मानव सेवा आश्रमका आश्रितहरुलाई हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडद्वारा भोजन सेवा

वीरगंज, १० फागुन । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले सामाजिक दायित्व अन्तर्गत निःशुल्क भोजन सेवा कार्यक्रम सम्पन्न गरेको छ । आइतवार मानव सेवा आश्रम वीरगंजमा आश्रित ६४ जना वृद्धवृद्धा, असहायहरुलाई बिहानको खाना खुवाइएको हो । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड प्रादेशिक कार्यालय वीरगंजका प्रमुख तारिक अख्तर, ब्रान्च मैनेजर मन्दीप प्रधान, कर्मचारीहरु निरज सर्राफ, सुजन मण्डल, आकाश […]
वीरगञ्ज – २१ मा घरदैलो गर्दै एमाले उम्मेदवार प्रदीप यादव

वीरगञ्ज, १० फागुन । नेकपा (एमाले) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ मा घरदैलो गर्दै स्थानीय मतदाताहरूसँग सूर्य चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका छन् ।आइतबार बिहानदेखि नै वडामा रहेको विभिन्न टोल–टोलमा पुगेर स्थानीय मतदातासँग घरदैलोका क्रममा भेटघाट र लामो संवाद गर्दै […]
परसवा गाउँमा उज्यालो नेपाल पार्टीको घरदैलो कार्यक्रम सम्पन्न, स्थानीयको उल्लेखनीय सहभागिता

वीरगञ्ज । उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)ले आज वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ को परसवा गाउँमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ। कार्यक्रममा स्थानीयवासी तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। भेटघाटका क्रममा स्थानीयहरूले विगतका पार्टी र उम्मेदवारहरूले विकास र रोजगारीका विषयमा आश्वासन मात्र दिएको तर […]
बारा क्षेत्र नं २, ३ मा जसपा नेपालको अग्रता, टेन्सनमा कांग्रेस, १ मा कडा प्रतिस्पर्धा

बारा, ११ फागुन । अगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बारा क्षेत्र नं २, ३ मा जसपा नेपालले अरू प्रतिस्पर्धीबाट अग्रता बनाएको चुनावी जानकारहरूले बताएका छन् । क्षेत्र नं २ मा पाँच वटा स्थानीय तह र पर्सागढी नपाका दुईवटा वार्ड पर्छ। जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार बनेका रामकिशोर यादवले पचरौता नपा, स्वर्ण गापा […]
नगवामा हरि पन्तको घरदैलोमा उत्साहजनक जनसमर्थन

वीरगञ्ज, १० फागुन । देशभर फैलिँदै गएको परिवर्तनको बहससँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति जनआकर्षण तीव्र बन्दै जाँदा पर्सा क्षेत्र नम्बर १ को चुनावी माहौल थप रोचक बनेको छ। विशेषगरी वीरगञ्ज महानगरपालिका–२३ मा आयोजित पार्टी प्रवेश कार्यक्रमले रास्वपाको संगठनात्मक उपस्थिति मात्र होइन, जनसमर्थनको आधार पनि फराकिलो बन्दै गएको संकेत दिएको छ। नेपाल कम्युनिष्ट पार्टी (पूर्व माओवादी) […]
बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ

दशरथचन्द (बैतडी), १० फागुनः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बैतडीमा मदिराजन्य पदार्थ बिक्री वितरणमा तथा ओसारपसारमा कडाइ गरिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिराजन्य पदार्थ बिक्री वितरणमा कडाइ गरिएको हो । यही फागुन ९ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म साँझ ७ः०० बजेपछि मदिर बिक्री वितरणमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका […]
मनहरीको बिजौनामा यात्रुवाहक बस दुर्घटना, २२ जना यात्रु घाइते

बागमती, १० फागुन : पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनास्थित सडकमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् । वीरगन्जबाट चितवनतर्फ गइरहेको बाप्र०६–००१ख ००५४ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकको बायाँ साइडमा रहेको विद्युत्को पोलमा ठोक्किँँदा बसमा सवार २२ जना यात्रु घाइते भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक […]
गौरमा पुनः निषेधाज्ञा जारी

चन्द्रपुर (रौतहट) : १० फागुनः जिल्ला प्रशासन कार्यालयले गौर नगर क्षेत्रभित्र पुनः निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार गौर नगरपालिकाको पूर्व मुडबलवा गेट, पश्चिम लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयभित्र आज बिहान ८ः३० बजेदेखि पुनः निषेधाज्ञा जारी भएको हो । प्रमुख जिल्ला अधिकारी […]
नेपाल–भारत मितेरीपुलमा संयुक्त रक्तदान शिविर

वीरगंज ०९ फागुन । लायन्स क्लब अफ रक्सौल र लायन्स क्लब अफ वीरगंजको संयुक्त आयोजनामा भारत–नेपाल मितेरी पुलमा रक्तदान शिविर शनिवार सम्पन्न भएको छ। शिविरमा नेपाल र भारतका गरी ६० जनाले रक्तदान गरेका छन्, जसमा ३५ जना नेपाली र २५ जना भारतीय सहभागी थिए। कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख राजेशमान सिंहले रक्सौल र वीरगंजका लायन्स क्लबहरूले […]
नेशनल प्याब्सन टी–२०ः ज्ञानोदय र ब्राइट पब्लिक विजयी

वीरगंज, ९ फागुन । नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत म्याच नं. १२ र १३ का खेलहरू आदर्शनगर खेल मैदानमा शनिवार सम्पन्न भएका छन । म्याच नं. १२ मा ज्ञानोदय मा. वि. र ज्ञान निकेतन मा. वि. बीच प्रतिस्पर्धा भएको थियो । टस जितेर ब्याटिङ रोजेको ज्ञानोदयले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा […]