासन कार्यालय बाराले आजदेखि बारा जिल्लामा निषेधाज्ञा हटाएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले भदौ २९ गते आज बिहान ६ बजेदेखि जिल्लामा निषेधाज्ञा हटाएको जनाएका छन् । यसैगरी, आजदेखि जिल्लाका छोटो दूरी र लामो दूरीका सवारीसाधन सञ्चालन भएका छन् भने बजार, व्यवसाय पूर्ण रूपमा खुलेका छन् । त्यस्तै जिल्लामा […]