कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

जनकपुर, ८ असोजः नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको मधेश प्रदेश सरकारलाई कांग्रेसले दिएको समर्थन फिर्ता लिएको छ ।” प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जारी गर्नुभएको विज्ञप्तिमा आजका मितिदेखि लागू […]
सडकपेटीमा थापिएको जेरी पसलको अनुगमन

वीरगंज, ८ असोज । वीरगंजमा मेला शुरु भएपछि घण्टाघरदेखि महावीरस्थानका सडक पेटीमा थापिएका जेरीका पसलहरुमा जिल्ला प्रशासन कार्यालय पर्सा र सरोकारवालाहरूको टोलीले बुधवार अनुगमन गरेको छ । खाद्य निरीक्षण अधिकारी सोनु साह, उपभोक्ता हित संरक्षण मञ्च पर्साका उपाध्यक्ष अजित भुजेल, वीरगंज महानगरपालिकाका प्रतिनिधि विभा मिश्र र वीरगंज उद्योग वाणिज्य संघका प्रतिनिधि मनोज कुमार दास लगायतले […]
सुनसहित एक जना भारतीय नागरिक पक्राउ

राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, ८ असोजः त्रिभुवन अन्तरराष्ट्रिय विमास्थनलबाट सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरी त्रिभुवन विमानस्थल कार्यालयबाट खटिएको टोलीले विमानस्थलको आगमन भन्सार क्षेत्रबाट आठ सय ३५ ग्राम सुनसहित ४८ वर्षीय भारतीय नागरिक रोनक मदनीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । इण्डिगो एयरको उडानमार्फत भारतको मुम्बईबाट काठमाडौँ आएका मदनीलाई आगमन […]
केन्द्रीय कारागारबाट फरार कैदी पर्साको कालिकामाईबाट पक्राउ

वीरगंज, ८ असोज । जिल्ला प्रहरी कार्यालय पर्साले जेनजी आन्दोलनका क्रममा केन्द्रिय कारागारबाट कर्तव्य ज्यान मुद्दाका फरार कैदीलाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय पोखरियाले जिल्ला पर्सा कालिकामाई गाउँँपालिका वडा नं. ५ सिमरा बस्ने वर्ष ४० को मुक्तिनारायण कुर्मीलाई पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ । कुर्मीले आफनै पत्नी वर्ष ३५ की संगिता […]
चीन जोड्ने सडक सञ्जाल सुधारमा सहयोगको अपिल

काठमाडौँ, ८ असोजः ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका राजदूत चेन सोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई चिनियाँ राजदूत सोङले बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । भेटमा नेपाल–चीनबीचको […]
प्रदेश संरचना खारेज हुँदैनः अर्थमन्त्री खनाल

मोरङ, ८ असोज : अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुरा गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका अर्थमन्त्री खनालले वर्तमान सरकार संविधानअनुसार सञ्चालन भएकाले प्रदेश खारेज गर्नेसम्बन्धी कुनै सोच नरहेको स्पष्ट गर्नुभयो । एक प्रश्नको जवाफमा मन्त्री खनालले अहिलेको अवस्थामा […]