वीरगंज, ३० फागुन । विश्व सिख वातावरण दिवसको अवसरमा त्रिजुद्ध विद्यालय परिसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम श्री गुरूनानक सेवा प्रतिष्ठान, शोध केन्द्र नेपाल र प्रकृति सेवा प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा गरिएको हो।
कार्यक्रम श्री गुरूनानक सेवा प्रतिष्ठान, शोध केन्द्र नेपाल र प्रकृति सेवा प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा गरिएको हो।
कार्यक्रमका सहभागीहरूले विद्यालय परिसरमा निम, गुलमोहर, जामुन, अमला, कागतीलगायत विभिन्न प्रजातिका १०१ वटा बिरूवा रोपेका थिए। सो अवसरमा वातावरण संरक्षणका लागि वृक्षारोपण र सरसफाइ अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको थियो।
प्रतिष्ठानका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको अध्यक्षता तथा वरिष्ठ समाजसेवी वेदप्रकाश गर्गको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्र्वहरूको सहभागीता रहेको थियो।