सफा र स्वच्छ वीरगञ्ज बनाउने अभियान निरन्तर

वीरगञ्ज २६ भदौ । खानेपानीको अभावपछि फैलिएको हैजाको महामारीलाई वीरगञ्ज महानगरपालिकाले सम्पूर्ण संयन्त्र परिचालन गरी नियन्त्रण गर्न सफल भएको छ। स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, स्वयंसेवक र सुरक्षाकर्मीहरूको निरन्तर प्रयासका कारण हैजा छोटो समयमै नियन्त्रणमा आएको हो। तर हैजा नियन्त्रणसँगै वीरगञ्जले अर्को ठूलो चुनौतीको सामना गर्नुपर्यो—लुटपाट, चोरी, तोडफोड र आगजनीबाट भएको अपुरणीय क्षति। सुशासनलाई मुख्य मुद्दा बनाएर […]
सीमा क्षेत्रमा भारतीय एसएसबीको कडाई

वीरगंज, २५ भदौ । नेपालसँग जोडिएका सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीहरुले सुरक्षा सतर्कता कडा पारेको छ। नेपालभरि कफ्यु आदेश जारी भएको र विभिन्न जिल्लाका कारागारबाट कैदीबन्दी भागेपछि भारतीय सुरक्षाकर्मीहरूले चेकजाँचमा कडाइ गरेका हुन । पर्सा जिल्लाको मुख्य नाका वीरगंज सहितका सीमावर्ती प्रवेश नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कडाइपूर्वक चेकजाँच गरिरहेको छ । भारतको रक्सौल […]
कालिकामाई गापा कार्यालय अगाडि प्रदर्शन

वीरगंज, २५ भदौ । पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाको अगाडि स्थानीयवासीले प्रदर्शन गरेका छन् । गापामा भएको भ्रष्टाचार र अनियमितताको विरोधमा युवाहरूले गापा कार्यालय नजिक टायर बालेर प्रदर्शन गरेका थिए । पालिका अध्यक्षको घर अगाडि राजीनामाको माग गर्न थालेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासमेत घटनास्थलमा तैनाथ गरिएको छ । आन्दोलनकारी युवाहरूले पालिकाको विकास […]
चारजना कैदी गोली लागेर घाइते, फरार ७८ जना बालकैदी पक्राउ

वीरगंज, २५ भदौं । वीरगंज कारागारको पर्खाल भत्काएर भाग्ने क्रममा चारजना कैदीलाई नेपाली सेनाले गोली हानेर घाइते बनाएको छ । वीरगंज कारागारका कैदीहरूले कारागारको पर्खाल फोडेर प्वाल बनाएपछि नियन्त्रणका लागि खटिएको सेनाले त्यही प्वालबाट कारागारभित्र गोली चलाएको थियो । सेनाले चलाएको गोली लागेर कैदीहरू विकास जयसवाल, विकास लामा, सन्जिव साह र राजा कुमार घाइते भएका […]
उछृङ्खल गतिविधिमा संलग्न २७ जना पक्राउ, ३३ लाख बरामद

काठमाडौँ, २५ भदौः पछिल्लो विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले उछृङ्खल गतिविधिमा संलग्न २७ जना पक्राउ परेका छन् । मङ्गलबार राति १० बजेदेखि आज बिहान १० बजसम्म देशका विभिन्न स्थानमा विध्वंसात्मक तथा अराजक गतिविधिमा संलग्न भएका उनीहरूलाई नेपाली सेनाले नियन्त्रणमा लिएको हो । सुरक्षा निकायले काठमाडौँको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा […]
भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न चार जना पक्राउ

काठमाडौँ, २५ भदौः देशैभर नेपाली सेनालगायत अन्य सुरक्षा निकाय परिचालन भएपश्आज आज बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म महाराजगस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न चार जना पक्राउ परेका छन् । त्यसैगरी डिल्लीबजार–नारायणथान क्षेत्रमा शङ्कास्पद गतिविधिमा संलग्न व्यक्तिहरूले सुरक्षा फौजलाई देखेपछि छाडेर भागेको नेपाली रु दुई लाख ३२ हजार ५०० र दुई हजार ५०० डलर बरामद […]
सरसफाइमा ‘जेनजी’

काठमाडौँ, २५ भदौः परिवर्तनका विभिन्न एजेण्डा लिएर प्रदर्शनमा उत्रिएका ‘जेनजी’ले यही भदौ २३ र २४ गते सङ्घीय राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा तोडफोड र आगजनी गरे । सार्वजनिक, सरकारी र व्यक्तिगत भौतिक संरचनामा नराम्ररी क्षति पुग्यो । प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भयो । सयौँ घाइते विभिन्न अस्पतालमा उपचाररत छन् । आज विगत दुई दिनभन्दा […]
सेनाद्वारा आन्दोलनकारीलाई वार्ताका लागि आह्वान

काठमाडौँ, २४ भदौ : प्रधानसेनापति अशोकराज सिग्देलले पछिल्लो विषम परिस्थितिबाट राष्ट्रलाई शान्तिपूर्ण तबरले निकास दिनका लागि आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रम स्थगन गरी वार्तामा आउन आह्वान गर्नुभएको छ । उहाँले आज भिडियो सन्देशमार्फत आन्दोलनका क्रममा हालसम्म धेरै जनधनको क्षति भइसकेको हुँदा क्षप क्षति हुन नदिन र शान्ति सुरक्षा, अमनचयन एवं राष्ट्रिय एकता र शान्ति सुरक्षा कायम […]
नेपाली सेनालगायत अन्य सुरक्षा निकाय राति १० बजेदेखि दृढ रहने

काठमाडौं, २४ भदौ : नेपाली सेनाले नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न आज भदौ २४ गते रातीको १० बजेबाट दृढ रहने प्रतिबद्धता जानकारी गराएको छ । सेनाले बिग्यप्तीमार्फत हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरुले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुऱ्याउने, लुटपाट एवम् आगजनी गर्ने कार्य भइरहेको हुँदा यस […]
वीरगञ्ज महानगरमा अनिश्चितकालिन कर्फ्यू

पर्सा,२४ भदौ : जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ । वीरगञ्ज महानगर क्षेत्रमा ‘जेनजी’ समूहको आन्दोलनले उग्ररूप लिएसँगै प्रशासनले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले वीरगञ्ज महानगर क्षेत्रमा प्रदर्शन तथा तनावको अवस्था कमी नआएपछि अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको जानकारी दिनुभयो […]