फिरौतिको नाटक गरी योजनाबद्ध हत्या

सिरहा, ९ असोज : यहाँको गोलबजार नगरपालिका–१३, डङ्गराहास्थित १६ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या प्रकरणमा नयाँ तथ्यहरू सार्वजनिक भएका छन् । यही असोज ५ गतेदेखि बेपत्ता अभिषेकको शव असोज ७ गते बिहान घर नजिकैको आँप बगैँचामा भेटिएको थियो । अनुसन्धानका क्रममा प्रहरीको तालिम प्राप्त कुकुर मृतककै हजुरबुवा विन्देश्वर सिंहको घरको आँगनसम्म सुँघ्दै पुगेर रोकिएपछि, प्रहरीको […]

भ्रष्टाचार न्यूनीकरण, सुशासन र सामाजिक न्यायका लागि सरकार दृढ छ : प्रधानमन्त्री कार्की

काठमाडौँ, ९ असोज : प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार न्यूनीकरण, सुशासन र सामाजिक न्यायका लागि वर्तमान सरकार दृढ रहेको स्पष्ट गर्नुभएको छ । सिंहदरबारबाट आज राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सरकारका कुनै पनि निकायमा ढिलासुस्ती, भ्रष्टाचारजन्य वा झञ्झटपूर्ण कार्य भएमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका साथै तीनै तहका सम्बन्धित सरकारी निकायमा उजुरी दिन ‘हटलाइन’को प्रबन्ध […]

श्रीजंग गणका सेनाद्वारा वृक्षारोपण अभियान

वीरगंज, ९ असोज । नेपाली सेनाले वीरगंज महानगरपालिका–१३ बेल्वास्थित भेडाहा नदीको तटमा बिहीवार वृक्षारोपण शुरू गरेको छ । नेपाली सेनाको श्रीजङ्ग गणका सेनाहरूले सेनाको तालिम इलाका क्षेत्रको चार किलोमिटर नदी तटमा बिहीवारदेखि वृक्षारोपण शुरू गरेको गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीले जनाएका छन् । भेडाहा खोलाको नदी कटान हुने क्षेत्रलाई लक्षित गरेर बाँसको बिरूवा रोपिएको […]

अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण सूचना विभागबाट

काठमाडौं ९ असोज । अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण सूचना विभागबाटै गरिने भएको छ । बिहीवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण सूचना विभागबाटै गर्ने व्यवस्था मिलाइएको बताए । बिहीवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सुरक्षण […]

वीरगञ्ज भन्सारका यार्डमा १७९ सवारीसाधन थन्किए

वीरगञ्ज, ९ असोजः वीरगञ्ज भन्सार कार्यालय मातहतका एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाहमा १७९ चार पाङ्ग्रे सवारीसाधन थन्किएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार ती सवारीसाधन भन्सार जाँचपास नभएर थन्किएका हुन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले एकीकृत जाँचचौकीमा ७५ वटा चारपाङ्ग्रे र सुक्खा बन्दरगाह भन्सार कार्यालयमा १०४ थान चार पाङ्गे सवारीसाधन भन्सार […]

लद्दाखमा हिंसात्मक झडपपछि कडा सुरक्षा प्रतिबन्ध

श्रीनगर (भारत), ९ असोज : भारत सरकारबाट बढी स्वायत्तताको माग गर्दै भएको प्रदर्शन हिंसात्मक बनेपछि चार जनाको मृत्यु र दर्जनौँ घाइते भएको एक दिनमै भारतीय अधिकारीहरूले दुर्गम लद्दाख क्षेत्रका दुई मुख्य जिल्लामा सुरक्षा प्रतिबन्ध लगाएका छन् । अधिकारीहरूले लेह र कारगिलमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाएका छन् । बिहीबार सडकमा सयौँ प्रहरी र […]