चोरनी गाउँमा उज्यालो नेपाल पार्टीको घरदैलो कार्यक्रम, स्थानीयको उत्साहजनक समर्थन

वीरगञ्ज । उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)ले आज वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ को चोरनी गाउँमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।कार्यक्रमका क्रममा स्थानीयवासी तथा युवाहरूले विगतका पार्टी र उम्मेदवारहरूले अपेक्षित विकास गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरूले गाउँमा आधारभूत विकासको अभाव […]
सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौँ, ८ फागुनः आज स्थानीय बजारमा बिहीबारको तुलनामा सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य रु १० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख चार हजार ७०० र एक तोला चाँदीको मोल रु पाँच हजार ५० निर्धारण भएको छ । हिजो बिहीबार एक तोला छापावाल […]
मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

काठमाडौँ, ८ फागुन : तपाईँ टिकटक कत्तिको चलाउनुहुन्छ ? रमाइलोका लागि चलाउँदै आउनुभएका टिकटकलाई अब राष्ट्रिय रूपमा योगदान पनि गर्न सक्नुहुन्छ । राष्ट्रिय महायज्ञका रूपमा लिइएको निर्वाचनलाई टिकटक बनाएरै सहयोग गर्न सक्नुहुनेछ । यस्तै, त्यसबाट आकर्षक पुरस्कारसमेत प्राप्त गर्न सक्नुहुन्छ । रमाइलोका लागि हेरिन वा बनाइने टिकटक बनाएर निर्वाचनको माहोल बनाउन, प्रचारप्रसार गर्ने र मतदाता […]
लागुपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ

काठमाडौँ, ८ फागुनः देशका विभिन्न भागबाट लागुपदार्थसहित १६ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाबाट दुई, मोरङबाट एक, सिरहाबाट तीन, कास्कीबाट तीन, बाँकेबाट तीन, कैलालीबाट दुई र मकवानपुरबाट दुई जनालाई पक्राउ गरिएको हो । अभियुक्तहरुबाट खैरो हिरोइन र चिकित्सकको पूर्जीबिना खरिदबिक्री गर्न नपाइने प्रतिबन्धित विभिन्न किसिमका औषधि बरामद गरिएको छ । नियमित […]
आगामी निर्वाचनका लागि बारामा नमूना मतदान सम्पन्न

वीरगंज, ७ फागुन । जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन कार्यालयको संयुक्त आयोजनामा बाराको कलैयास्थित सिद्धेश्वर माध्यमिक विद्यालयमा निर्वाचनका दिन अपनाइने प्रक्रियाको प्रयोगात्मक अभ्यास गरिएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित बिहीवार आयोजित नमुना मतदान कार्यक्रम सम्पन्न भएको हो । निर्वाचनमा मत बदर हुने समस्यालाई न्यूनीकरण गर्ने र मतदातालाई मतदानको सही विधिवारे […]
सर्लाहीमा गोली लागेर एक बालक घाइते

मलङ्गवा, ७ फागुनः सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक घाइते हुनुभएको छ । मलङ्गवा नगरपालिका–४ निवासी रामविश्वास रामका १५ वर्षीय छोरा आकाश राम गोली लागेर घाइते हुनुभएको हो । मलङ्गवा–४ स्थित ‘ढाकाबोर्डर’ भन्ने स्थानमा फेला परेको बेवारिसे पेस्तोल खेलाउने क्रममा बालकलाई गोली लागेको हो । उक्त घटनामा बालकको दाहिने हातको पञ्जामा गोली लागेको […]
एनपिएल उद्घाटन खेलमा जनकपुरमाथि काठमाडौँको जित

काठमाडौँ, १ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँले जनकपुरमाथि पाँच विकेटको जित निकालेको हो । जितको लागि एक सय ३१ रनको लक्ष्य पछ्याएको काठमाडौँले १८ ओभरमा पाँच विकेट गुमाउँदै पूरा ग¥यो । […]
ठगी तथा अवैध वित्तीय कारोबार गरेको आरोपमा तीन जना पक्राउ

वीरगंज, २७ कात्तिक । ठगी तथा अवैध वित्तीय कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय, पर्साले तीन जनालाई पक्राउ गरेको जनाएको छ । शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले बाराको विश्रामपुर गाउँँपालिका–२ का २१ वर्षीय राहुल मण्डल, वीरगंज महानगरपालिका–२९, मुसौली टोलका ३५ वर्षीय कृष्णप्रसाद साह […]
९ केजी गाँजासहित तीनजना भारतीय पर्साबाट पक्राउ

वीरगंज, २७ कात्तिक । जिल्ला प्रहरी कार्यालय पर्साले ९ केजी ३८० ग्राम लागु औषध गाँजा सहित तीन जना भारतीय नागरिक पक्राउ गरेको जनाएको छ । सूचनाको आधारमा कात्तिक २६ गते मध्यान्ह १२ः०० बजेको समयमा जिल्ला पर्सा पर्सागढी नगरपालिका वडा नं.९ बडेर्वा पेट्रोलपम्प स्थित सडकखण्डबाट प्रहरी चौकी मनवाको टोलीले चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ संकाष्पदरूपमा तीन […]
८ किलो गाँजासहित एकजना पक्राउ

वीरगंज, २६ कात्तिक । जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध गाँजासहित एकजनालाई पक्राउ गरेको जनाएको छ । कात्तिक २३ गते जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. ३२ चोर्नी बस्ने खेदु महतो धानुकले सञ्चालन गरेको किराना पसलमा लागु औषध गाँजा बिक्री वितरण लगायतको कारोबार गरिरहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले ८ किलो गाँजासहित पक्राउ गरिएको […]