ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन

बागमती, ९ फागुनः जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनाको अवधिमा रु ७६ लाख ४६ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयाँलका अनुसार उक्त अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने आठ हजार ४१४ सवारीसाधन चालकमाथि कारबाही गरिउको छ । कार्यालयले अघिल्लो आव २०८१/८२ मा ट्राफिक […]

बाघ गणनामा प्रयोग राखिएका ६० क्यामेरा हराए

चितवन, ९ फागुनः चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनामा प्रयोग गरिएका ६० वटा क्यामेरा हराएका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले ८५ क्यामेरामध्ये ६० वटा हराएका र २५ वटा बिग्रेका छन् । उहाँले चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा एक हजार ७८० वटा क्यामेरा प्रयोग गरिएको बताउनुभयो । गत पुस […]

नेशनल प्याब्सन टी–२०ः लर्ड बुद्ध र एन्जल वल्र्ड विजयी

वीरगंज, ८ फागुन । नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत पाँचौं दिनका म्याच नं. १० र ११ शुक्रवार आदर्शनगर खेल मैदानमा सम्पन्न भएका छन् । लर्ड बुद्ध मा. वि. विरूद्ध ओसिस मा. वि. टस जितेर लर्ड बुद्ध मा. वि.ले ब्याटिङ रोज्यो । पहिलो इनिङ्समा लर्ड बुद्धले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४८ रनको […]

पर्सा प्रहरीद्वारा निर्वाचन सम्पन्न गराउन विशेष सुरक्षा व्यवस्था

वीरगंज, ८ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साले आगामी निर्वाचनलाई सुरक्षित, निष्पक्ष तथा व्यवस्थित रूपमा सम्पन्न गराउन विशेष सुरक्षा व्यवस्था मिलाएको छ । जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले आज प्रेस विज्ञप्ति जारी गरी निर्वाचनको सुरक्षा तथा प्रभावकारी अनुगमनका लागि जिल्लाभर रहेका कुल १६७ मतदान स्थलहरूलाई फागुन १७ गतेसम्म सिसिटिभी प्रणालीसँग जोड्ने व्यवस्था […]

विमानस्थलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध गाँजासहित तीन भारतीय पक्राउ

काठमाडौँ, ८ फागुनः त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब ११ किलोग्राम २७० ग्राम अवैध लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ४३ वर्षीया समीना अख्तर बैग मिर्जा, २४ वर्षीय मोहम्मद जुनैद तथा ४४ वर्षीय अफसाना अमीर हुसेन शेख रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले […]

एपस्टिन सम्पत्तिबाट साढे तीन करोड डलर मुआब्जा प्रस्ताव

वासिङ्टन, ८ फागुन : दोषी ठहर भइसकेका अमेरिकी यौन अपराधी जेफ्री एपस्टिनको सम्पत्तिले सम्भावित दर्जनौँ पीडितहरूका बाँकी कानूनी दाबी टुङ्ग्याउन अधिकतम तीन करोड ५० लाख अमेरिकी डलरसम्म भुक्तानी गर्न सहमति जनाएको प्रस्तावित अदालतको फैसलामा उल्लेख गरिएको छ । बिहीबार दायर गरिएको उक्त प्रस्तावले लामो समयदेखि विवादित रहेका दाबीहरूलाई सामूहिक रूपमा समाधान गर्ने बाटो खोलेको छ […]

रास्वपाका उम्मेदवार अठराहा सुगौली टोलमा घरदैलो

वीरगञ्ज, ८ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ को अठराहा सुगौली टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।मतदाताहरूसँग अन्तरक्रिया गर्दै कानुले “घण्टी” चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका छन् । उनले रास्वपाको करार पत्रअनुसार पाँच वर्षसम्म […]

जसपाका वडा इकाई अध्यक्ष यादवसहित २५० जना एमालेमा प्रवेश, पूर्वमन्त्री यादवले गरे स्वागत

वीरगन्ज,८ फागुनः पर्सा क्षेत्र नम्बर १ मा पर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर २३ मा जसपाका वडा इकाई कमिटीका अध्यक्षसहित २ सय ५० भन्दा बढी स्थानीय नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।   शुक्रबार बिहान प्रसौनीमा आयोजित नेकपा एमाललेको पार्टी प्रवेश तथा वडा भेला कार्यक्रममा जसपाका वडा इकाइ कमिटी अध्यक्ष जमुना यादव,सचिव मनोज कुमार […]

फेटा गापा अध्यक्ष रूस्तम अन्सारीमाथि हातपात

बारा, ८ फागुन । बारा जिल्लाको फेटा गाउँपालिकाका अध्यक्ष रूस्तम अन्सारीमाथि स्थानीयले शुक्रवार बिहान हातपात गरेपछि सुरक्षाकर्मीले उनको उद्धार गरेको छ । फेटा ३ स्थित आफ्नै घरमा छलफलका क्रममा रहेका अध्यक्ष अन्सारीमाथि दुर्ई पक्षबीचको विवादका क्रममा आक्रमण भएको हो । बिहीवार राति जन्ती आएका दुर्ई समुदायका युवाहरूबीच भएको कुटपिटको विषयलाई लिएर दुवै पक्ष सहमति खोज्न […]

सुखचैनामा ठूलो समूह राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश

वीरगञ्ज ०८ फागुन  । पर्सा क्षेत्र नम्बर–१ अन्तर्गत सुखचैनामा आज आयोजित एक कार्यक्रमका बीच ठूलो समूह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको छ। विभिन्न पेशा तथा व्यवसायमा आबद्ध व्यक्तिहरूले एकैसाथ पार्टीमा प्रवेश गर्दै क्षेत्रीय राजनीतिमा नयाँ उत्साह थपेका छन्। पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा पर्सा क्षेत्र नं. १ का उम्मेदवार तथा सभापति हरि […]