म्यान्माको विनाशकारी भूकम्पपछिको पाँच महिना, पुनर्निर्माण जारी

म्यान्मा, १९ भदौ : दक्षिणपूर्वी एशियाली देश म्यान्मामा गएको विनाशकारी भूकम्पको पाँच महिना बितिसक्दा पनि अझै भग्नावशेषमा शव फेला पर्ने क्रम जारी छ । गत मार्च २८ मा गएको ७.७ म्याग्निच्यूडको भूकम्पमा परी तीन हजार ८०० भन्दा बढीको मृत्यु भएको थियो । पहिले नै गृहयुद्धमा फसेको म्यान्मामा भूकम्प आएपछि जनजीवन निकै प्रभावित बनेको छ । […]
सूचीकृत हुन नआएका सामाजिक सञ्जाल आजबाटै निष्क्रिय : मन्त्री गुरुङ

काठमाडौँ, १९ भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आजसम्म सूचीकृत हुन नआएका सामाजिक सञ्जाललाई निष्क्रिय हुने बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज पत्रकारहरुसँग कुरा गर्दै मन्त्री गुरुङले सूचीकृत हुन नआएका सामाजिक सञ्जाललाई निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको बताउनुभयो । सर्वोच्च अदालतले प्रधानन्यायाधीशसहितको बृहत पूर्ण इजलासले अदालतको अवहेनासम्बन्धी मुद्दामा […]
मधेस प्रदेशमा भोलि सार्वजनिक बिदा

जनकपुर, १९ भदौ : मधेस प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमलप्रसाद बरालद्वारा आज जारी सूचनामा शुक्रबार प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाइएको छ । मधेस प्रदेशको २०८१ चैत २२ गतेको प्रकाशित राजपत्रमा उल्लेख रहेको थप बिदासम्बन्धी सूचनाअनुसार मोहम्मद जयन्तीका अवसरमा बिदा दिइएको […]
नेपालमा फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय

काठमाडौं, १९ भदौं । मन्त्रिपरिषदको निर्णय र सर्वाेच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीवार फेसबुक, ट्वीटर (एक्स), युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। बिहीवारदेखि नै उक्त सामाजिक सञ्जाल बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। स्रोतका अनुसार सञ्चार मन्त्रालयमा बिहीवार बसेको बैठकले सर्वाेच्च अदालतको परमादेश […]
पर्साका प्रजिअ चितवनमा पुगे

वीरगन्ज १८ भाद्र । गृह मन्त्रालयले चितवनमा सिडिओ गणेश अर्याललाइ पठाएको छ । पर्साबाट हालै गृहमन्त्रालयमा सरुवा भएका प्रमुख जिल्ला अधिकारी (सीडीओ) अर्याललाई गृहमन्त्रालयले चितवनमा पठाएको हो। गृहमन्त्रालयले बुधबार चितवनमा अर्याललाई र भोजपुरमा सीडीओमा शिवलाल तिवारीलाई पठाएको हो । यही भदौं ४ गते गृहमन्त्रालयले पर्साका तात्कालिन सिडिओ अर्यालसहित २४ जिल्लाका सिडिओको जिम्मेवारी हेरफेर गरेको थियो […]
सामान्य उपचारपछि साह पुनः हिरासतमा

वीरगंज, १८ भदौं । खानेपानी मन्त्री प्रदीप यादवसँगको टेलिफोन वार्तालाप सम्बन्धी विवादमा पक्राउ परेकी किरण साहको सामान्य उपचारपछि पुनः प्रहरी हिरासतमा राखिएको छ । पेटमा समस्या देखिएपछि उनलाई वीरगंजस्थित नारायणी अस्पतालमा उपचार भएको र उनको स्वास्थ्य अवस्था सामान्य देखिएपछि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा फर्काइएको डिएसपी किशोर लम्सालले बताए । गत शनिवार पक्राउ परेकी साहलाई […]
पर्सा र बारामा आँखा शिविर सम्पन्न

वीरगंज, १८ भदौं । पर्सा जिल्लाको जीराभवानी गाउँपालिका वडा नम्बर २ सेढवामा बुधवार आयोजित निःशुल्क आँखा जाँच शिविरमा ४९५ जनाले सेवा पाएका छन् । वीरगंज सामुदायिक आँखा केन्द्रको सहयोगमा आसमान नेपालले आयोजना गरेको शिविरमा ४९५ जनाको आँखा परीक्षण गरिएको आँखा रोग विशेषज्ञ डा. प्रभात चौरसियाले जनाएका छन् । शिविरमा १६ जना मोतियाबिन्दुका बिरामी फेला परेको […]
बुधवार ३१ जना हैजाका बिरामी भेटिए

वीरगंज, १८ भदौ । वीरगंजमा बुधवार बिहान १० बजेसम्म थप ३१ जना नयाँ हैजाका बिरामी थपिएका छन् । हालसम्म कूल ९६५ जना हैजाका बिरामी दर्ता भएकोमा ८६५ जना उपचारपछि डिस्चार्ज भइसकेका र करीब १०० जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय पर्साले जानकारी गराएको छ । १४ जना बिरामीको आईसियू मा, २ जनाको एचडीयूमा र ८४ जनाको […]
भूमि विधेयकविरूद्ध जसपाद्वारा प्रदर्शन

वीरगंज, १८ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, पर्साले बुधवार भूमि विधेयकको विरोधमा वीरगंजमा प्रदर्शन गरेको छ। प्रदर्शनमा सहभागीहरुले भूमि विधेयकलाई राष्ट्रघाती भन्दै खारेजीको माग गरेका छन् । यो विधेयकले मधेश प्रदेशको अधिकार कटौती गर्ने, भूमिहीन तथा सुकुम्बासीहरूलाई थप समस्यामा पार्ने र मधेशको राजनीतिक मुद्दालाई बेवास्ता गरेको आरोप लगाएको छ । प्रदर्शनका क्रममा सहभागीहरूले […]
ठूलो परिमाणको गाँजासहित दुईजना पक्राउ

वीरगंज, १८ भदौ । जिल्ला प्रहरी कार्यालय, बाराले सिम्रौनगढ नगरपालिकाबाट १३८ किलो लागूऔषध गाँजासहित एक महिलालाई पक्राउ गरेको जनाएको छ । शुक्रवार राति इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक पवन पछाईको कमान्डमा खटिएको टोलीले सिम्रौनगढ नगरपालिका वडा नं. २, नयका टोलस्थित ३५ वर्षीया रिता देवी यादवको घरमा छापा मारेको थियो। घर खानतलासी गर्दा खाटमुनि जुट […]