तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाए

काठमाडौँ, ६ कात्तिकः प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यमपञ्चक समेत भनिने तिहारको छैटौँ एवं अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी […]
दुई किलो गांजासहित वृद्ध पक्राउ

वीरगंज, ६ कात्तिक । दुई किलो गाँजासहित एकजना वृद्धलाई सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले पक्राउ गरेको छ । बिहीवार जिल्ला पर्सा वीरगंज महानगरपालिका–१७ अलौ पोष्ट नजीकबाट प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको सशस्त्र प्रनाउ सुरज कुमार कार्कीको टोलीले चेकजाँच गर्ने क्रममा नेपालबाट भारत साइकलमा जादै गरेको जिल्ला पर्सा वीरगंज महानगरपालिका २६– अठराहा बस्ने […]
जिप्रका, पर्साद्वारा दीपावली र छठमा पटाका नपडकाउन अनुरोध

वीरगंज, २ कात्तिक । जिल्ला प्रशासन कार्यालय पर्साले आइतवार सूचना जारी गर्दै दिपावली, छठ पर्वको उपलक्ष्यमा घरघरमा पटका नपड्काउन, पटका ओसार पसार, व्यापार व्यवसाय नगर्न अनुरोध गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीले आइतवार जारी गरेको सूचनामा पटका पड्काउँदा ठूलो आवाजले मानव स्वास्थ्यमा पर्ने असर, पटकाको आवाजले समाजमा हुने भय / डर र […]
दिपावलीको अवसरमा पोखरियामा सरसफाई

पोखरिया, १ कात्तिक । पर्साको पोखरिया नगरपालीका वडा नम्बर ५ सतवरियामा हिन्दुहरूको महान पर्व तिहार, शुभ दिपावली तथा छठको अवसरमा आज सरसफाई कार्यक्रम सम्पन्न भएको छ । युवा कल्याण समाज समितिले अयोजना गरेको सरसफाई कायक्रममा समितिका अध्यक्ष नन्दकिसोर प्रसाद यादव उर्फ टाईसनको अध्यक्ष्यतामा भएको सरसफाई कार्यक्रम सतवरियाको हरेक टोल–टोलमा सरसफाई गरिएको थियो । सरसफाइपछि आयोजित […]
७०औं प्रहरी दिवस पर्सामा विविध कार्यक्रमका साथ सम्पन्न

वीरगंज ३१ असोज । ७०औं प्रहरी दिवस–२०८२ को अवसरमा “नागरिक प्रहरी सहकार्यः सुरक्षाको लागि अपरिहार्य” कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय तथा जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा अमर प्रहरी स्मारकमा आयोजना गरिएको कार्यक्रममा मुख्य अतिथि प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले प्रहरी र नागरिकबीचको सहकार्यले मात्र समाजमा स्थायी शान्ति हुने बताए […]
प्रहरी दिवसको अवसरमा पर्सा प्रहरीको रक्तदान कार्यक्रम

वीरगंज ३० असोज । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा ७०औं प्रहरी दिवस–२०८२ को अवसरमा एक विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ। वीरगंजस्थित जिल्ला प्रहरी कार्यालय पर्साको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा प्रहरीका जवान, अधिकारीहरू, नागरिक समाजका प्रतिनिधि तथा स्थानीय स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। रक्तदान कार्यक्रमलाई रक्त सञ्चार केन्द्र […]
सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि सरोकारवालासँग छलफल

वीरगंज, २८ असोज । नदीको दीर्घकालीन संरक्षण र प्रदूषण नियन्त्रणका उपायबारे वीरगंज महानगरपालिकाले मंगलबार सरोकारवालाहरूसँग संयुक्त छलफल गरेको छ । पटक–पटक उद्योगीहरूले नदीमा फोहोर नफाल्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा पालना नगर्दा सिर्सिया अझै फोहोर बन्दै गएको भन्दै महानगरले सम्बन्धित निकाय, उद्योगी, सुरक्षा निकाय र स्थानीय तहका प्रतिनिधिलाई छलफलमा सहभागी गराएको हो । अविरल वर्षापछि नदी […]
जुवाखालबाट ५० हजार नगदसहित तीनजना पक्राउ

वीरगंज, २७ असोज । पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नं. १६ फुलवारी टोल स्थित रोशन रौनियारले सञ्चालन गरेको होटलमा जुवातास खेलिरहेको अवस्थामा तीनजना पक्राउ परेका छन् । असोज २६ गते राति ९ः४५ बजे सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा वीरगंज महानगरपालिका वडा नं. १६ बस्ने वर्ष २० को रोहित […]
हुण्डी रकमसहित एक जना पक्राउ

वीरगंज, २७ असोज । वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगर नबिल बैंक अगाडि सडकखण्डबाट स्रोत नखुलेको चार लाख ३४ हजार नगदसहित एकजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । असोज २६ गते मध्यान्ह १२ बजे जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. १६ बस्ने वर्ष १९ को किशन यादवलाई स्रोत नखुलेको उक्त रकमसहित पक्राउ […]
वीरगंजमा हैजाविरूद्धको खोप अभियान शुरु

वीरगंज २६ असोज । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले हैजाको खोप खाएर औपचारिक रूपमा हैजाविरुद्धको अभियानको शुभारम्भ गरेका छन् । उनले खोप सेवनयोग्य सबै उमेर समूहका व्यक्तिहरूलाई खोप खाएर आफू र परिवारलाई सुरक्षित राख्न आग्रह गरेका हुन् । पर्सा र बारा जिल्लामा डेढ महिनादेखि फैलिएको हैजा र झाडापखालाको महामारी नियन्त्रण गर्न […]