पर्सा जिल्लाका बाढी पीडितलाई खाना वितरण

वीरगंज १९ असोज । पसाका बाढी पीडितहरूलाई बिहान र बेलुकी दुर्ई छाक पोसिलो खाना वितरण शुरू गरिएको छ। जिल्ला समन्वय समिति पर्साका सभापति अजय सर्राफ, नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, उद्योग बाणिज्य संघ पर्साका सभापति हरि गौतम, नेपाल रेडक्रस सोसाइटी वीरगंजका सभापति बृजकिशोर पटेल लगायतका सहयोगमा आइतवारदेखि बाढीपीडितलाई खाना वितरण शुरु गरिएको हो […]

वीरगंज र रौतहटमा शव भेटियो

वीरगंज १९ असोज । वीरगंज र रौतहटमा दुईजनाको शव भेटिएको छ । वीरगंजको गहवामाई मन्दिर परिसरमा एकजना पुरूषको शव फेला परेको छ । मन्दिर परिसरमा फूल बेच्दै र भीख माग्दै आएका हरियर नामक व्यक्ति आज बिहान मन्दिर नजिकै मृत अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी […]

वर्षा गराउने मौसम प्रणाली बाहिरियोः मौसम विज्ञान विभाग

काठमाडौँ, १९ असोजः जल तथा मौसम विज्ञान विभागले वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली मुलुकबाट बाहिरिएको जनाएको छ । विभागले आज अपराह्न विज्ञप्ति जारी गरेर यो जानकारी दिएको हो । वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बाहिरिएर मनसुन कमजोर भई मौसममा सुधार आइसकेको भए तापनि मनसुन वहिर्गनम भइनसकेको हालको अवस्थामा मनसुनजन्य प्रकोपबाट जोगिन तथा सचेत रहन […]

इलाम पहिरोमा ३४ जनाको मृत्यु, चार बेपत्ता

इलाम, १९ असोज : अविरल वर्षासँगै गएको पहिरोमा परी जिल्लाका विभिन्न पालिकामा ३४ जनाको मृत्यु भएको छ । आज अपराह्न १ बजेसम्म प्राप्त विवरणअनुसार चार जना बेपत्ता भएका छन् । पहिरोमा परी मृत्यु भएका ११ जनाको शव परीक्षण भइसकेको इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो । क्षतिको विस्तृत विवरण आउनेक्रम जारी रहेको जिल्ला […]