सामान्य उपचारपछि साह पुनः हिरासतमा

वीरगंज, १८ भदौं । खानेपानी मन्त्री प्रदीप यादवसँगको टेलिफोन वार्तालाप सम्बन्धी विवादमा पक्राउ परेकी किरण साहको सामान्य उपचारपछि पुनः प्रहरी हिरासतमा राखिएको छ । पेटमा समस्या देखिएपछि उनलाई वीरगंजस्थित नारायणी अस्पतालमा उपचार भएको र उनको स्वास्थ्य अवस्था सामान्य देखिएपछि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा फर्काइएको डिएसपी किशोर लम्सालले बताए । गत शनिवार पक्राउ परेकी साहलाई […]
पर्सा र बारामा आँखा शिविर सम्पन्न

वीरगंज, १८ भदौं । पर्सा जिल्लाको जीराभवानी गाउँपालिका वडा नम्बर २ सेढवामा बुधवार आयोजित निःशुल्क आँखा जाँच शिविरमा ४९५ जनाले सेवा पाएका छन् । वीरगंज सामुदायिक आँखा केन्द्रको सहयोगमा आसमान नेपालले आयोजना गरेको शिविरमा ४९५ जनाको आँखा परीक्षण गरिएको आँखा रोग विशेषज्ञ डा. प्रभात चौरसियाले जनाएका छन् । शिविरमा १६ जना मोतियाबिन्दुका बिरामी फेला परेको […]
बुधवार ३१ जना हैजाका बिरामी भेटिए

वीरगंज, १८ भदौ । वीरगंजमा बुधवार बिहान १० बजेसम्म थप ३१ जना नयाँ हैजाका बिरामी थपिएका छन् । हालसम्म कूल ९६५ जना हैजाका बिरामी दर्ता भएकोमा ८६५ जना उपचारपछि डिस्चार्ज भइसकेका र करीब १०० जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय पर्साले जानकारी गराएको छ । १४ जना बिरामीको आईसियू मा, २ जनाको एचडीयूमा र ८४ जनाको […]
भूमि विधेयकविरूद्ध जसपाद्वारा प्रदर्शन

वीरगंज, १८ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, पर्साले बुधवार भूमि विधेयकको विरोधमा वीरगंजमा प्रदर्शन गरेको छ। प्रदर्शनमा सहभागीहरुले भूमि विधेयकलाई राष्ट्रघाती भन्दै खारेजीको माग गरेका छन् । यो विधेयकले मधेश प्रदेशको अधिकार कटौती गर्ने, भूमिहीन तथा सुकुम्बासीहरूलाई थप समस्यामा पार्ने र मधेशको राजनीतिक मुद्दालाई बेवास्ता गरेको आरोप लगाएको छ । प्रदर्शनका क्रममा सहभागीहरूले […]
ठूलो परिमाणको गाँजासहित दुईजना पक्राउ

वीरगंज, १८ भदौ । जिल्ला प्रहरी कार्यालय, बाराले सिम्रौनगढ नगरपालिकाबाट १३८ किलो लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको जनाएको छ । शुक्रवार राति इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक पवन पछाईको कमान्डमा खटिएको टोलीले सिम्रौनगढ नगरपालिका वडा नं. २, नयका टोलस्थित ३५ वर्षीया रिता देवी यादवको घरमा छापा मारेको थियो। घर खानतलासी गर्दा खाटमुनि जुट […]
गुप्ता र पटेल जनमतमा प्रवेश

काठमाडौं, १७ साउन । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले दिनानाथ प्रसाद गुप्ता र घिरेन्द्र पटेल (परवाना)लाई पार्टीको सदस्यता प्रदान गरेका छन् । जनमत पार्टी केन्द्रीय सम्पर्क कार्यालय मध्य–बानेश्वरस्थित पार्टी कार्यालयमा उनीहरुलाई अध्यक्ष डा राउतले सदस्यता प्रदान गरेका हुन् । जनमत पार्टीको बिचार र सिद्धान्त तथा डा.सिके राउतको त्याग र दुरदर्शी नेतृत्वबाट प्रभावित भएर […]
नेशनल मेडिकल कलेज प्रा.लि. र रोट्र्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जबीच स्वास्थ्य सेवा सम्बन्धी सहमति पत्रमा हस्ताक्षर

वीरगञ्ज, १७ भदौ – नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्जस्थित एक अग्रणी स्वास्थ्य संस्था र रोट्र्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जबीच आज एक महत्वपूर्ण सहमति पत्रमा हस्ताक्षर गरिएको छ। यस सहमतिपत्रमार्फत रोट्र्याक्ट क्लबका सदस्य तथा उनीहरूका प्रत्यक्ष आश्रितहरूलाई गुणस्तरीय, सहज र सहुलियतमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने सहमति भएको छ। उक्त कार्यक्रम नेशनल मेडिकल कलेज तथा टिचिङ […]
सहज सेवा र शान्ति–सुरक्षा सुनिश्चितता: प्रजिअ–पौडेल

वीरगंज, १७ भदौ । बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जिल्ला प्रशासन कार्यालय, बारामा पदभार ग्रहण गर्दै सजिलो सेवा प्रवाह, प्रभावकारी प्रशासनिक समन्वय, र शान्ति–सुरक्षाको सुनिश्चितता आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन् । पत्रकारहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले आफूलाई सरकारको प्रमुख प्रतिनिधि रहेकोले जिल्ला स्तरका सबै निकायहरूसँग सहकार्य गरी जनतालाई राज्यको सेवा सहज रूपमा पु¥याउने […]
लहानमा आमा र छोरा मृत फेला

सिरहा, १७ भदौः यहाँको लहान नगरपालिका–१ मटियर्वामा एकै परिवारका आमा र छोरा घरमै मृत अवस्थामा फेला परेका छन् । लहान नगरपालिका–१२ भोटियाटोल घर भई मटियर्वामा डेरा लिएर बस्दै आएका प्रवीण चौधरीकी २३ वर्षीया श्रीमती रञ्जिता चौधरी र पाँच वर्षीय छोरा एरोज चौधरी आज बिहान मृत फेला परेका हुन् । रञ्जितासँगै रहेका नौ महिनाका अर्का छोरा […]
अवैध पटकासहित मोटरसाइकल नियन्त्रण

बारा प्रहरीले एक लाख रुपैयाँ बराबरको अवैध पटकासहित मोटरसाइकल बरामद गरेको छ । कलैया उपमहानगरपालिका १० मटिअर्वा स्कुल नजिकबाट अवैध पटका बरामद गरिएको हो । प्रहरी चौकी मटिअर्वाबाट प्रहरी वरिष्ठ नायब निरीक्षकको नेतृत्वमा खटिएको टोलीले भारतबाट नेपालतर्फ ल्याइँदै गरेको पटकासहित नम्बर नखुलेको एउटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । प्रहरीलाई देखेपछि संलग्न व्यक्ति मोटरसाइकल छाडेर […]