‘मत सर्वेक्षण ‘लाइभ’ गर्ने अनलाइनलाई कारबाही गरिने’

काठमाडौँ, १४ फागुनः निर्वाचन आयोगले मत सर्वेक्षण ‘लाइभ’मा संलग्न ११ अनलाइनलाई बन्द गर्न निर्देशन दिएको छ । आयोगले यही फागुन २१ गते हुन लागेको मत सर्वेक्षण गर्न नपाउने आचारसंहिताविपरीत मत सर्वेक्षणको लाइभ गरेको भन्दै ती अनलाइनलाई कारबाही गर्न सम्बन्धित निकायलाई सिफारिस गरेको आयोगका सहप्रवक्ता सीता पुनले बताउनुभयो । निर्वाचन आयोगको सहकार्यमा […]
पर्सा–१ मा जसपा उम्मेदवार रामनरेश यादवप्रति बढ्दो जनआकर्षण, घर–घरमा चुनावी चर्चा तीव्र

पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामनरेश यादव प्रति स्थानीयस्तरमा जनआकर्षण बढ्दै गएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै समाजसेवी तथा लोकप्रिय नेताका रूपमा चिनिएका यादवको चर्चा घर–घरमा चुलिएको स्थानीय रम्भा देवीले बताएइन् । निमुखा, दलित तथा पछाडि पारिएका समुदायका हक–अधिकारका विषयमा निरन्तर […]
नेशनल प्याब्सन टी–२०ः ग्रीन ल्यान्ड र डेसिमल विजयी

वीरगंज, १४ फाल्गुन । नेशनल प्याब्सनद्वारा आयोजित टी–२० नकआउट क्रिकेट टुर्नामेन्ट अन्तर्गत दोस्रो दिनका खेलहरू वीरगंजस्थित आदर्शनगर रंगशालामा सम्पन्न भएका छन। विद्यालयस्तरको यस प्रतिष्ठित प्रतियोगितामा कुल २० वटा विद्यालय सहभागी रहेका छन। दोस्रो दिनको पहिलो खेलमा ग्रीनल्यान्ड र कादम्बरी एकेडेमीबीच भएको थियो । ब्याटिङ र बलिङ दुवै पक्षमा सन्तुलित खेल प्रस्तुत गर्दै ग्रीन ल्यान्ड प्रतियोगितामा […]
सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ : सभापति लामिछाने

गोरखा, १४ फागुन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार पुनः निर्माण सकिने तर आमाको गुमेको कोख कहिल्यै नभरिने बताउनुभएको छ । आज रास्वपा गोरखाद्वारा सदरमुकाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले जेनजी आन्दोलनका क्रममा पहिले गोली चलेका कारण मात्र पछि सिंहदरबार जलेको दाबी गर्नुभयो । “यहाँ कसैले भ्रम फैलाएका छन्, सिंहदरबार […]
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास

लागुऔषध गिरोहका शक्तिशाली नेताको मृत्युपछि भड्किएको हिंसाले मेक्सिकोको सुरक्षा अवस्थाबारे अन्तर्राष्ट्रिय चासो बढिरहेका बेला विश्व फुटबलको सर्वोच्च निकायका अध्यक्षले भने आगामी विश्वकप आयोजना क्षमतामा पूर्ण भरोसा व्यक्त गर्नुभएको छ । तीन महिनाभन्दा बढी समय बाँकी रहँदा देशले सह–आयोजकका रूपमा जिम्मेवारी सम्हाल्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठिरहेको छ तर फिफाका अध्यक्ष जियानी इन्फ्यान्टिनो विश्वस्त देखिनुभएको […]
वडाध्यक्ष यादव बालिका अपहरण प्रकरणमा पुर्पक्षका लागि कारागार चलान

रौतहट, १४ फागुन । दुर्गाभगवती गाउँँपालिका ४ का वडाध्यक्ष रामानन्द यादव बालिका अपहरण प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका छन। जिल्ला अदालत मकवानपुरले फागुन ११ गते उनलाई थुनामा पठाउने आदेश दिएको हो। न्यायाधीश पूर्णिमा कोइरालाको एकल इजलासले १४ वर्षीया बालिका अपहरण अभियोगमा मुद्दा दर्ता भएका वडाध्यक्ष यादवलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको अदालत स्रोतले […]
विगतका काम सम्झिँदै मतदाता : पर्सा १ मा फेरि प्रदीप यादव आवश्यक

वीरगंज- पर्सा क्षेत्र १ बाट नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले आफनो क्षेत्रमा मतदाता भेटघाट तथा घरदैलो अभियानलाई तिब्रता दिएका छन्। घरदैलोका क्रममा स्थानीय मतदाताहरूले उत्साहपूर्वक एमाले र सूर्य चिन्हमा मतदान गरी पुर्व मन्त्री समेत रहेका उम्मेदवार यादवलाई विजयी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उम्मेदवार यादवले वीरगंज महानगरको वडाहरुमा पुगी मतदातासङ्ग प्रत्यक्ष भेट गरि आफ्नो प्रतिवद्दता […]
बेलवामा उज्यालो नेपाल पार्टीका उम्मेदवार रामकिशोर सिंहको घरदैलो कार्यक्रम सम्पन्न

वीरगञ्ज । उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)ले आज वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ को बेलवा गाउँमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ। कार्यक्रमका क्रममा स्थानीयवासीहरूले फूलमाला तथा खादा लगाई उम्मेदवार सिंहलाई भव्य स्वागत तथा सम्मान व्यक्त गरेका थिए। कार्यक्रममा स्थानीय बासिन्दा तथा युवाहरूको उल्लेखनीय […]
अदालतको आदेशपछि पुनः सञ्चालनमा आएको गेष्ट हाउसका सञ्चालकलाई ज्यान मार्ने धम्की, संघद्वारा विरोध

काठमाडौं । जिल्ला होटल व्यवसायी संघ काठमाडौंले आफ्ना सदस्य व्यवसायीमाथि सार्वजनिक स्थलमै ज्यान मार्ने धम्की दिइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघद्वारा जारी प्रेस विज्ञप्तिअनुसार कलंकी होटल तथा गेष्ट हाउस एशोसिएसनअन्तर्गत सञ्चालनमा रहेको ए-वान नारायणी गेष्ट हाउसका सञ्चालक अजित कुमार कुसुवार र घरधनी कमल उप्रेतीबीच देखिएको विवादमा उच्च अदालत पाटनले कुसुवारको पक्षमा फैसला गरेको […]
पर्सा जिल्लामा फागुन १५ देखि निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक नहुन्जेलसम्म मदिरा बिक्रीमा निषेध,

वीरगंज, १४ फागुन । पर्सा जिल्लामा निर्वाचन अवधिभर मदिराजन्य पदार्थको बिक्री बितरण र सेवन गर्न निषेध गरिएको छ । बिहीवार जिल्ला प्रशासन कार्यालय, पर्साले प्रेस विज्ञप्ति जारी गरी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सार्वजनिक स्थानमा मदिराजन्य पदार्थको बिक्री वितरण र सेवन निषेध गरिएको जनाएको […]