गहवामाइ निशान डोली यात्राको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम

वीरगंज, ११ चैत । माइस्थान सञ्चालक समिति वीरगंजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् । समितिले प्रत्येक वर्ष आयोजना गर्ने श्री गहवामाइ निशान सहितको डोली यात्रा–२०८२ को पूर्वसन्ध्यामा वीरगंज फ्रेन्डस राउन्ड टेबल–८ को सहयोगमा माइस्थान पार्कमा बुधवार आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा ८ महिला सहित ६५ जनाले रक्तदान गरेका हुन । […]
वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतमलाई “सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२” प्रदान

वीरगंज, ११ चैत । नेपाल पत्रकार महासंघ पर्सा शाखाले वरिष्ठ पत्रकार तथा शाखाका पूर्व अध्यक्ष ईश्वरचन्द्र गौतमलाई “सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२” प्रदान गरेको छ। पत्रकारितामा व्यावसायिकता, विश्वसनीयता तथा संस्थागत सुदृढीकरणमा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप उनलाई उक्त पुरस्कार प्रदान गरिएको महासंघले जनाएको छ। दीर्घकालदेखि सक्रिय पत्रकारितामार्फत समाजमा सकारात्मक प्रभाव पार्दै आएका गौतमलाई उनको निवासमै पुगेर […]