झापामा तीन मतदान केन्द्रको नेतृत्व महिलालाई

झापा, १४ फागुनः आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ को तीन मतदान केन्द्रकोे नेतृत्व महिलाले पाएका छन् । भद्रपुर नगरपालिका–८ स्थित मेची रङ्गशालामा रहेको मतदानस्थलका तीन मतदान केन्द्रको नेतृत्व महिलालाई सुम्पिएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकारी डिल्लीप्रसाद प्रसाईले जानकारी दिनुभयो । उहाँले रङ्गशालामा तीन  मतदान केन्द्र रहेका बताउँदै भन्नुभयो, “यहाँको मतदान अधिकृतदेखि […]

घर ढल्दा च्यापिएर एकको मृत्यु, एक जना घाइते

महेन्द्रनगर, १४ फागुनः कञ्चनपुरको वेदकोट नगरपालिकामा कच्ची घर छेउमै रहेको रुख घरमाथि ढल्दा च्यापिएर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्क खत्रीले घरमा रुख ढलेर वेदकोट नगरपालिका–३ पेलितालका ५० वर्षीया शारदादेवी महताको मृत्यु भएको जानकारी दिनुभयो । घटनापछि आज बिहान जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक वासु अवस्थी नेतृत्वको […]

मुग्लिन–मलेखु सडक दुर्घटनाका घाइते भरतपुर ल्याउन सहज

राष्ट्रिय समाचार समिति (रासस)चितवन, १२ फागुन : पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडकखण्डमा हुने दुर्घटनाका घाइतेको उपचार भरतपुर ल्याउन सहज र छिटो हुने देखिन्छ । नारायणगढ–मुग्लिन सडक सहज भएकाले दूरीका हिसाबले काठमाडौँभन्दा भरतपुर छिटो ल्याउन सकिन्छ । भरतपुरमा रहेको सङ्घीय अस्पताल भरतपुर अस्पतालले ट्रमा सेन्टर सञ्चालन गरेको छ । यससँगै यहाँका दुई मेडिकल कलेज र साना अस्पतालहरू […]

पर्साको दुई निर्वाचन मतदानस्थल अनुगमन बाँकी

वीरगन्ज (पर्सा), १२ फागुन : जिल्ला सुरक्षा समितिले पर्साको १६५ मतदानस्थलको अनुगमन तथा निरीक्षणको काम सकाएको छ । जिल्लामा १६७ मतदानस्थल छन् । तीमध्ये अब दुई मतदानस्थलको मात्र निरीक्षण गर्न बाँकी छन्् । प्रमुख जिल्ला अधिकारी भोला दाहालसहित जिल्लाका चारवटै सुरक्षा निकाय र जिल्ला निर्वाचन कार्यालयले मतदानस्थलको अनुगमन तथा निरीक्षण गर्दै आइरहेको छ । प्रजिअ […]

बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ

दशरथचन्द (बैतडी), १० फागुनः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा तथा ओसारपसारमा कडाइ गरिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ गरिएको हो । यही फागुन ९ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म साँझ ७ः०० बजेपछि मदिर बिक्री वितरणमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका […]

मनहरीको बिजौनामा यात्रुवाहक बस दुर्घटना, २२ जना यात्रु घाइते

बागमती, १० फागुन : पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनास्थित सडकमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् । वीरगन्जबाट चितवनतर्फ गइरहेको बाप्र०६–००१ख ००५४ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकको बायाँ साइडमा रहेको विद्युत्को पोलमा ठोक्किँँदा बसमा सवार २२ जना यात्रु घाइते भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक […]

ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन

बागमती, ९ फागुनः जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनाको अवधिमा रु ७६ लाख ४६ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयाँलका अनुसार उक्त अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने आठ हजार ४१४ सवारीसाधन चालकमाथि कारबाही गरिउको छ । कार्यालयले अघिल्लो आव २०८१/८२ मा ट्राफिक […]

बाघ गणनामा प्रयोग राखिएका ६० क्यामेरा हराए

चितवन, ९ फागुनः चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनामा प्रयोग गरिएका ६० वटा क्यामेरा हराएका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले ८५ क्यामेरामध्ये ६० वटा हराएका र २५ वटा बिग्रेका छन् । उहाँले चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा एक हजार ७८० वटा क्यामेरा प्रयोग गरिएको बताउनुभयो । गत पुस […]

पर्सा प्रहरीद्वारा निर्वाचन सम्पन्न गराउन विशेष सुरक्षा व्यवस्था

वीरगंज, ८ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साले आगामी निर्वाचनलाई सुरक्षित, निष्पक्ष तथा व्यवस्थित रूपमा सम्पन्न गराउन विशेष सुरक्षा व्यवस्था मिलाएको छ । जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले आज प्रेस विज्ञप्ति जारी गरी निर्वाचनको सुरक्षा तथा प्रभावकारी अनुगमनका लागि जिल्लाभर रहेका कुल १६७ मतदान स्थलहरूलाई फागुन १७ गतेसम्म सिसिटिभी प्रणालीसँग जोड्ने व्यवस्था […]

नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ, १९ माघः छिमेकी देशमा देखिएको निपाह भाइरसका सङ्क्रमणको जोखिम नेपालमा न्यून भए पनि सतर्क रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले छिमेकी देशका घटनालाई मध्यनजर गर्दै पूर्वतयारीका कदमस्वरूप देशभरका स्वास्थ्य संस्था तथा निकायहरूलाई सतर्क गराइएको र निपाह भाइरसको परीक्षण एल्गोरिदम (अन्तरिम) […]