मधेस प्रदेशमा भोलि सार्वजनिक बिदा

जनकपुर, १९ भदौ : मधेस प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमलप्रसाद बरालद्वारा आज जारी सूचनामा शुक्रबार प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाइएको छ । मधेस प्रदेशको २०८१ चैत २२ गतेको प्रकाशित राजपत्रमा उल्लेख रहेको थप बिदासम्बन्धी सूचनाअनुसार मोहम्मद जयन्तीका अवसरमा बिदा दिइएको […]

नेपालमा फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय

काठमाडौं, १९ भदौं । मन्त्रिपरिषदको निर्णय र सर्वाेच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीवार फेसबुक, ट्वीटर (एक्स), युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। बिहीवारदेखि नै उक्त सामाजिक सञ्जाल बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। स्रोतका अनुसार सञ्चार मन्त्रालयमा बिहीवार बसेको बैठकले सर्वाेच्च अदालतको परमादेश […]

पर्साका प्रजिअ चितवनमा पुगे

वीरगन्ज १८ भाद्र । गृह मन्त्रालयले चितवनमा सिडिओ गणेश अर्याललाइ पठाएको छ । पर्साबाट हालै गृहमन्त्रालयमा सरुवा भएका प्रमुख जिल्ला अधिकारी (सीडीओ) अर्याललाई गृहमन्त्रालयले चितवनमा पठाएको हो। गृहमन्त्रालयले बुधबार चितवनमा अर्याललाई र भोजपुरमा सीडीओमा शिवलाल तिवारीलाई पठाएको हो । यही भदौं ४ गते गृहमन्त्रालयले पर्साका तात्कालिन सिडिओ अर्यालसहित २४ जिल्लाका सिडिओको जिम्मेवारी हेरफेर गरेको थियो […]

सामान्य उपचारपछि साह पुनः हिरासतमा

वीरगंज, १८ भदौं । खानेपानी मन्त्री प्रदीप यादवसँगको टेलिफोन वार्तालाप सम्बन्धी विवादमा पक्राउ परेकी किरण साहको सामान्य उपचारपछि पुनः प्रहरी हिरासतमा राखिएको छ । पेटमा समस्या देखिएपछि उनलाई वीरगंजस्थित नारायणी अस्पतालमा उपचार भएको र उनको स्वास्थ्य अवस्था सामान्य देखिएपछि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा फर्काइएको डिएसपी किशोर लम्सालले बताए । गत शनिवार पक्राउ परेकी साहलाई […]

ठूलो परिमाणको गाँजासहित दुईजना पक्राउ

वीरगंज, १८ भदौ । जिल्ला प्रहरी कार्यालय, बाराले सिम्रौनगढ नगरपालिकाबाट १३८ किलो लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको जनाएको छ । शुक्रवार राति इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक पवन पछाईको कमान्डमा खटिएको टोलीले सिम्रौनगढ नगरपालिका वडा नं. २, नयका टोलस्थित ३५ वर्षीया रिता देवी यादवको घरमा छापा मारेको थियो। घर खानतलासी गर्दा खाटमुनि जुट […]

गुप्ता र पटेल जनमतमा प्रवेश

काठमाडौं, १७ साउन । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले दिनानाथ प्रसाद गुप्ता र घिरेन्द्र पटेल (परवाना)लाई पार्टीको सदस्यता प्रदान गरेका छन् । जनमत पार्टी केन्द्रीय सम्पर्क कार्यालय मध्य–बानेश्वरस्थित पार्टी कार्यालयमा उनीहरुलाई अध्यक्ष डा राउतले सदस्यता प्रदान गरेका हुन् । जनमत पार्टीको बिचार र सिद्धान्त तथा डा.सिके राउतको त्याग र दुरदर्शी नेतृत्वबाट प्रभावित भएर […]

नेशनल मेडिकल कलेज प्रा.लि. र रोट्र्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जबीच स्वास्थ्य सेवा सम्बन्धी सहमति पत्रमा हस्ताक्षर

वीरगञ्ज, १७ भदौ – नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्जस्थित एक अग्रणी स्वास्थ्य संस्था र रोट्र्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जबीच आज एक महत्वपूर्ण सहमति पत्रमा हस्ताक्षर गरिएको छ। यस सहमतिपत्रमार्फत रोट्र्याक्ट क्लबका सदस्य तथा उनीहरूका प्रत्यक्ष आश्रितहरूलाई गुणस्तरीय, सहज र सहुलियतमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने सहमति भएको छ। उक्त कार्यक्रम नेशनल मेडिकल कलेज तथा टिचिङ […]

सहज सेवा र शान्ति–सुरक्षा सुनिश्चितता: प्रजिअ–पौडेल

वीरगंज, १७ भदौ । बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जिल्ला प्रशासन कार्यालय, बारामा पदभार ग्रहण गर्दै सजिलो सेवा प्रवाह, प्रभावकारी प्रशासनिक समन्वय, र शान्ति–सुरक्षाको सुनिश्चितता आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन् । पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले आफूलाई सरकारको प्रमुख प्रतिनिधि रहेकोले जिल्ला स्तरका सबै निकायहरूसँग सहकार्य गरी जनतालाई राज्यको सेवा सहज रूपमा पु¥याउने […]

लहानमा आमा र छोरा मृत फेला

सिरहा, १७ भदौः यहाँको लहान नगरपालिका–१ मटियर्वामा एकै परिवारका आमा र छोरा घरमै मृत अवस्थामा फेला परेका छन् । लहान नगरपालिका–१२ भोटियाटोल घर भई मटियर्वामा डेरा लिएर बस्दै आएका प्रवीण चौधरीकी २३ वर्षीया श्रीमती रञ्जिता चौधरी र पाँच वर्षीय छोरा एरोज चौधरी आज बिहान मृत फेला परेका हुन् । रञ्जितासँगै रहेका नौ महिनाका अर्का छोरा […]

लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो- गृहमन्त्री लेखक

पर्सा, १६ भदौः गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले यसमा छिमकी मित्रराष्ट्रहरुले चित्त दुखाउनुनपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले छिमेकी राष्ट्र भारत र चीनले नेपालको भूमि लिपुलेकलाई द्विपक्षीय व्यापारिक नाका बनाउने गरी गरेको सम्झौतालाई लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएको […]