वीरगंजमा भव्य ‘महाआरती एवं सांस्कृतिक सन्ध्या’ सम्पन्न

वीरगंज, १३ चैत । श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा गहवामाई मन्दिर परिसरमा भव्य ‘महाआरती एवं सांस्कृतिक सन्ध्या–२०८२’ सम्पन्न भएको छ। कार्यक्रमको उदघाटन ज्योतिष सम्राट डा. पुरूषोत्तम दुबेको नेतृत्वमा विद्वान ब्राह्मण टोलीद्वारा दीप प्रज्वलन गरी गरिएको थियो । डा. दुबेको नेतृत्वमा पण्डित दिनेश तिवारी, पण्डित विद्याधर झा, पण्डित शत्रुघ्न वैष्णव र पण्डित विवेकजीले […]
मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

काठमाडौँ, १३ चैत : नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । साथै बैठकले सरकारको प्रवक्तामा शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई तोक्ने निर्णय गरेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको […]
बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

काठमाडौँ, १३ चैतः राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभा सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । उक्त कुरा राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।