उच्च मनोबलका साथ काम गर्न गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौँ, २ असोजः गृहमन्त्री ओमप्रकाश अर्याल आज प्रहरी प्रधान कार्यालय जानुभई जेनजी आन्दोलनका क्रममा भएका क्षतिका बारेमा जानकारी लिनुभएको छ । सो अवसरमा उहाँले उच्च मनोबलका साथ राष्ट्र र जनताका हितमा समर्पित हुन प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो । गृहमन्त्री अर्यालले भन्नुभयो, “आन्दोलनका क्रममा क्षतिग्रस्त प्रहरी इकाईको पुनःस्थापना र प्रहरी कर्मचारीको मनोबल उच्च राख्नका लागि समुदायले […]
अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

काठमाडौँ, २ असोजः ‘द एकेडेमी अफ् मोसन पिक्चर आट्र्स एन्ड साइन्सेस् (अस्कर अवार्ड)’मा नेपालको प्रतिनिधित्व चलचित्र ‘अञ्जिला’ले गर्नेभएको छ । नेपालस्थित अन्तरराष्ट्रिय फिचर चलचित्र छनोट समितिले संयुक्त राज्य अमेरिकामा आयोजना हुने ९८औँ ‘अस्कर अवार्ड’ अन्तर्गत ‘अन्तरराष्ट्रिय फिचर फिल्म’ विधामा नेपालबाट ‘अञ्जिला’ चलचित्र सिफारिस भएको जानकारी दिएको छ । छनोट समितिका अध्यक्ष विमल पौडेलले प्राप्त चलचित्रमध्येबाट […]
पेरिसको म्युजियमबाट सुनबाट निर्मित बहुमूल्य कला चोरी

पेरिसस्थित एक ‘नेचुरल हिस्ट्री म्युजियम’बाट छ लाख युरो (सात लाख अमेरिकी डलर) मूल्य बराबरको सुनका वस्तुहरू चोरी भएका सङ्ग्रहालयले बुधबार जानकारी गराएको छ । डायनासोरको कङ्काल र ट्याक्सिडर्मीको लागि प्रसिद्ध, फ्रान्सको राजधानी पेरिसको सुन्दर पाँचाँै जिल्लामा रहेको राष्ट्रिय प्राकृतिक इतिहास संग्रहालयमा भूविज्ञान र खनिज ग्यालरी पनि रहेका छन् । पेरिसवासी र पर्यटकबीचमा लोकप्रिय सङ्ग्राहलयस्थलमा चोरी […]
बहिर्गमन हुने समयमा मनसुन पुनःसक्रिय

काठमाडाैँ, १ असोजः औसत रूपमा अबको १५ दिनमा मनसुन बहिर्गमन हुनुपर्ने समय भए पनि अहिले सक्रिय बन्न थालेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन सक्रिय भएको जनाएको छ । […]
एसियाडमा चार सय ३४ खेलाडीको नाम दर्ता

काठमाडौँ, १ असोजः जापानको आइची र नागोयामा अर्को वर्ष आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड) का लागि ३२ खेलका ४३४ खेलाडीको नाम दर्ता गरिएको छ । अन्तरराष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी)द्वारा आज जारी प्रेस विज्ञप्तिमा विभिन्न ३२ खेलका १९५ महिला र २३९ पुरुष खेलाडी २०औँ एसियाडका लागि पहिलो सूचीमा दर्ता भएको उल्लेख छ […]
जनमत पार्टीका पदाधिकारद्वारा अध्यक्षको राजीनामा माग

काठमाडौँ, १ असोज : जनमत पार्टीका पदाधिकारीसहितले अध्यक्ष पदबाट राजीनामा दिन सिके राउतलाई आग्रह गरेका छन् । वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता शरदसिंह यादव, जनमत युवा सङ्घका संयोजक सञ्जयकुमार यादवलगायतका ६ नेताले आज सामूहिक हस्ताक्षर गरी २४ घण्टाभित्र राजीनामा माग गरेका हुन् । जनताको भरोसा र समर्थनले पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता दिए पनि पछिल्लो […]
मधेस प्रदेशसभामा ४० करोड बराबरको क्षति

धनुषा, ३१ भदौ : जेनजीको आन्दोलन र प्रदर्शनको क्रममा जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित रहेको मधेस प्रदेशसभा र सचिवालयमा रु ४० करोड मूल्य बराबरको भौतिक सामग्री क्षति भएको छ । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलका अनुसार प्रदेशसभाका सातै दलका संसदीय दलका कार्यालय, दलका सभापतिहरूका कार्यकक्ष, सभामुखको कार्यकक्षदेखि लिएर सचिवालयका अधिकांश शाखामा तोडफोड र आगजनी गरी पूर्ण रुपमा […]
चाडपर्व लक्षित सुपथ पसल सञ्चालनमा

पर्सा, ३१ भदौ : वीरगञ्जमा दसैँलगायत पर्वलाई लक्षित गर्दै सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइएको छ । खाद्य तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्ज र साल्ट टे«डिङ कर्पाेरेसन लिमिटेड वीरगञ्ज कार्यालयले भदौ ३० देखि कात्तिक १० गतेसम्म दसैँलगायतका चाडपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ । साल्ट टे«डिङ कर्पाेरेसन लिमिटेड वीरगञ्जका सूचना अधिकारी सञ्जयकुमार […]
४ लाखको भन्सार छली सामान नियन्त्रण

वीरगंंज, ३१ भदौ । पर्सा जिल्लाका विभिन्न स्थानहरूबाट भन्सार छली गरेर ल्याइएको झण्डै चार लाख रुपियाँ बराबरको सामान सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ । मंगलवार पर्साको पकाहा मैनपुर गाउँँपालिका–५ लक्ष्मीपुरस्थित सीमा क्षेत्रमा खटिएको सीमा सुरक्षा गुल्म लहावर थकरीले भारतबाट टाउकोमा बोकी ल्याउँदै गरिएको रू. ५४,१५० मूल्य बराबरको कपडा नियन्त्रणमा लिएको थियो । त्यसैगरी वीरगंज–१४ […]
घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौँ, ३१ भदौ ः घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था विभागमा आज बसेको सरोकार भएका निकायको बैठकले दसैँको समयमा सार्वजनिक यातायातलाई सहज ढङ्गले सञ्चालनका लागि रुट परमिट खुला गर्ने निर्णय गरेको हो । बैठकले चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्थापनमा सहजता ल्याउन सार्वजनिक […]