भारतमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो

मुम्बई, १२ फागुन (रासस/एएफपी) :पूर्वी भारतीय राज्य झारखण्डमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या सात पुगेको अधिकारीहरूले मङ्गलबार बताएका छन् । नागरिक उड्डयन महानिर्देशनालय (डिजिसिए) ले “मेडिकल निकासी (एयर एम्बुलेन्स) उडान“ सञ्चालन गर्ने बिचक्राफ्ट सी–९० सोमबार पूर्वी राज्य झारखण्डको कसारिया क्षेत्रमा दुर्घटना भएको पुष्टि गरेको छ । उद्धार र चिकित्सा टोलीहरू दुर्घटना स्थलमा […]

नौ राजनीतिक दल र एक हजार २१३ उम्मेदवारले खोले बैङ्क खाता

काठमाडौँ, १२ फागुनः यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये हालसम्म एक हजार २१३ जना उम्मेदवारले मात्र बैङ्क खाता खोलेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा भाग लिएका ६८ दलमध्ये नौ दलले मात्र खाता खोलेका छन् । आजसम्म खाता खोल्ने दलहरुमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा […]

मुग्लिन–मलेखु सडक दुर्घटनाका घाइते भरतपुर ल्याउन सहज

राष्ट्रिय समाचार समिति (रासस)चितवन, १२ फागुन : पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडकखण्डमा हुने दुर्घटनाका घाइतेको उपचार भरतपुर ल्याउन सहज र छिटो हुने देखिन्छ । नारायणगढ–मुग्लिन सडक सहज भएकाले दूरीका हिसाबले काठमाडौँभन्दा भरतपुर छिटो ल्याउन सकिन्छ । भरतपुरमा रहेको सङ्घीय अस्पताल भरतपुर अस्पतालले ट्रमा सेन्टर सञ्चालन गरेको छ । यससँगै यहाँका दुई मेडिकल कलेज र साना अस्पतालहरू […]

गौरमा पुनः निषेधाज्ञा जारी

चन्द्रपुर (रौतहट) : १० फागुनः जिल्ला प्रशासन कार्यालयले गौर नगर क्षेत्रभित्र पुनः निषेधाज्ञा जारी गरेको छ ।  स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार  गौर नगरपालिकाको पूर्व मुडबलवा गेट, पश्चिम लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयभित्र आज  बिहान ८ः३० बजेदेखि पुनः निषेधाज्ञा जारी भएको हो । प्रमुख जिल्ला अधिकारी […]

नेपाल–भारत मितेरीपुलमा संयुक्त रक्तदान शिविर

वीरगंज ०९ फागुन । लायन्स क्लब अफ रक्सौल र लायन्स क्लब  अफ वीरगंजको संयुक्त आयोजनामा भारत–नेपाल मितेरी पुलमा रक्तदान शिविर शनिवार सम्पन्न भएको छ। शिविरमा नेपाल र भारतका गरी ६० जनाले रक्तदान गरेका छन्, जसमा ३५ जना नेपाली र २५ जना भारतीय सहभागी थिए। कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख राजेशमान सिंहले रक्सौल र वीरगंजका लायन्स क्लबहरूले […]

लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो- गृहमन्त्री लेखक

पर्सा, १६ भदौः गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले यसमा छिमकी मित्रराष्ट्रहरुले चित्त दुखाउनुनपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले छिमेकी राष्ट्र भारत र चीनले नेपालको भूमि लिपुलेकलाई द्विपक्षीय व्यापारिक नाका बनाउने गरी गरेको सम्झौतालाई लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएको […]

सरकारको राजस्वबाट मात्र विकास आवश्यकता पूर्ति नभएकाले वैकल्पिक वित्त कोष आवश्यकः अर्थमन्त्री

काठमाडौँ, २६ साउनः उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको खाताबाट हुने खर्चबाट मात्रै नागरिकको विकास र समृद्धिको आकाङ्क्षा पूरा हुन नसकेकाले वैकल्पिक स्रोतको खोजी तथा त्यसबाट मुनाफासमेत हासिल गर्नका नयाँ कानुन आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आजको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ माथिको दफावार छलफलका क्रममा […]

मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, दुई छोरासहित चार जना घाइते

बरहथवा (सर्लाही), २६ साउनः सर्लाहीको बागमतीमा दुई वटा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बागमती नगरपालिका–१२, बागमती पुल–भरत ताल सडकखण्डमा आज मधेश प्रदेश ०३–०३१ प ४९२३ र ज ११ प ५५०५ नम्बरको मोटरसाइकल दुर्घटना भएका हुन् । दुर्घटनामा मधेश प्रदेश ०३–०३१ प ४९२३ नं को मोटरसाइकलमा […]

मन्त्री यादव र भारत विज्ञ टोलीहरूबीच छलफल

काठमाडौँ, २६ साउन : खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानी समस्या समाधानका विषयमा छलफल भएको छ । आज मन्त्री यादवको विशेष निमन्त्रणामा आउनुभएका भारतीय सरकारका विज्ञ टोलीहरूबीच मधेस प्रदेशमा देखिएको खानेपानी सङ्कट र त्यसको दीर्घकालीन समाधानका विषयमा गहन छलफल भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता मीना श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार […]

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

राजविराज (सप्तरी), २६ साउन : हुलाकी सड्क खण्डअन्तर्गत यहाँको बलानविहुल गाउँपालिका–६ शेहरा चोकमा आज मोटरसाइकल दुर्घटना हँुदा एक महिलाको मृत्यु भएको छ । बलान बिहुल गाउँपालिका–२ दिघिया टोल बस्ने ३० वर्षीया शान्तिकुमारी यादवको मृत्यु भएको हो । शान्तिका देवर गयाप्रसाद यादवले चलाएको ‘अन टेस्ट’ मोटरसाइकलमा शान्तिकुमारीकी तीन वर्षीय छोरा समेत सवार थिए । उनीहरु बोदे […]