पर्सा–४ मा टेकबहादुर शाक्य भारी मतका साथ विजयी

पोखरिया, २३ फागुन । पर्सा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेक बहादुर शाक्य २८ हजार ६ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश रिजालले १२ हजार ५ सय ३४ मत प्राप्त गरेका छन । त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार जालिम मियाँँ मन्सुरीले १२ हजार १ सय ४५ […]
‘बाल विवाह मुक्त भारत’ अभियान

वीरगंज, २३ फागुन । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारतको पूर्वी चम्पारण जिल्लामा ‘१०० दिवसीय बाल विवाह मुक्त भारत’ अभियान आयोजना गरिएको छ । हरैया गाउँँमा काली सेना भाजपा महिला मोर्चाकी महामन्त्री पार्वती तिवारीको उपस्थितिमा तथा प्रयास जुवेनाइल एड सेन्टर पूर्वी चम्पारणकी जिल्ला परियोजना समन्वयक आरती कुमारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। बाल विवाह विरूद्ध जनचेतना […]
रक्सौल–नेपाल सीमामा बालिका उद्धार, दुईजना पक्राउ

वीरगंज, २३ फागुन । भारतबाट नेपाल लैजान लागिएको अवस्थामा मानव तस्करी नियन्त्रणका लागि खटिएको एसएसबी ४७औं वाहिनी र विभिन्न गैरसरकारी संस्थाको संयुक्त सतर्कताका कारण एक नाबालिग बालिकाको उद्धार गरिएको छ। भारतको रक्सौलस्थित मैत्री पुल नजिकै दुईजना संदिग्ध व्यक्तिसहित बालिकालाई नियन्त्रणमा लिएको हो। गोलु र सोनु बताउँदै बालिकालाई आफ्नी बहिनी भएको र नेपालमा आफन्तको घर जाँदै गरेको […]
पर्सा–१ र २ मा रास्वपाका विजयी उम्मेदवारलाई प्रमाणपत्र प्रदान

वीरगंज २३ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर १ र २ मा प्रतिनिधिसभा सदस्य पदमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका विजयी उम्मेदवारहरूलाई प्रमाणपत्र वितरण गरिएको छ । पर्सा क्षेत्र नम्बर १ बाट हरि पन्त र क्षेत्र नम्बर २ बाट शुशील कुमार कानु भारी मतान्तरले विजयी भएपछि उनीहरूलाई आधिकारिक रूपमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको हो । निर्वाचन […]