नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ, १९ माघः छिमेकी देशमा देखिएको निपाह भाइरसका सङ्क्रमणको जोखिम नेपालमा न्यून भए पनि सतर्क रहन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले छिमेकी देशका घटनालाई मध्यनजर गर्दै पूर्वतयारीका कदमस्वरूप देशभरका स्वास्थ्य संस्था तथा निकायहरूलाई सतर्क गराइएको र निपाह भाइरसको परीक्षण एल्गोरिदम (अन्तरिम) […]

पिएम कप क्रिकेटको तयारीमा वीरगंज: रातभर चल्दैछ मैदान मर्मत, मेयर सिंह आफैं खटिए

​वीरगंज -​वीरगंजमा आयोजना हुन लागेको प्रधानमन्त्री (पिएम) कप क्रिकेट प्रतियोगिताको तयारीलाई महानगरपालिकाले तीव्रता दिएको छ। प्रतियोगिताका लागि निर्धारित नारायणी क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप तयार पार्न अहिले रात-दिन नभनी मर्मतको काम भइरहेको छ। ​तयारीको पछिल्लो अवस्था बुझ्न वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह आफैं राति अबेरसम्म मैदानमा खटिनु भएको छ। शनिबार राति १० बजे मैदान पुग्नुभएका […]

वीरगंजका तीन वडामा वर्षौँदेखिको डुबान समस्या समाधान

​वीरगंज – वर्षाको पानी निकास नहुँदा लामो समयदेखि डुबानको सास्ती खेप्दै आएका वीरगंज महानगरपालिकाका तीन वडाका बासिन्दाले अन्ततः राहत पाएका छन्। महानगरको वडा नं. १७, २४ र २६ मा वर्षातका बेला हुने डुबानको समस्यालाई महानगरले योजनाबद्ध रूपमा समाधान गरेपछि स्थानीय बासिन्दामा खुसीयाली छाएको हो। ​यी क्षेत्रहरूमा वर्षाको पानीको प्राकृतिक निकास अवरुद्ध हुनुका साथै पर्याप्त नाला […]

जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट भागेका चौरसिया वीरगंजबाट पक्राउ

वीरगंज, १६ माघ । ठगी मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।भदौ २३–२४ गते जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागार काठमाण्डौँबाट भागेको जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.१६ नगवा टोल बस्ने वर्ष २३ को प्रविन चौरसियालाई माघ १४ गते वीरगंज महानगरपालिका वडा नं. १५ रामनगर चोकबाट प्रहरीले सूचनाको आधारमा पक्राउ […]

युवा सङ्घको अध्यक्षमा गुरुङ

काठमाडौँ, १६ माघः राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद् प्रथम बैठकले उपाध्यक्ष महाराज गुरुङलाई सङ्घको अध्यक्ष चयन गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेल, सचिव महेश बस्नेत, सचिव भानुभक्त ढकाललगायत नेताहरुको उपस्थितिमा भएको बैठकमा अध्यक्ष क्षितिज थेबेले उपाध्यक्ष गुरुङलाई नेतृत्व हस्तान्तरण गर्नुभएको हो । सङ्घको गत जेठ १४ गते पोखरामा […]

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम, १५ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस प्रदेशका कूल दुई हजार १६० मतदानस्थलमध्ये एक हजार २४६ मतदानस्थल अतिसंवेदनशील रहेको जनाइएको छ ।

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज (पर्सा), १५ माघः चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक) मा बाघको गणना आजदेखि थालनी गरिएको छ । यसअघि चितवन र पर्साको दुई खण्डमा बाघको गणना गरेपछि तेस्रो खण्डमा गणना गर्न सुरआत गरिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले चितवन–पर्सालाई तीनवटा ब्लकमा बाँडेर बाघ गणना गरिँदै आइरहेको […]

दसैँमा सुरक्षाका लागि जनकपुरमा १३४५ प्रहरी परिचालन

धनुषा, १० असोजः दसैँलक्षित सुरक्षा योजनाअनुसार जनकपुरधाममा एक हजार ३४५ प्रहरी परिचालन गरिएको छ । धार्मिक र सांस्कृतिक दृष्टिले दसैँका बेला यहाँ धेरै श्रद्धालु–भक्तजन आउन भएकोले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा योजना बनाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार यसवर्ष सुरक्षा व्यवस्थापनका लागि आठ सय पाँच जना नेपाल […]

फिरौतिको नाटक गरी योजनाबद्ध हत्या

सिरहा, ९ असोज : यहाँको गोलबजार नगरपालिका–१३, डङ्गराहास्थित १६ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या प्रकरणमा नयाँ तथ्यहरू सार्वजनिक भएका छन् । यही असोज ५ गतेदेखि बेपत्ता अभिषेकको शव असोज ७ गते बिहान घर नजिकैको आँप बगैँचामा भेटिएको थियो । अनुसन्धानका क्रममा प्रहरीको तालिम प्राप्त कुकुर मृतककै हजुरबुवा विन्देश्वर सिंहको घरको आँगनसम्म सुँघ्दै पुगेर रोकिएपछि, प्रहरीको […]

भ्रष्टाचार न्यूनीकरण, सुशासन र सामाजिक न्यायका लागि सरकार दृढ छ : प्रधानमन्त्री कार्की

काठमाडौँ, ९ असोज : प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार न्यूनीकरण, सुशासन र सामाजिक न्यायका लागि वर्तमान सरकार दृढ रहेको स्पष्ट गर्नुभएको छ । सिंहदरबारबाट आज राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सरकारका कुनै पनि निकायमा ढिलासुस्ती, भ्रष्टाचारजन्य वा झञ्झटपूर्ण कार्य भएमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका साथै तीनै तहका सम्बन्धित सरकारी निकायमा उजुरी दिन ‘हटलाइन’को प्रबन्ध […]