नेशनल मेडिकल कलेजद्वारा प्रहरी उपरीक्षक मिश्रालाई सम्मानसहित विदाई

वीरगञ्ज, ५ असोज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले पर्साका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रालाई एक विशेष समारोहबीच सम्मानपूर्वक विदाई गरेको छ। पर्सामा कार्यरत रहँदा सामाजिक उत्तरदायित्व र सुरक्षा व्यवस्थामा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै कलेज प्रशासनले मिश्राको सम्मानमा विदाई कार्यक्रम आयोजना गरेको हो। कलेजका अध्यक्ष प्रोफेसर डा. जैनुद्दिन अन्सारीको अध्यक्षतामा […]

चार खेलाडीले विश्व ‘माउन्टेन’ र ‘ट्रेल रन च्याम्पियनसिप’ खेल्ने

काठमाडौँ, ५ असोज: नेपालका चार खेलाडीले स्पेनमा हुने तेस्रो संस्करणको विश्व ‘माउन्टेन’ र ‘ट्रेल रन च्याम्पियनसिप’ खेल्ने भएका छन् । विश्व एथलेटिक्सले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा नेपालबाट सुमन कुलुङ, साङ्गे शेर्पा, मनकुमार रोका र सुनमाया बुढाले चुनौती पेस गर्ने भएका हुन् । स्पेनको क्यान फ्रान्कमा हुने प्रतियोगिता सेप्टेम्बर २४ देखि २९ तारिकसम्म सञ्चालन हँुदैछ […]

दुई हजारभन्दा बढी गोलीका खोकासहित दुई पक्राउ

नेपालगञ्ज, ५ असोजः नेपालगञ्जमा दुई हजारभन्दा बढी गोलीका खोकासहित दुई जना चोरलाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । नेपालगञ्ज उपहानगरपालिका–३ एकलैनीमा आज चोरी गर्न आएका पाँच जनाको समूहले विद्युत् पोलको लाइटमा ढुङ्गा हानेर फोड्न लाग्दा स्थानीयले उनीहरूलाई घेराउ गरी नियन्त्रणमा लिन खोज्दा सुरुमा एक जना पक्राउ परेको र अन्य भागेको वडा नं ३ का […]

तरकारी बोकेको गाडीबाट ३३४ केजी गाँजा बरामद

रौतहट, ५ असोज । तरकारी बोक्ने गाडीबाट ३३४ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । प्रहरी चौकी रामपुरखापको टोलीले शनिवार राति इशनाथ नगरपालिका –८ मोतिपुर सडकखण्डबाट तरकारी बोकेको गाडीबाट ३३४ किलो गाँजा बरामद गरेको जनाएको छ । मोतिपुरबाट काउली लोड गरेर जटहरा हुँदै भारत जाँदै गरेको प्रदेश ३–०१–०२२ च १८६१ नम्बरको […]

वीरगंजमा घटस्थापनाका दिन १५१ मिटर लामो चुनरी यात्रा

वीरगंज, ६ असोज । नेपालमै पहिलो पटक भव्य चुनरी यात्रा वीरगंजको गहवामाई मन्दिरमा हुने भएको छ । परम्परागत रुपमा लाग्दै आएको वीरगंजको गहवामाई मन्दिरमा नवरथा मेलाको पहिलो घटस्थापनाका दिन सोमवार १५१ मिटर लामो चुनरी यात्राको तयारी भएको हो । विश्व हिन्दु परिषद् नगर समितिका सचिव दिपेन्द्र कुमार सरार्फले आइतवार पत्रकार सम्मेलनमा जानकारी दिंदै सोमवार दिउँसो […]