लिटल एन्जल्स स्कूलमा मुख स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न, विद्यार्थीहरूको दन्त परीक्षण

वीरगञ्ज ०५ चैत – Little Angels' School को आयोजनामा तथा Nepal Dental Association को सहकार्यमा ज्योतिनगर, वीरगञ्जमा मुख स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम अन्तर्गत नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूको दन्त परीक्षण (चेकअप) गरिएको थियो। परीक्षणका क्रममा अधिकांश विद्यार्थीहरूमा कुनै गम्भीर (मेजर) समस्या नदेखिएको जनाइएको छ। कार्यक्रम प्रमुख अतिथि नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल […]
राष्ट्रिय ज्योतिष दिवस भव्यताका साथ सम्पन्न

राष्ट्रिय ज्योतिष दिवस २०८२ को सुअवसरमा आज वीरगञ्जस्थित प्रसिद्ध श्री गहवा माई मन्दिरको प्राङ्गणमा एक भव्य सम्मान तथा विचार गोष्ठी समारोह सम्पन्न भएको छ। विश्व ज्योतिष महासंघका एसिया उपसभापति एवं बृहस्पति फाउन्डेसन नेपालका अध्यक्ष, सुप्रसिद्ध ज्योतिष सम्राट डा. पुरुषोत्तम दुबेको आयोजनामा उक्त कार्यक्रमको सफलतापूर्वक समापन गरिएको हो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा स्नेही नेपाल सामाजिक संस्थाका […]
मारवाडी प्रिमियर लिग–३ ः माछापुच्छ्रे ब्लास्टर्स र कञ्चनजंगा वीरगंज विजयी

वीरगंज, ०५ चैत । मारवाडी प्रिमियर लिग–३ क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीवार सातौं दिनका खेलहरू आदर्शनगर रंगशालामा सम्पन्न भएको छ । सातौं दिनको पहिलो खेलमा निलगिरी ज्याग्वार्स र माछापुच्छ्रे बिटिएस ब्लास्टर्सबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा माछापुच्छरेले उत्कृष्ट प्रदर्शन गर्दै १५ ओभरमा ६ विकेट गुमाएर १२१ रन बनाएको थियो। जवाफमा निलगिरी ज्याग्वार्सले १३.२ ओभरमा ६ विकेट […]
ग्लोबल मनी वीक २०२६: वीरगञ्जमा प्रभातफेरी

वीरगञ्ज ०५ चैत- नेपाल राष्ट्र बैंक वीरगञ्ज शाखाको आयोजनामा “ग्लोबल मनी वीक २०२६ (GMW 2026)” को अवसरमा प्रभातफेरी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। “Smart Money Talk, Open Up, Start to Talk, Grow with Financial Knowledge” भन्ने नारासहित आयोजित उक्त कार्यक्रमले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो। प्रभातफेरी वीरगञ्ज स्थित नेपाल राष्ट्र बैंकको शाखाबाट सुरु […]