आगजनीमा मृत्यु भएकी हजराको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय

वीरगंज ७ असोज । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिकाले जेनजी आन्दोलनका क्रममा आगजनीमा परी मृत्यु भएकी सखुइ जमुनियाकी ४५ वर्षीया सोशीलादेवी हजराको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रूंगटाको वीरगंजस्थित घरमा गरिएको आगजनीमा जलेर गम्भीर घाइते भएकी हजराको परिवारलाई गापा अध्यक्ष जसवन्त यादवले १ लाख रूर्पयाँ […]
प्रहरी बिट र चौकीलाई सहयोग

वीरगंज, ७ असोज । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको वीरगंजको घण्टाघरस्थित नेपाल प्रहरीको बिटको पुननिर्माण गरिएको छ । स्थानीय युवाहरूको पहलमा प्रहरी बिटको पुनर्निर्माण गरी पुनः सञ्चालनमा ल्याइएको हो । नेशनल इन्फोटेक कलेज र गौतम स्कुलका विद्यार्थीहरू, नेपाल फर्मास्युटिकल लिमिटेडका कर्मचारी तथा एलाइड यूथ क्लबका युवाहरूले मिलेर प्रहरी बिटलाई आवश्यक सामग्री उपलब्ध गराएका छन । […]
अपहरणपछि हत्या प्रकरण : अनुसन्धानको लागि आठजना प्रहरी नियन्त्रणमा

सिरहा, ७ असोज: यहाँको गोलबजार नगरपालिका–१३ का १६ वर्षीय अभिषेक महतोको अपहरणपछि हत्या गरिएको घटनामा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या गरिएका व्यक्तिका आफन्त र छिमेकसहित आठ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । बालकको शव गाउँ नजिकै फेला परेकाले परिवार वा छिमेकी नै संलग्न हुनसक्ने आशङ्का […]
सशस्त्र प्रहरीद्वारा ५ लाखको सामान बरामद

बीरगंज ७ असोज । बीरगंज महानगरपालिका–१६ स्थित नगवा पानी टंकीमा रहेको बालकुमार राउत कुर्मीको घरको सटरमा भन्सार छली गरी चोरी पैठारी गरेर कपडाहरू भण्डारण गरिएको सूचनाको आधारमा नं. सशस्त्र प्रहरी १३ गण पर्साले आज छापामारी गरी नियन्त्रणमा लिएको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजका सशस्त्र प्रहरी नायब उपरीक्षक पुरूषोत्तम भण्डारी र बीरगंज भन्सार कार्यालयका […]
स्रोत नखुलेको ८ लाखबढी नगदसहित एकजना पक्राउ

वीरगंज ७ असोज । सशस्त्र प्रहरीले स्रोत नखुलेको आठ लाख सात हजारसहित एकजनालाई पक्राउ गरेको छ । वीरगंज महानगरपालिका–१६ भन्सार नजिकबाट सशस्त्र प्रहरी बल नं.१३ गण पर्सा र प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको संयुक्त सुरक्षा दलले नगदसहित एकजनालाई पक्राउ गरेको जनाएको छ । सशस्त्र प्र.स.नि. सुजय कुमार सिंह र महमद मुस्ताक अलीको कमाण्डमा खटिएको […]
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

सप्तरी, ७ असोजः यहाँको सुरुङ्गा नगरपालिका–२ स्थित हर्दियाको पोखरीमा डुबेर आज दुई बालिकाको ज्यान गएको छ । स्थानीय सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ वर्षीया छोरी आशकी चौधरीको पोखरीमा डुबेर ज्यान गएको हो । दुवै बालिकाको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले […]