माउन्ट हर्मन र ब्राइट पब्लिक फाइनलमा

वीरगंज, ११ फागुन। एन–प्याब्सन प्रिमियर नकआउट टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाइनल खेलहरू सम्पन्न भएका छन्।  जुनियरतर्फ माउन्ट हर्मन मावि तथा सिनियरतर्फ ब्राइट पब्लिक मावि फाइनलमा प्रवेश गरेका छन्। जुनियरतर्फको खलमाा माउन्ट हर्मन र ब्राइट पब्लिक माविबीच प्रतिस्पर्धा भएको थियो। टस जितेर पहिले ब्याटिङ रोज्दै माउण्ट हर्मनले १५.३ ओभरमा सबै विकेट गुमाएर १४० रन बनायो।  जवाफमा […]

वीरगंजमा लगाइएको कर्फ्यु हटाई निषेधाज्ञा जारी

वीरगंज, ११ फागुन । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज बिहान ९ः४५ बजेदेखि वीरगंजमा लगाइएको कर्फ्यु हटाई निषेधाज्ञा जारी गरिएको छ ।   वीरगंजको समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको र सम्बद्ध पक्षहरूसँग आज भएको सर्वपक्षीय बैठकमा वीरगंजमा सांझदेखि कफ्र्यू हटाइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी गराएका छन् । […]

वीरगञ्जमा सर्वपक्षीय सहमति: तीन बुँदे निर्णयसँगै कर्फ्यु हटाउने समझदारी

वीरगञ्ज । वीरगञ्जको श्रीपुर क्षेत्रमा आइतबार साँझ भएको घटनापछि दुई धार्मिक समुदायबीच देखिएको तनाव नियन्त्रण र सद्भाव पुनःस्थापना गर्न सर्वपक्षीय पहल अघि बढाइएको छ। सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले परिस्थितिलाई सामान्य बनाउन ठोस सहमति गरेको हो। सद्भाव समितिको समन्वयमा सम्पन्न उक्त बैठकमा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, सुरक्षा निकायका अधिकारीहरू, राजनीतिक दलका प्रतिनिधि तथा […]

पाँच घण्टापछि बसभित्र च्यापिएका घाइतेको जीवितै उद्धार

धादिङ, ११ फागुनः दुर्घटनाग्रस्त ग.२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई पाँच घण्टापछि जीवितै उद्धार गरिएको छ । गएराति धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ चराँैदीस्थित भैँसेगौडामा भएको बस दुर्घटनामा परेका ललितपुरको इमाडोलका मानन्धरलाई उद्धार टोलीले पाँच घण्टापछि जीवितै उद्धार गर्न सफल भएको हो ।   भिरमा बजारिएर कच्याक–कुचुक्क बनेको बसभित्रै च्यापिएका मानन्धरलाई बसको पार्टपुर्जा काटेर जीवितै […]

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ८५ लाई आयोगले सोध्यो स्पष्टीकरण, ५४ वटाको जवाफ

काठमाडौँ, ११ फागुनः केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८५ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा ५४ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।    हालसम्म ७९ जनालाई स्पष्टीकरण र छ जनालाई पुनः स्पष्टीकरण सोधिएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले राससलाई जानकारी दिनुभयो । आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको […]

माओवादी विद्रोह अन्त्यको ‘अन्तिम चरण’मा भारत

नयाँदिल्ली, ११ फागुन: भारत सरकारले दशकौँदेखि जारी माओवादी सशस्त्र आन्दोलन अब निर्णायक मोडमा पुगेको दाबी गरेको छ । एक वरिष्ठ माओवादी गुरिल्ला कमान्डरले आत्मसमर्पण गरेपछि केन्द्र र प्रभावित राज्यहरूले विद्रोह अन्त्यतर्फको ‘अन्तिम चरण’ सुरु भएको बताएका हुन् । सरकारी अधिकारीहरूका अनुसार छत्तीसगढमा वर्षौंदेखि सक्रिय रहनुभएका देवजी भनेर पनि चिनिने माओवादी कमान्डर थिप्पिरी तिरुपतिले आत्मसमर्पण गर्नुभएको छ […]

वीरगंजमा निश्चितकालीन कर्फ्यु आदेश

वीरगञ्ज ११ फागुन। वीरगञ्जको श्रीपुर लगायतका क्षेत्रमा देखिएको तनावपूर्ण गतिविधिका कारण स्थिति थप नभड्कियोस् भनेर स्थानीय प्रशासनले सोमबार बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले पछिल्लो सुरक्षा अवस्थाको गम्भीर समीक्षा गर्दै महानगरका मुख्य सहरी क्षेत्रहरूमा कर्फ्यु लगाउने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी (प्रजिअ) द्वारा जारी सूचना अनुसार आज बिहान ९:४५ […]

एभोकाडोमा खटिराजन्य रोगको समस्या

चितवन, ११ फागुनः जिल्लामा लगाइएको एभोकाडोमा क्याङ्कर (खटिराजन्य) रोगको समस्या देखिएको छ । जिल्लाको पूर्वी र पश्चिम क्षेत्रमा लगाइएको एभोकाडोको बगैँचामा यो रोगको समस्या देखिएको हो । कृषि विकास कार्यालय चितवनकी बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार ढुसीजन्य कारणले यो रोगको सङ्क्रमण देखिएको हो । उहाँले भन्नुभयो “अहिले यो रोगको समस्या देखिएको छ । हामीले […]