तीन दिन सार्वजनिक बिदा

काठमाडौँ, १२ फागुनः सरकारले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले तीन दिन बिदा […]
एमाले उम्मेदवार प्रदीप यादवले गरे वीरगञ्ज–३२ मा घरदैलो तथा जनता दर्शन कार्यक्रम

वीरगञ्ज, १२ फागुन । नेकपा (एमाले) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले मङ्गलवार वीरगञ्ज महानगरपालिका–३२ टेढा गाउँका विभिन्न टोलहरूमा व्यापक घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रमका क्रममा स्थानीयवासीहरूको घर–घर पुगेर उनीसँग प्रत्यक्ष भेटघाट गर्दै यादवले सूर्य चुनाव चिन्हमा मतदान गरी एमालेका उम्मेदवारहरूलाई जिताउन आग्रह गरे […]
मुरली र पानीटंकी टोलमा उज्यालो नेपाल पार्टीको घरदैलो कार्यक्रममा भव्य सम्मान र स्वागत

बीरगंज । उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)ले आज वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ को मुरली गाउँ तथा वडा नम्बर ०८ को मुरली बगैंचा र पानीटंकी टोलमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ। कार्यक्रमका क्रममा स्थानीयवासीहरूले उम्मेदवार सिंहलाई फूलमाला तथा खादा लगाई भव्य स्वागत तथा […]
वीरगञ्ज – १८ का वडाध्यक्ष प्रत्याशी एमालेमा प्रवेश, पर्सा – १ का उम्मेदवार प्रदीप यादवले गरे स्वागत

वीरगञ्ज, २२ फागुन । गत स्थानीय तह निर्वाचन २०७९ मा वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ को वडाध्यक्ष पदमा स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएका नरेश प्रसाद यादवले नेकपा (एमाले) मा प्रवेश गरेका छन् । उक्त निर्वाचनमा उनले स्थानीय स्तरमा राम्रो लोकप्रियता हासिल गर्दै सम्मानजनक मत प्राप्त गरेका थिए । पर्सा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य […]
दूषित राजनीतिक चक्रव्यूह तोडेर विधिको शासन स्थापना गर्न घण्टी छापमा मतदान गर्न रास्वपा उम्मेदवार कानुको आग्रह

वीरगञ्ज, १२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले मङ्गलवार वीरगञ्ज महानगरपालिका – २४ रमगढवा र वडा नं २५ सिर्सिया टोलमा घरदैलो अभियान सञ्चालन गर्दै भ्रष्टाचार र कुशासन अन्त्य गरी नयाँ नेपाल निर्माणका लागि घण्टी चुनाव चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गरेका छन् […]
भारतमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो

मुम्बई, १२ फागुन (रासस/एएफपी) :पूर्वी भारतीय राज्य झारखण्डमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या सात पुगेको अधिकारीहरूले मङ्गलबार बताएका छन् । नागरिक उड्डयन महानिर्देशनालय (डिजिसिए) ले “मेडिकल निकासी (एयर एम्बुलेन्स) उडान“ सञ्चालन गर्ने बिचक्राफ्ट सी–९० सोमबार पूर्वी राज्य झारखण्डको कसारिया क्षेत्रमा दुर्घटना भएको पुष्टि गरेको छ । उद्धार र चिकित्सा टोलीहरू दुर्घटना स्थलमा […]
नौ राजनीतिक दल र एक हजार २१३ उम्मेदवारले खोले बैङ्क खाता

काठमाडौँ, १२ फागुनः यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये हालसम्म एक हजार २१३ जना उम्मेदवारले मात्र बैङ्क खाता खोलेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा भाग लिएका ६८ दलमध्ये नौ दलले मात्र खाता खोलेका छन् । आजसम्म खाता खोल्ने दलहरुमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा […]
मुग्लिन–मलेखु सडक दुर्घटनाका घाइते भरतपुर ल्याउन सहज

राष्ट्रिय समाचार समिति (रासस)चितवन, १२ फागुन : पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडकखण्डमा हुने दुर्घटनाका घाइतेको उपचार भरतपुर ल्याउन सहज र छिटो हुने देखिन्छ । नारायणगढ–मुग्लिन सडक सहज भएकाले दूरीका हिसाबले काठमाडौँभन्दा भरतपुर छिटो ल्याउन सकिन्छ । भरतपुरमा रहेको सङ्घीय अस्पताल भरतपुर अस्पतालले ट्रमा सेन्टर सञ्चालन गरेको छ । यससँगै यहाँका दुई मेडिकल कलेज र साना अस्पतालहरू […]
पर्साको दुई निर्वाचन मतदानस्थल अनुगमन बाँकी

वीरगन्ज (पर्सा), १२ फागुन : जिल्ला सुरक्षा समितिले पर्साको १६५ मतदानस्थलको अनुगमन तथा निरीक्षणको काम सकाएको छ । जिल्लामा १६७ मतदानस्थल छन् । तीमध्ये अब दुई मतदानस्थलको मात्र निरीक्षण गर्न बाँकी छन्् । प्रमुख जिल्ला अधिकारी भोला दाहालसहित जिल्लाका चारवटै सुरक्षा निकाय र जिल्ला निर्वाचन कार्यालयले मतदानस्थलको अनुगमन तथा निरीक्षण गर्दै आइरहेको छ । प्रजिअ […]
माउन्ट हर्मन र ब्राइट पब्लिक फाइनलमा

वीरगंज, ११ फागुन। एन–प्याब्सन प्रिमियर नकआउट टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाइनल खेलहरू सम्पन्न भएका छन्। जुनियरतर्फ माउन्ट हर्मन मावि तथा सिनियरतर्फ ब्राइट पब्लिक मावि फाइनलमा प्रवेश गरेका छन्। जुनियरतर्फको खलमाा माउन्ट हर्मन र ब्राइट पब्लिक माविबीच प्रतिस्पर्धा भएको थियो। टस जितेर पहिले ब्याटिङ रोज्दै माउण्ट हर्मनले १५.३ ओभरमा सबै विकेट गुमाएर १४० रन बनायो। जवाफमा […]