नेशनल प्याब्सन टी–२०ः लर्ड बुद्ध र एन्जल वल्र्ड विजयी

वीरगंज, ८ फागुन । नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत पाँचौं दिनका म्याच नं. १० र ११ शुक्रवार आदर्शनगर खेल मैदानमा सम्पन्न भएका छन् । लर्ड बुद्ध मा. वि. विरूद्ध ओसिस मा. वि. टस जितेर लर्ड बुद्ध मा. वि.ले ब्याटिङ रोज्यो । पहिलो इनिङ्समा लर्ड बुद्धले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४८ रनको […]
पर्सा प्रहरीद्वारा निर्वाचन सम्पन्न गराउन विशेष सुरक्षा व्यवस्था

वीरगंज, ८ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साले आगामी निर्वाचनलाई सुरक्षित, निष्पक्ष तथा व्यवस्थित रूपमा सम्पन्न गराउन विशेष सुरक्षा व्यवस्था मिलाएको छ । जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले आज प्रेस विज्ञप्ति जारी गरी निर्वाचनको सुरक्षा तथा प्रभावकारी अनुगमनका लागि जिल्लाभर रहेका कुल १६७ मतदान स्थलहरूलाई फागुन १७ गतेसम्म सिसिटिभी प्रणालीसँग जोड्ने व्यवस्था […]
पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज (पर्सा), १५ माघः चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक) मा बाघको गणना आजदेखि थालनी गरिएको छ । यसअघि चितवन र पर्साको दुई खण्डमा बाघको गणना गरेपछि तेस्रो खण्डमा गणना गर्न सुरआत गरिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले चितवन–पर्सालाई तीनवटा ब्लकमा बाँडेर बाघ गणना गरिँदै आइरहेको […]
स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु

सिरहा, २० भदौः गोलबजार नगरपालिका-२ टुड्किया सैनिक चोकमा आज स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु भएको छ । ट्रिनिटी बोर्डिङ स्कुलको बसले किच्दा स्थानीय मदन साहका छोरा आदर्शकुमार साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आदर्श सोही विद्यालयको ‘प्ले ग्रुप’ मा अध्ययनरत थिए । ग१ख ३७८८ नम्बरको बसले विद्यालयबाट घर फर्किने […]
१०२ वर्षीय कोकिची अकुजावाद्वारा माउन्ट फुजी आरोहण गरी विश्व कीर्तिमान कायम

जापान, २० भदौ : एक सय दुई वर्षीय कोकिची अकुजावा जापानको सर्वोच्च शिखर माउन्ट फुजी आरोहण गर्दै संसारकै सबैभन्दा वृद्ध पर्वतारोही बन्न सफल हुनुभएको छ । यो उपलब्धिलाई गिनिज वर्ल्ड रेकर्डले अगस्टको सुरुआतमा प्रमाणित गरेको हो । “म साँच्चिकै आधा बाटोमै छोड्ने मनस्थितिमा पुगेको थिएँ”, अकुजावाले एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा भन्नुभयो, “शिखरसम्म पुग्नु कठिन थियो, तर […]
इन्डो–नेपाल करातेमा अन्भीलाई दोहोरो स्वर्ण

काठमाडौँ, २० भदौ : नेपालकी अन्भी शाहीले इन्डो–नेपाल कराते प्रतियोगिताको पहिलो दिन आज दोहोरो स्वर्ण जितेकी छन् । अन्भीले महिला २०–२५ केजी तौल समूह र आठ–नौ वर्ष उमेर समूहमा स्वर्ण जितेकी हुन् । वनस्थलीस्थित आयोजक समृद्धि स्कुलको खेल परिसरमा भएको प्रतियोगिताको २०–२५ केजी तौल समूहको फाइनलमा अन्भीले नेपालकै माभेवामा लामालाई पराजित गरिन् । नेपालका कृष्टि […]
जनकपुरबाट सञ्चालन हुँदै आएको नेपाल प्रहरी प्रदेश कार्यालय पुनः वीरगंजमा स्थापना

वीरगंज, १९ भदौ – मधेश प्रदेशको राजधानी जनकपुरबाट सञ्चालन हुँदै आएको नेपाल प्रहरी प्रदेश कार्यालय पुनः वीरगंजमा स्थापना भएको छ। सरकारले २०७७ सालमै कार्यालय वीरगंजमै रहने निर्णय गरेको भए पनि अस्थायी रूपमा जनकपुरबाट सञ्चालन हुँदै आएको थियो। अब वीरगंजस्थित अन्तरप्रहरी कार्यालयको भवनबाट विधिवत रूपमा प्रहरी प्रदेश कार्यालयले काम प्रारम्भ गरेको हो। कार्यालयका प्रमुख वरिष्ठ प्रहरी […]
मानव बेचबिखन नियन्त्रणमा पर्सा अगाडि, एसपी मिश्र सम्मानित

वीरगंज, २० भदौ । मानव बेचबिखन तथा ओसारपसार विरूद्धको १९औं राष्ट्रिय दिवसको अवसरमा ७७ वटै जिल्लाको कार्य मूल्याङ्कनमा पर्सा जिल्ला उत्कृष्ट ठहरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रलाई नेपाल सरकारले शुक्रवार पुरस्कृत गरेको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्वारा काठमाडौंस्थित नाचघरमा आयोजित कार्यक्रममा नेपाल सरकारका उपप्रधानमन्त्री एवं शहरी विकास […]
चुरक्षेत्रको विनाशले मधेसमा पानीको सङ्कट :अध्यक्ष यादव

मलङ्गवा (सर्लाही), १९ भदौः जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले चुरेक्षेत्रको वन विनाश र अव्यवस्थित विकासका कारण मधेसमा पानीको गम्भीर सङ्कट उत्पन्न भएको बताउनुभएको छ । आज यहाँ जसपा नेपालको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेसमा सुक्खा समस्या चुरे फँडानी र अव्यवस्थित मदन भण्डारी राजमार्ग निर्माणको परिणाम भएको बताउनुभयो । उहाँले भन्नुभयो, […]
म्यान्माको विनाशकारी भूकम्पपछिको पाँच महिना, पुनर्निर्माण जारी

म्यान्मा, १९ भदौ : दक्षिणपूर्वी एशियाली देश म्यान्मामा गएको विनाशकारी भूकम्पको पाँच महिना बितिसक्दा पनि अझै भग्नावशेषमा शव फेला पर्ने क्रम जारी छ । गत मार्च २८ मा गएको ७.७ म्याग्निच्यूडको भूकम्पमा परी तीन हजार ८०० भन्दा बढीको मृत्यु भएको थियो । पहिले नै गृहयुद्धमा फसेको म्यान्मामा भूकम्प आएपछि जनजीवन निकै प्रभावित बनेको छ । […]