आगामी निर्वाचनका लागि बारामा नमूना मतदान सम्पन्न

वीरगंज, ७ फागुन । जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन कार्यालयको संयुक्त आयोजनामा बाराको कलैयास्थित सिद्धेश्वर माध्यमिक विद्यालयमा निर्वाचनका दिन अपनाइने प्रक्रियाको प्रयोगात्मक अभ्यास गरिएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित बिहीवार आयोजित नमुना मतदान कार्यक्रम सम्पन्न भएको हो । निर्वाचनमा मत बदर हुने समस्यालाई न्यूनीकरण गर्ने र मतदातालाई मतदानको सही विधिवारे […]
सर्लाहीमा गोली लागेर एक बालक घाइते

मलङ्गवा, ७ फागुनः सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक घाइते हुनुभएको छ । मलङ्गवा नगरपालिका–४ निवासी रामविश्वास रामका १५ वर्षीय छोरा आकाश राम गोली लागेर घाइते हुनुभएको हो । मलङ्गवा–४ स्थित ‘ढाकाबोर्डर’ भन्ने स्थानमा फेला परेको बेवारिसे पेस्तोल खेलाउने क्रममा बालकलाई गोली लागेको हो । उक्त घटनामा बालकको दाहिने हातको पञ्जामा गोली लागेको […]
भाषणले धोका, कामको खोजीः पुराना दल त्याग्दै पर्सागढी–५ मा ६० भन्दा बढी रास्वपामा

पर्सा — पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर–५ हर्दियामा विभिन्न राजनीतिक दल परित्याग गर्दै ६० भन्दा बढी नेता, कार्यकर्ता, स्थानीय युवा, बुद्धिजीवी तथा जेष्ठ नागरिकहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई रास्वपाका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानु ले फूलमाला र गम्छा लगाएर पार्टीमा स्वागत गरेका […]
इनरुवा गाउँमा उज्यालो नेपाल पार्टीको घरदैलो कार्यक्रम सम्पन्न

वीरगञ्ज- उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)ले आज वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ को इनरुवा गाउँमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ। कार्यक्रमका क्रममा उम्मेदवार सिंहले स्थानीयवासी तथा युवाहरूसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका गुनासा तथा सुझाव सुन्नुभयो। उहाँले शिक्षा, स्वास्थ्य र रोजगारीलाई आफ्नो प्रमुख प्राथमिकता […]
वीरगंजमा लामखुट्टे नियन्त्रण अभियान सुरु

वीरगंज । वीरगंज महानगरपालिकाले लामखुट्टेको बढ्दो प्रकोप नियन्त्रण गर्न ‘पम्प स्प्रे’ मार्फत विषादी छर्ने अभियान सुरु गरेको छ। महानगर प्रमुख राजेशमान सिंहले लामखुट्टेको टोकाइबाट सर्ने डेंगु, मलेरिया जस्ता प्राणघातक रोगको संक्रमण फैलिन नदिन यो अभियान सञ्चालन गरिएको बताउनुभयो। चिसो मौसम अन्त्य हुँदै गर्मी सुरु भएसँगै लामखुट्टेको संख्या बढ्न थालेपछि नियन्त्रणात्मक उपायस्वरूप विषादी छर्ने कार्य अघि […]