चुरक्षेत्रको विनाशले मधेसमा पानीको सङ्कट :अध्यक्ष यादव

मलङ्गवा (सर्लाही), १९ भदौः जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले चुरेक्षेत्रको वन विनाश र अव्यवस्थित विकासका कारण मधेसमा पानीको गम्भीर सङ्कट उत्पन्न भएको बताउनुभएको छ । आज यहाँ जसपा नेपालको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेसमा सुक्खा समस्या चुरे फँडानी र अव्यवस्थित मदन भण्डारी राजमार्ग निर्माणको परिणाम भएको बताउनुभयो । उहाँले भन्नुभयो, […]
म्यान्माको विनाशकारी भूकम्पपछिको पाँच महिना, पुनर्निर्माण जारी

म्यान्मा, १९ भदौ : दक्षिणपूर्वी एशियाली देश म्यान्मामा गएको विनाशकारी भूकम्पको पाँच महिना बितिसक्दा पनि अझै भग्नावशेषमा शव फेला पर्ने क्रम जारी छ । गत मार्च २८ मा गएको ७.७ म्याग्निच्यूडको भूकम्पमा परी तीन हजार ८०० भन्दा बढीको मृत्यु भएको थियो । पहिले नै गृहयुद्धमा फसेको म्यान्मामा भूकम्प आएपछि जनजीवन निकै प्रभावित बनेको छ । […]
सूचीकृत हुन नआएका सामाजिक सञ्जाल आजबाटै निष्क्रिय : मन्त्री गुरुङ

काठमाडौँ, १९ भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आजसम्म सूचीकृत हुन नआएका सामाजिक सञ्जाललाई निष्क्रिय हुने बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज पत्रकारहरुसँग कुरा गर्दै मन्त्री गुरुङले सूचीकृत हुन नआएका सामाजिक सञ्जाललाई निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको बताउनुभयो । सर्वोच्च अदालतले प्रधानन्यायाधीशसहितको बृहत पूर्ण इजलासले अदालतको अवहेनासम्बन्धी मुद्दामा […]
मधेस प्रदेशमा भोलि सार्वजनिक बिदा

जनकपुर, १९ भदौ : मधेस प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमलप्रसाद बरालद्वारा आज जारी सूचनामा शुक्रबार प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाइएको छ । मधेस प्रदेशको २०८१ चैत २२ गतेको प्रकाशित राजपत्रमा उल्लेख रहेको थप बिदासम्बन्धी सूचनाअनुसार मोहम्मद जयन्तीका अवसरमा बिदा दिइएको […]
नेपालमा फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय

काठमाडौं, १९ भदौं । मन्त्रिपरिषदको निर्णय र सर्वाेच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीवार फेसबुक, ट्वीटर (एक्स), युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। बिहीवारदेखि नै उक्त सामाजिक सञ्जाल बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। स्रोतका अनुसार सञ्चार मन्त्रालयमा बिहीवार बसेको बैठकले सर्वाेच्च अदालतको परमादेश […]