वीरगञ्ज–४ बिर्तामा प्रदीप यादवको कार्यकर्ता भेटघाट, जनलहर थप मजबुत

वीरगञ्ज – पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेकपा (एमाले) का उम्मेदवार प्रदीप यादवको चुनावी अभियान तीव्र र प्रभावकारी बन्दै गएको छ। यसैक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर–४ बिर्तामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रम उल्लेखनीय उपस्थितिसहित सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय नेता, अगुवा कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। […]

तेढा गाउँमा उज्यालो नेपाल पार्टीको प्रवेश तथा घरदैलो कार्यक्रम सम्पन्न

वीरगञ्ज  ।उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)को उपस्थितिमा आज वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ को तेढा गाउँमा पार्टी प्रवेश कार्यक्रम तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न स्थानीय व्यक्तिहरू उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका थिए। सो अवसरमा उम्मेदवार सिंहले स्थानीयवासी तथा युवाहरूसँग प्रत्यक्ष […]

उज्यालो नेपाल पार्टीका रामकिशोर सिंहको वीरगञ्ज–०७ मा घरदैलो कार्यक्रम

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)ले आज वीरगञ्ज महानगरपालिका वडा नं. ०७ अन्तर्गत कुम्हालटोल र रामटोलमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ। घरदैलोका क्रममा उम्मेदवार सिंहले स्थानीयवासी तथा युवाहरूसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका गुनासा र सुझावहरू सुन्नुभयो। स्थानीयहरूले बस्ती व्यवस्थापन, नाला तथा सडक विकास, शिक्षा र स्वास्थ्य […]

एमालेका उम्मेदवार प्रदीप यादव वीरगञ्ज–११ र १४ लगायतका क्षेत्रमा घरदैलो

वीरगञ्ज, ६ फागुन । नेकपा (एमाले) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने वीरगञ्ज महानगरपालिका–११ र १४ को रानीघाट, श्रीपुर, बहुवरीलगायतका क्षेत्रहरूमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । अभियानमार्फत उनले स्थानीय बासिन्दासँग भेटघाट गर्दै आफ्नो विगतको योगदानलाई जोड दिएका छन् । घरदैलोका क्रममा […]

एमाले उम्मेदवार प्रदीप यादवद्वारा पर्सा क्षेत्र नं. १ इनरवामा घरदैंलो

वीरगंज, ५ फागुन । नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले पर्सा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत वीरगंज महानगरपालिका वडा नम्बर १६ इनरवामा मङ्गलवार घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । घरदैलोका क्रममा उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै सूर्य चुनाव चिन्हमा मतदान गर्दै आफूलगायत नेकपा (एमाले) का सम्पूर्ण उम्मेदवारहरूलाई विजयी बनाउन आग्रह गरे […]

“झुटा आश्वासनमा नपर्नुहोस्” — जनक साहको सन्देशसहित अलौ सिवानमा रास्वपाको जनसम्पर्क

पर्सा — पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौ सिवान टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार सुशील कुमार कानु को घरदैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका क्रममा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो भने युवादेखि जेष्ठ नागरिकसम्मको उपस्थितिले चुनावी माहोल थप उत्साहपूर्ण बनेको थियो। घरदैलो कार्यक्रमकै क्रममा ८५ […]